Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विरुद्ध भईरहेका विभिन्न षडयन्त्रका विरुद्ध एकजुट हुन जनसमुसदायलाई अपिल PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Wednesday, 31 March 2010 18:58

काठमाडौं- प्रमुख तिन राजनैतिक दलले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विरुद्ध भईरहेका विभिन्न षडयन्त्रका विरुद्ध एकजुट हुन जनसमुसदायलाई अपिल गरेका छन् ।
नेपाली काँग्रेस संविधान सभा दलको कार्यालयमा चैत १८ गते बसेको वैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले प्रतिगामिहरुको प्रचार अभियानका विरुद्ध एकभएर अघि बढ्न तीनदल प्रतिवद्ध भएको जानकारी दिए ।

पछिल्लो चरणमा सरकारमा रहेका मन्त्रीहरु र भारतीय हिन्दूकट्टरवादी नेताहरुले नेपाललाई हिन्दूराज्य बनाउने अभियान संचालन गर्नुका साथै पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र अझै समाप्त नभएको टिप्पणी गरिरहेका बेला प्रमुख तीन दलले प्रतिगामी तत्वहरुको दिवास्वप्न पूरा हुन नदिने दृढता व्यक्त गरेका हुन् ।

शान्तिप्रकृया र संविधान निमार्णकार्य सहज बनाउन बनेको उच्चस्तरिय राजनैतिक संयन्त्रको बैठकपछि नेताहरुले जेठ १४ गतेभित्रै नयाँ संविधान जारी गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । बैठकमा एकीकृत नेकपा माओवादीले मेसिन रिडेबल पासपोर्ट भारतमै छाप्न दिने सरकारको निर्णयप्रति आपत्ती जनाएको थियो । सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिने एमआरपी छपाई छिमेकी मुलुक भारतमा दिएकोप्रति माओवादीले सरकारको धारणा माग पनि गरेको छ ।

काँग्रेस कार्यवाहक सभापति सुशील कोईरालाको अध्यक्षतामा वसेको संयन्त्रको बैठकमा जेठ १४ गते नै नयाँ संविधान जारी गर्ने गरि शान्ति प्रकृयालाई पनि सँगसँगै अघि बढाउन तीनै दल सहमत भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । नयाँ संविधान जारी गर्न अब दुई महिना मात्र बाँकी रहँदा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमार्फत् दलहरुको सामूहिक प्रतिबद्धता आएको हो ।

आजको बैठकले उच्चस्तरीय राज्य पुनःसंरचना आयोग गठन गर्ने नीतिगत निर्णय पनि गरेको छ । राज्य पुनसंरचनाको कामलाई वैज्ञानिक र व्यवहारिक वनाउन विज्ञहरुको सहभागितामा आयोग बनाउने सहमति भएको छ । आयोगले संविधान सभाको राज्य पुनसंरचना समितिले तयार गरेको मस्यौदा प्रतिवेदनलाई पुर्णता दिन स्वतन्त्र रुपमा काम गर्ने काँग्रेस संविधान सभा दलका नेता रामचन्द्र पौडेलले बताए । संयन्त्रको अर्को बैठक एमाले संविधान सभा दलको कार्यालय सिँहदरबारमा शुक्रबार बस्ने छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?