Inside

All Time Top 75 News

विश्वमा १ हजार २२६ अर्बपति धनीहरु तर विश्वभर भोको पेट हुनेहरु चाँही ९२ करोड ५० लाख ! PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 08 March 2012 06:24

Exclusive: न्यू योर्क- विश्व प्रशिद्ध अमेरिकि आर्थिक पत्रिका फोर्ब्स (Forbes) ले विश्वका १ हजार २२६ अर्बपति धनाड्यहरुको सूचि सार्वजनिक गरेको छ। ति अर्बपति धनपतिहरुको कूल धन अमेरिकि डलर ४.६ त्रिलियन अर्थात साढे ४ खर्बभन्दाबेशी अमेरिकि डलर रहेको तथ्याङ्कले देखाएको छ। तर यो धनीमानीहरुको सूचिलाई गिज्याउने विश्वको उल्टो तथ्याङ्क अर्थात विश्वमा खान नपाएर भोकै बस्न वाध्य ९२ करोड ५० लाख जनताहरुको क्रन्दन कस्ले सुन्ने?


धनाड्यहरुको सम्पत्ती र सूचि

फोर्ब्स पत्रिकाले जारी गरेको सन् २०१२ को विश्वका अर्बपतिहरुको सूचिअनुसार मेक्सीकोका ७२ बर्शिय टेलिकम ब्याबसायी कार्लोस स्लिम हेलु यसपाली पनि विश्वको १ नम्बर धनीमा गनिएकाछन्। उनको सम्पत्ती ६९ बिलियन डलर रहेको पत्रिकाले जनाएको छ। (हेर्नुहोस्: www.forbes.com)

दोश्रो अर्बपति धनाड्यमा अमेरिकाको माइक्रोसफ्ट कम्पनीका संस्थापक ५६ बर्शिय बिल गेट्स बनेकाछन्। उनको सम्पत्ती ६१ बिलियन डलर छ। अमेरिकि ब्याबसायी तथा अनुदानदाता ८१ बर्शिय वारेन बफेट ४४ बिलियन सम्पत्तीसहित तेश्रो नम्बरमा छन्।

अर्बपतिहरुको यो सूचिमा न्यू योर्क शहरका मेयर माइकल ब्लुमबर्ग २२.३ बिलियन डलर सम्पत्तीकासाथ २० औं नम्बरमा दर्ज हुन सफल भएकाछन्।

उसो त न्यू योर्क शहर धेरै अर्बपतिहरु बस्ने दोश्रो भाग्यमानी महानगर हो। न्यू योर्कमा ५८ जना अर्बपतिहरु बसोबास गर्ने पत्रिकाले जनाएको छ। सबैभन्दा धेरै अर्बपति रहने शहर चाँही रसियाको मस्को रहेको छ जहाँ ७८ अर्बपतिहरुको बसोबास छ। तेश्रो धेरै अर्बपति रहने शहर बेलायतको लण्डनमा ३९ अर्बपतिहरु बसोबास गर्दछन्।

त्यसैगरी, विश्व प्रसिद्ध अमेरिकि अनलाइन सर्च इन्जिन गूगल (google.com) का संस्थापकद्वय सर्गे ब्रिन र लारी पेज २४ औं नम्बरमा १८.७ बिलियन सम्पत्तीकासाथ ठडिएकाछन्।

उता अनलाइन सामाजिक सन्जाल फेसबूक (facebook.com) का संस्थापक २७ बर्शिय मार्क जुकरबर्ग चाँही ३५ औं नम्बरमा छन्। उनको सम्पत्ती १७.७ बिलियन डलर छ।

आइफोन, आइपोड, आइप्याड जस्ता विश्व प्रबिधीको दुनियाँलाई तहल्का मच्चाउने इलेक्ट्रोनिक्स ग्याजेट निर्माण गर्ने एप्पल इङ्कका मालिक स्व. स्टिभ जोब्सकि श्रीमती लरेन पावेल जोब्स र उनको परिवारको सम्पत्ती ९ बिलियनसहित १०० औं नम्बरमाछिन्।

फोक्स न्यूज टिभी च्यानेल, वाल स्ट्रिट जर्नल, न्यू योर्क पोस्ट, टाइम्स अफ लण्डन जस्ता संचार माध्यमका मालिक ८१ बर्शिय अस्ट्रेलियन नागरिक रुपर्ट मुर्डोक १०६ औं धनपति अर्बपति हुन्। उनको निजी सम्पत्ती ८.३ बिलियन डलर रहेको जनाइएको छ।

अर्का अर्बपति संचार ब्याबसायी हुन्- क्यानाडाका डेभिड थोम्सन। उनको परिवारिक सम्पत्ती १७.५ बिलियन डलर रहेको छ। उनी विश्व प्रसिद्ध आर्थिक संचार कम्पनी थोम्सन रोएटर (Thomson Reuters) का मालिक हुन्।
उनी ३५ औं नम्बरमा दर्ज भएकाछन्।

विश्व प्रसिद्ध अमेरिकि टिभी न्यूज च्यानेल सिएनएन (CNN) का संस्थापक टेड टर्नर चाँही २ बिलियन डलर सम्पत्तीसहित ६३४ नम्बरमा उभिएकाछन्।

त्यस्तै, अमेरिकाको चर्चित अनलाइन समाचार पोर्टल हफिङ्टन पोस्ट (HuffingtonPost.com) र एओएल (AOL.com) का मालिक स्टिभ केस १.५ बिलियन डलरसहित ८५४ औं नम्बरमा नाम लेखाउन सफल भएका छन्।

उता नेपालको छिमेकी मुलुक भारतका संचार ब्याबसायी इन्दु जैन २.२ बिलियन डलर सम्पत्तीसहित ५७८ औं नम्बरमा छन्। उनको टाइम्स अफ ईन्डिया (Times of India) विश्व कै सबैभन्दा बढि पढिने अङ्ग्रेजी पत्रिका हो।

अनलाइन ब्यवसाय गर्ने अमेरिकि साइट अमाजोन (Amazon.com) का मालिक जेफ बेजोस १८.४ बिलियनसहित २६ औं नम्बरमाछन् भने चिनियाँ कम्पनी अलिबाबा (Alibaba.com) का मालिक ज्याक मा २.७ बिलियन डलरसहित ४४२ नम्बरमा छन्।

अमेरिकन चलचित्र निर्देशक तथा निर्माता स्टिभन स्पिलबर्ग ३ बिलियन डलर सम्पत्तीसहित ३७७ औं नम्बरमा छन् भने चर्चित अमेरिकि टिभी सन्चालिका ओप्रा विन्फ्रे २.७ बिलियनसहित ४२२ नम्बरमाछिन्।

१ हजार २२६ अर्बपतिहरुको जम्बो सूचिमा मात्र १०४ जना महिला ब्याबसायीहरुले आफ्नो नाम सूचिमा दर्ज गराउन सफल भएकाछन्। CNNMoney को Global 500 2011 सूचिअनुसार २१ लाख कर्मचारी भएको विश्वको सबैभन्दा ठूलो कम्पनी अमेरिकि डिपार्ट्मेन्टल स्टोर वाल मार्ट (Wall Mart) कि मालिक क्रिस्टी वाल्टन र उनको परिवारको सम्पत्ती २५.३ बिलियन डलर रहेको पत्रिकाले जनाएको छ। उनी ११ औं नम्बरमाछिन्।

भारतको सबैभन्दा धनी अर्बपति रिलायन्स इन्डियाका मालिक मुकेश अंबानी २२.३ बिलियन डलर सम्पत्तीकासाथ १९ औं नम्बरमा छन्। उनका सहोदर भाई भारतको दोश्रो ठूलो टेलिफोन कम्पनी रिलायन्स इन्डिया मोबाइलका मालिक अनिल अंबानी ७.८ बिलियनकासाथ ११८ नम्बरमा छन्।

फोर्ब्स पत्रिकाकोअनुसार अमेरिकाबाट ४२५ अर्बपति रहेकाछन् भने रसियाबाट ९६ अर्बपति धनाड्य छन्। नेपालको छिमेकी मुलुकहरु र चिनबाट ९५ अर्बपति र भारतबाट ४८ जना अर्बपतिहरु छन्।

विश्वभर ९२ करोड ५० लाख भोको पेट हुनेहरुकालागि हर्ष न बिस्मात !

तर माथि उल्लेखित धनीमानीहरुको सूचिलाई गिज्याउने गरी विश्वमा खान नपाएर भोकै बस्न वाध्य ९२ करोड ५० लाख जनताहरु छन् भन्दा कतिलाई पत्यार नलाग्न सक्छ। तर विश्वको तीतो यथार्थ हो यो।

संयुक्त राष्ट्र संघको खाध्य तथा कृषि अर्गनाइजेसन (Food & Agriculture Organization of the United Nations-FAO) कोअनुसार सन् २०१० मा विश्वभर झन्डै ९ सय २५ मिलियन अर्थात ९२ करोड ५० लाख जनता खान नपुगेका (undernourished) रहेको अनुमान गरिएको छ। (हेर्नुहोस्: www.fao.org & www.wfp.org)



उता युनिसेफ (UNICEF) काअनुसार १४३ मिलियन अर्थात १४ करोड ३० लाख विश्वका बालबालिक कुपोशण (undernourished) बाट ग्रसित छन्। (हेर्नुहोस्: www.unicef.org)

वर्ल्ड बैंकको तथ्याङ्कअनुसार सन् १९९० देखी २००८ बिच विश्वको ६.७ अर्ब जनसंख्यामध्ये १.२९ अर्ब जनता अत्यन्त गरिबी (extreme poverty) मा बाँच्न वाध्य रहेका थिए।
(हेर्नुहोस्: http://web.worldbank.org)



अमेरिकामा ४ करोड २० लाख जनता गरिबीको रेखामुनि ?

हो, विश्वको धनी मुलुक र सपनाको देश भनेर चिनिने अमेरिका (USA) मा ४२५ अर्बपति र अनगिन्ती लखपतिहरु भएपनि सन् २०१० को सरकारी तथ्याङ्कअनुसार अमेरिकाका ४६.२ मिलियन अर्थात ४ करोड २० लाख जनता गरिबीको रेखामुनि रहेको जनाइएको छ।

अमेरिकि सरकारको युएस तथ्याङ्क बिभागकाअनुसार यो संख्या गरिबीको तथ्याङ्क राख्न शुरु गरेदेखि ५२ बर्षमा सबैभन्दा धेरै हो। यो संख्या अमेरिकाको कूल जनसंख्या झन्डै ३० करोड ८७ लाखको १५.१ प्रतिशत हो। बिभागकाअनुसार सन् २००७ देखि २.७ प्रतिशतको बढोत्तरी हो। (हेर्नुहोस्: www.census.gov)

धन हुनेको मन पनि भए

"धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन" भन्ने नेपाली उक्ती चरितार्थ नहुँदो हो त यसरी विश्वभर गरीब जनताहरुको बढोत्तरी हुने थिएन। अझ अमेरिकाको काखैमा यतिका जनता भोको पेट बस्नु पर्ने अवस्था आउने थिएन।

उदेक लाग्दो कुरो, धन हुनेहरु झन झन धनी हुने र मोटाउने तर दिनरात मिहिनेत गरेर खाने जनताको पेट झन झन खोक्रो हुने अवस्थाको अन्त्य हुने छाँट देखिदैन।

तर विश्वका जनताको हीतकालागि केही अर्बपति धनाड्यहरुले शुरु गरेको मानब भलाईकालागि अनुदान गर्ने परिपाटी (Philanthropic causes) ले विश्वमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ।

यो अभियानमा विश्वका दोश्रो धनाड्य अर्बपति बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सन् १९९४ देखी शुरु गरेको 'बिल एन्ड मेलिन्डा गेट्स फाउण्डेसन' ले विश्वभर स्वास्थ्य र बिकासतर्फ २६ अर्ब अमेरिकि डलर खर्च गरिसकेकोको तथ्याङ्कले देखाएको छ। (हेर्नुहोस्: www.gatesfoundation.org)



उता उनीहरुको सकृयतामा शुरु गरेको आफ्नो जीवन छँदै या मरिसकेपछि आफ्नो कमाईको आधा सम्पत्ती अनुदान गर्ने अमेरिकि धनाड्यहरुको "अनुदान प्रतिबद्दता" (Giving Pledge) सूचि मा हालसम्म ४९ जना ब्यक्ती र परिवारले यो प्रतिबद्धता जाहेर गरिसकेकाछन्। (हेर्नुहोस्: www.givingpledge.org)

विश्वका अर्बपति धनाड्यहरुको सूचिमा परेका ४२५ अमेरिकि अर्बपति मध्ये निक्कै थोरै अर्बपतिहरुले मात्र उक्त Giving Pledge मा आफ्नो कमाईको आधा हिस्सा दिने कबूल गरेकाछन्। जसमध्ये सिएनएनका संस्थापक टेड टर्नरले अझ एक कदम अघी बढेर संयुक्त राष्ट्र संघकोलागि 'संयुक्त राष्ट्र संघ फाउण्डेसन' स्थापना गरी १ अर्ब डलर अनुदान प्रदान गरेकाछन् भने वारेन बफेटले झन्डै ३४ अर्ब डलर 'बिल एन्ड मेलिन्डा गेट्स फाउण्डेसन' लाई अनुदान दिने घोषणा गरिसकेकाछन्।

Giving Pledge मा फेसबुकका संस्थापक मार्क जुकर्बर्गले पनि आफ्नो कमाईको आधा हिस्सा अनुदान गर्ने प्रतिबद्दता जनाएकाछन्।

आखिर मरेर लानु के छ र ! बिल र मेलिन्डाले बुझे, वारेन र टेडले महसुस गरे अनि २७ बर्शिय फेसबुकका मार्कले मनन् गरे। अरु धनाड्यहरुले पनि त्यो सिको गर्न सके विश्व कति सुन्दर हुने थियो हगी?

अर्बपतिहरुको मुख मात्र किन ताक्ने? गच्छेअनुसार तपाईं हामी आफैले पनि मानब सेवाकोलागि भलै आधा हिस्सा दिन नसकिएला तर केही न केही अनुदान गर्ने बानी बसाल्दा एकबारको जिन्दगीमा सार्थक नै हुनेछ होइन त?


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

नोट: यो समाचार छाप्नु भयो भने साभार: www.usnepalonline.com उल्लेख गर्नुहोला। युएस नेपाल अनलाइनका कुनै पनि समाचार बिना साभार समाचारको मौलिक तथ्याङ्क र लेखन वाक्यांश 'कपि एन्ड पेस्ट' गरी अन्यत्र प्रकासित गरिएको पाईएमा कानूनी कार्यबाही गरिनेछ

Read related news:

-अमेरिकि चर्चित iPhone निर्माता कम्पनी Apple विश्वको नं. १ कम्पनी

-UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline
Nepal’s New Prime Minister Envisions Achievement by 2018

-The Fate of the World’s 49 Poorest Countries
Nepal needs 55 years and more to be out of the Least Developed Countries (LDCs) List

-http://usnepalonline.com/economy/

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Find Us at Facebook

Member Login