Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

शासकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा टुङगो लाग्न नसकेपछि तीन वटा फरक फरक प्रस्ताव PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 16 January 2010 17:26

काठमाडौ- संविधान सभाको शासकीय स्वरुप निर्धारण समितिले आफ्नो अवधारणापत्र सहितको प्रारम्भीक मस्यौदालाई अन्तिम रुप दिएको छ ।



सिँदरबारमा माघ २ गते बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिदै आगामी माघ ४ गते संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउने निर्णय गरेको हो । मतदानवाट समेत शासकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा टुङगो लाग्न नसकेपछि तीन वटा फरक फरक प्रस्ताव मस्यौदामा समेटिने भएको हो ।

मस्यौदा प्रतिवेदनमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस-एमालेको सयुक्त र तराई मधेस लोकतान्त्रिक पाटीका फरक-फरक प्रस्ताव समेटिएको छ । समितिमा रहेका नेकपा एमालेका ५ सदस्य मध्य तयार भएको मस्यौदामा ४ जना सभासदहरुले असहमति राखेका छन् । पार्टिले लामो समयदेखि उठाउदै आएको धारणालाई अघि वढाउनुको सट्टा काँग्रेसको प्रस्तावमा मतदान गरेपछि उनीहरुले असहमति जायर गरेका हन् । यसअघि एमाले दलका उपनेता विश्णु पौडेलको ह्वीपका कारण एमालेकै सभासदहरुले काँग्रेशको प्रस्तावमा मतदान गरेका थिए ।

प्रस्तावमा एकीकृत नेकपा माओवादीले कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन हुनुपर्ने गरेको छ । काङ्ग्रेस र एमालेको संयुक्त प्रस्तावमा संसदीय ब्यवस्थासहितको आलंकारीक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरिएको छ । तमलोपाले भने सदनवाट निर्वाचित कार्यकारी राष्ट्रपति प्रस्ताव गरेको छ ।

नेपाली काङ्ग्रेसका प्रदीप गिरीले भने प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने धारणा राख्दै फरकमत दर्ता गराएका हुन् । आजको बैठकमा एमाले सभासदहरु रत्ना गुरुङ, सोनाम छेजुङ लामा, हसिना मियाँ र प्रधुम्न चौहानले आफ्नो पार्टी संसदीय दलको बैठकले निर्णय गरेबमोजिम प्रत्यक्ष निर्वाचनबाट आउने कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति हुनुपर्ने फरकमत दर्ता गराउन चाहेका थिए । तर सभापति शम्भु हजारा दुसादले भने फरकमत राख्ने समय सकिएकोले सो प्रस्तावमा पुर्नविचार हुन नसक्ने बताउँदै समेट्न अस्विकार गरेका थिए । फरकमत राख्न नपाएपछि एमाले सभासदहरुले मतदान बहिस्कार गरेका थिए ।

-Santa Bagam in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?