Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकि जनताको सहयोगमा गोर्खा जिल्लाको ताक्लुङ गाबिसलाई नमूना गाउँ बनाउने तयारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 18 October 2011 20:56

बिष्णुमाया परियार र उनको संस्था EDWON USA द्वारा महिला शसक्तिकरणको लागि ३ करोड ७५ लाख रुपैयाँ संकलन
Exclusive:
काठमाडौं- नेपालस्थित नेपाल दलित महिला उत्थान संघ (ADWAN) संस्था र अमेरिकाको बोस्टनमा स्थापित एड्वोन (Empower Dalit Women of Nepal- EDWON) को संयुक्त पहलमा गोर्खा जिल्लाको ताक्लुङ गाबिसलाई नमूना गाउँ बनाउने घोषणा गरिएको छ।


अक्टोबर १८ (कार्तिक १) गते ताक्लुङ गाबिसको वडा नं २ कोटगाउँमा ताक्लुङ्ग नमूना गाउँ परियोजना अन्तर्गत आयोजित "ताक्लुङ नमूना गाँऊ परियोजना, कृषि र वचत ऋण सहकारी परिक्षण अबलोकन" कार्यक्रममा उक्त परियोजनाको घोषणा गरिएको हो।

Taklung women planting ginger in Taklung village, Gorkha, Nepal. Photo courtesy: ADWANNepal.org

ADWAN Nepal कि संस्थापक अध्यक्ष तथा EDWON USA कि संस्थापक बिष्णुमाया परियारले उद्घाटन कार्यक्रममा उक्त कुरा जानकारी गराएकिहुन् ।

उक्त गाउँमा पुग्न गोर्खाको सुप्रसिद्द मन कामना मन्दिरदेखी पूर्वतिर हिंडेर २ घण्टामा पुग्न सकिन्छ। या कुरिनघाटबाट डेढ घण्टा गाडी यात्राबाट पनि सजिलै पुग्न सकिन्छ।

कूल बजेट ७ लाख ६८ हजार रुपैयाँ रहेको उक्त परियोजनाबाट ताक्लुङ गाबिसका वडा नं २, ३, ४, ५ र ६ का ११ वटा महिला समूहमा आबद्द महिलाहरु, उनिहरुका परिवार र सिङ्गो गाबिसका जनताहरु लाभान्बित हुने जनाइएको छ।

उक्त गाबिसमा महिला संख्या ३ हजार ३८० र पुरुष संख्या ३ ह्जार ५६४ गरी कूल जनसंख्या ६ हजार ९४४ रहेको छ। त्यस मध्ये बैदेशिक रोजगारमा ४ सय ८८ महिला र १ हजार २ सय ७९ पुरुष गरी कूल १ हजार ७६७ रहेको एड्वानले जनाएको छ।

नेपालस्थित नेपाल दलित महिला उत्थान सङ्घकि संस्थापक अध्यक्ष र अमेरिकास्थित इम्पावोर दलित वुमन अफ नेपाल (Empower Dalit Women of Nepal-EDWON) संस्थाकि संस्थापक बिष्णुमाया परियारले अमेरिकाको क्लार्क विश्व बिद्यालयबाट 'अन्तरराश्ट्रिय बिकास र सामाजिक परिबर्तन' बिषयमा स्नातकोत्तर (एमए) गरेकिछिन् भने उनले नेपालमा गरेको प्रसंसनीय कार्यकालागि एक दर्जनभन्दाबेशी अन्तरराष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित हुन सफल भएकिछिन्।

Bishnu Maya Pariyar, Founder, Empower Dalit Women of Nepal (EDWON) and Founding  President, Associaiton of Dalit Women Advancement of Nepal (ADWAN), speaking at the inaugural program of Taklung Model Village project in Taklung, Gorkha, Nepal on October 18, 2011. Photo: Khadgabir Thapa Magar

बिष्णुमाया परियार र उनको संस्था एड्वानले बिगत १० बर्षको दौरान झन्डै ५ लाख अमेरिकि डलर अर्थात ३ करोड ७५ लाख रुपैयाँ बराबरको अनुदान सङ्कल्न गरी नेपालमा महिला शशक्तिकरण सम्बन्धी नेपालका दलित महिला, बालबालिका र अन्य बिपन्न समुदाय उत्थानकालागि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ। गत बर्ष सन् २०१० मा संस्थाले ७७ हजार ५ सय ६२ अमेरिकि डलर अनुदान संकलन गरेको थियो जसमध्ये ५७ हजार ९८९ अमेरिकि डलर सिधै नेपालमा लगानी गरिएको थियो।

उनको संस्थाको अनुदानद्वारा नेपालका ७ जिल्लाहरु गोर्खा, ईलाम, झापा, अर्घाखाँची, बाग्लुङ, मुगू र सर्लाही जिल्लाका २५ सयभन्दा बेशी गरीब दलित र गैर दलित महिलाहरु र ३ हजार बेशी बालबालिकाहरु लाभान्बित भएकाछन्।

- Pradeep Thapa in Taklung, Gorkha. Comments? This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


-हालसम्म ADWAN Nepal र EDWON USA द्वारा सन्चालित परियोजनाहरुः

-बालशिक्षा भवन निर्माणः २०६६/०६७ मा
-बालकक्षा सन्चालनः ३ वटा कक्षाहरु (२०६३/०६४ देखि हालसम्म) लाभान्वित बालबालिका संख्याः २२५
-महिला समूह गठनः २०५८ सालदेखि हालसम्मः ११ वटा समूह संख्याः २७५, गोरखा जिल्लामा कुल ३९ समूह
-विद्यालय तह छात्रर्वत्ति कार्यक्रमः २०६३ देखि २०६७ सम्म लाभान्वित बालबालिका संख्याः ६००, देशभर २२००
-Sponsorship (छात्रवृत्ति) कार्यक्रमः कक्षा १० सम्म लगातार २०६४ देखि हालसम्म लाभान्वित बालबालिका संख्याः ३२ देशभर ११७
-Ambitious Girls' Fund (महत्वाकांक्षी छात्राकोष): २०६५ सालदेखि हालसम्म उच्च मा।वि।मा अध्ययनरत छात्राहरुको लागि लाभान्वित छात्रा संख्याः ५, देशभर ३५
-लघुऋण (Micro Loan) कार्यक्रमः २०६५ देखि हालसम्म लाभान्वित समूह १०
नमूना गाउँ परियोजना अन्तरगत २०६८ देखि:
-जिविकोपार्जन (Livelihood) कार्यक्रमः
कृषि तथा तरकारी, फलफुल, कफी खेती
सत्रु जीव व्यवस्थापन (IPM) तालिम
धुवारहित चुलो
पशुपालन
-ग्रामीण सहकारी बैंकिङ्ग (Rural cooperative banking) को सुरुवातः २०६८/०६९ देखि महिला समूहको अगुवाई र बहुमत सदस्यताको आधारमा स्थापित

-परियोजनाको शिर्षकः ताक्लुङ नमूना गाँऊ परियोजना कृषि र वचत/ऋण सहकारी परिक्षण
-परियोजनाको अविधः आठ ८ महिना
-परियोजनाको समयः २ जुन २०११ देखि waDaa १ जनवरी २०१२
-परियोजनाको कार्यक्षेत्रः ताक्लुङ गाविस यस संस्थामा आवद्ध महिला समूह भएका वडाहरु
-परियोजनाको विकास वजेटः रु. ६०८०५०/-
-परियोजना सन्चालन वजेटः रु. १६००००/-
जम्मा परियोजना वजेटः रु. ७६८०५०/-

परियोजनाका उद्देश्यहरुः

-अर्गानिक कृषिलाई अवलम्वन गराई वातावरणिय स्वास्थ्य (Environmental Health) मा सुधार ल्याउने ।
-महिलाहरुमा कृषि सम्बन्धि नयाँ प्रवृधिको ज्ञान आर्जन गराई दीगो आर्थिक उपार्जनमार्फत आत्मनिर्भर वनाउने ।
-महिलाहरुको सामाजिक तथा आर्थिक समानता सुनिश्चित गर्ने ।
-विभिन्न तालिमहरु मार्फत समुहलाई सक्षम बनाउने ।
-महिलाहरुको स्वास्थ्य तथा सरसफाईमा सुधार ल्याउने ।
-समूहको वचतलाई संस्थागत स्वरुप दिने ।

उक्त परियोजनाका उद्देश्य प्राप्तिकालागि गरिने कि्रयाकलापहरुः

१. कृषि तथा वेमौसमी तरकारी खेती तालिमः

यस तालिम अन्तर्गत यस गाविसमा रहेका महिलासमूहहरुबाट चुनिएर आएका प्रत्येक समूहबाट ६ जना सहभागीहरुलाई अदुवा खेती तालिम प्रदान गरिएको छ। अदुवा खेतीको वारेमा सैद्धान्तिक तथा व्यावहारिक तालिम अन्तर्गत अदुवाकोलागि बारी छनौट, विउ छनौट, मलको प्रकार र प्रयोग विधि, रोप्ने तरिका, गोडमेल तथा हेरचाह, विऊ निकाल्ने, गोलभेडा र बन्दागोभीमा कृषक पाठशाला अर्थात सत्रु जीव व्यवस्थापन (IPM) मा सैद्धान्तिक तथा व्यावहारिक तालिम सन्चालन गरिएको छ। यसकोलागि दक्ष प्राविधिक उपलब्ध गराई १८ हप्ते कृषक पाठशाला सन्चालन गरिएको छ।

२. सुधारिएको चुलो तालिम तथा निर्माणः

यस तालिम अन्तर्गत यस गाविसमा रहेका महिला समुह सदस्यहरुको घरमा अनिवार्यरुपमा सुधारिएको चुलो अर्थात धुँवा रहित चुलो निर्माण गर्ने उद्देश्यअनुसार पहिलो चरणमा प्रमोटर प्राविधिक उत्पादनको लागी Rural Empowerment Society Damauli Tahanu Nepal (RESDTN) संग समन्वय गरी समुहका २ जना एक जना दलित र अर्को एक जना गैरदलित महिलालाई तालिमकोलागि दिइएको छ र उक्त तालिम प्राप्त प्रमोटरहरुले महिला समुह सदस्यहरुको घरमा सुधारिएको चुलो वनाउने छन् र दोस्रो चरणमा ईनै प्रमोटरको प्राविधिक तालिम प्राप्त महिलाहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिलाई गाविस स्तरमा तालिमको आयोजना गरिने छ । उक्त तालिम पश्चात ताक्लुङ गाविसका प्रत्येक घर/घरमा धुँवा रहित चुलो निर्माण गरिने छ ।

३. बचत तथा ऋण सहकारी ग्रामिण बैंक (Rural Cooperative Banking) स्थापनाः

वचत तथा ऋण सहकारी संस्था स्थापनाको अवधारणअनुसार यस गाविसमा हालसम्म बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था स्थापना नभएकोले महिला समूहहरुमा रहेको पूंजीलाई एकिकृत गरी सामूहिक पूजीको निर्माण गर्न एक बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको छ। यसकोलागि आवश्यक पुर्वाधार नेपाल दलित महिला उत्थान संघ (ADWAN Nepal) ले तयार गरेको छ। यस संस्थाको मूख्य उद्देश्य तालिम प्राप्त महिलाहरुलाई व्यवसाय सन्चालनकोलागि बिना धितो सुलभ तरिकाबाट ऋण उपलब्ध गराउनु रहेको छ ।

४. समुह नेता तालिमः

समूह नेता तालिम समूहका प्रतिनीधिहरुद्वारा समूहलाई आफ्रैं परिचान गर्न सिकाउने पहिलो कदम हुनेछ । यस तालिम तथा ताक्लुङ नमूना गाउ कार्यक्रम सफल भए पश्चात यस गाविसका महिला समूहहरु यस संस्थाबाट अलग हुने छन् । यस तालिमको सन्चालनकालागि पहिला केन्द्रमा प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिने छ र उक्त तालिमबाट तालिमप्राप्त प्रशिक्षक गाँउमा आई प्रशिक्षण दिने योजना यस संस्थाले बनाएको छ । यस तालिममा प्रत्येक महिला समूहबाट चुनिएर आएका २/२ जना प्रतिनीधि मध्ये एकलाई समूह नेता तालिम र अर्कालाई लेखा सम्बन्धि तालिम प्रदान गरिने छ ।

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?