Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मैना सुनुवारको हत्यामा संलग्न सैनिक अधिकारीलाई राष्ट्र संघद्वारा शान्ति सेनाबाट फिर्ता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 10 December 2009 15:31

काठमाण्डौ- आफ्नो अनुकूल नभएपछि राष्ट्र संघ र राष्ट्र संघीय शान्ति मिसन अनमिन माओवादी पक्षीय भएको आरोप लगाइरहेको सरकारमाथि संयुक्त राष्ट्र संघले यसै हप्ता बलियो झापड दिएको छ ।

काभ्रेकी मैना सुनुवारको हत्यामा संलग्न सैनिक अधिकारीलाई शान्ति सेनामा पठाएको आरोप लगाउँदै ती सैनिक अधिकारीलाई फिर्ता पठाएर राष्ट्र संघले सरकारलाई झापड दिएको हो ।

राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत अफ्रिकी मुलुक चाडमा खटिएका नेपाली सेनाका सेनानी मेजर निरन्जन बस्नेतलाई फिर्ता पठाएर राष्ट्र संघले आफूलाई माओवादी परस्त भएको आरोप लगाउने नेपाल सरकारलाई चोटिलो जवाफ दिएको हो । राष्ट्र संघको यो निर्णयसँगै बुधबार सैनिक मुख्यालयले सेनानी बस्नेत मैना सुनुवार हत्याकाण्डमा संलग्न नभएको जवाफ दिनुको रहस्यसमेत खुलेको छ ।

सैनिक मुख्यालयको सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार अकस्मात एक बक्तव्य निकालेर मैना सुनुवारको हत्यामा चाड मिसनमा खटिएका सेनानी बस्नेत संलग्न नरहेको सेनाको स्वतन्त्र छानविनबाट पुष्टि भएको दावी गरेको थियो । राष्ट्र संघले सेनानी बस्नेत मैनाको अमानबीय हत्यामा संलग्न रहेको भन्दै राष्ट्र संघले उनलाई चाडबाट फिर्ता बोलाएको जानकारी सेनालाई दिएपछि सेनाले सो बिज्ञप्ती जारी गरेको रहेछ ।

२०६० मा राष्ट्र संघको शान्ति मिसनमा खटिई जाने सैनिकहरुकालागि तालिम दिइने काभ्रेको पाँचखालस्थित शान्ति सेना तालिम केन्द्रमा लगी मैना सुनुवारको हत्या भएको थियो । उनकी आमा देबी सुनुवारले हत्याको विरुद्धमा निरन्तर आवाज उठाएपछि सेनाले घटनाबारे देखावटी जाँच गरेको थियो । सोही जाँचबाट सेनानी बस्नेत निर्दोश देखिएको सैनिक मुख्यालयले दावी गरेको हो ।

त्यो बेला तालिम केन्द्रको प्रमुख रहेका बबी खत्री नैतिक रुपले जिम्मेवार भएपनि मैनाको हत्यामा त्यो बेला सहसेनानी क्याप्टेन रहेका बस्नेतका अलवा सहसेनानीद्धय सुनिल अधिकारी र अमित पुनमगर मुख्य रुपले सहभागी थिए । ती मध्ये अधिकारी र पुनले सेनाबाट अवकास पाइसकेका छन् । खत्रीलेपनि पाँच महिनाअघि महासेनानीमा म्याद थप नभई महासेनानीबाट अवकास पाइसकेका छन् ।

आफैले गठन गरेको छानविन आयोगबाट निर्दाेष देखिएको भन्दै सेनाले बस्नेतलाई शान्ति सेनामा पठाएको थियो । यो कुरा थाहा पाएपछि मैनाकी आमा देबी सुनुवारले राष्ट्र संघमा उजुरी दिएकी थिइन् । उनले प्रधानमन्त्री कार्यालयमापनि उजुरी दिएकी थिइन् । यिनै उजुरीहरुका आधारमा राष्ट्र संघले सेनानी बस्नेतलाई फिर्ता पठाउने निर्णय गरेको हो । उनी बिहीबार राति नेपाल आइपुगेका छन् ।

सेनानी बस्नेतको फिर्ता प्रकरणलाई राष्ट्र संघ र सरकारबीचको पछिल्लो द्धन्दको रुपमा लिइएको छ । राष्ट्र संघीय मिसन अनमिन माओवादी परस्त भएको भन्दै सरकारले आरोप लगाइरहेका बेला राष्ट्र संघीय सुरक्षा परिषदमा महासचिव बान कि मुनले शान्ति प्रकृया सफल पार्न नेपालमा राष्ट्रिय सहमतिको सरकार आवस्यक रहेको बताएपछि सरकार झन अप्ठेरोमा परेको थियो ।

राष्ट्र संघीय महासचिवको प्रतिवेदन एक पक्षीय भएको बताउँदै सरकारले त्यसको  प्रतिवाद गरेको थियो । त्यसयता नेपाल सरकार र राष्ट्र संघबीचको सम्बन्ध चिसो हुँदै आएको छ । शान्ति सम्झौता विपरित सेनामा भर्ना प्रकृया सुरु गर्ने तैयारीप्रतिपनि राष्ट्र संघले असन्तुष्टि जनाउँदै आएको छ । यस्तो बेला राष्ट्र संघले सेनानी बस्नेतलाई फिर्ता बोलाएपछि सरकार र राष्ट्र संघबीचको सम्बन्ध अरु चिसिने सम्भावना छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?