Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेउवामहासंघ र ट्रेड युनियन महासंघहरुबिच न्यूनतम वेतन निर्धारण सम्बन्धी बैठक PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Friday, 11 March 2011 16:23

काठमाडौं- न्यूनतम वेतन निर्धारणकालागि न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन भएपश्चात यथासमयमानै निर्णय गर्न पहल भैरहेको अवस्थामा कारणवस समितिको कार्य प्रकृयालाई अगाडी बढाउन केही व्यवधान आई निर्णयमा पुग्न ढिलाई हुन गएको अवस्थाका बीच नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रियस्तरका ट्रेड युनियन महासंघहरुबीच हाल निरन्तर वार्ता भैरहेको छ ।


यस बीचको वार्तामा उठेका विषय तथा दुवै पक्ष वार्ताका माध्यमबाट समस्या समाधान गर्न बढी जिम्मेवारी पूर्वक लागिपरेको अवस्था समेतलाई मध्यनजर गरि ट्रेडयुनियनका मागलाई नेउवामहासंघले सकारात्मकरुपमा लिई वार्ताकै माध्यमबाट निर्णयमा पुगी व्यवहारिकरुपमा लागू गर्न पहल गरिरहेको छ ।

यसर्थ ट्रेडयुनियन महासंघहरुबाट आव्हान गरिएका सबै प्रकारका संघर्षका कार्यक्रमहरु आजैबाट फागुन मसान्तसम्मकालागि स्थगित गरी उद्योग प्रतिष्ठानहरु बिना अवरोध तत्काल संचालन गर्न तथा उद्योग प्रतिष्ठानहरुले समेत तालासाँचो बुझाउने कार्यक्रमहरु पनि आजैबाट फागुन मसान्तसम्म स्थगन गर्न हामी संयुक्त रुपमा अपिल गर्दछौं ।

प्रदीपजंग पाण्डे
उपाध्यक्ष एवं सभापित
रोजगारदाता परिषद् नेउवामहासंघ

अच्यूत राज पाण्डे
महासचिब
नेपाल ट्रेड यूनियन कांग्रेस स्वतन्त्र

उमेश उपाध्याय
महासचिब
नेपाल टे्रड यूनियन महासंघ

गणेश रेग्मी
महासचिब
अखिल नेपाल ट्रेड यूनियन महासंघ

मिति २०६७ साल फागुन २६ गते विहिवार ।

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?