Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

तराईमा बहुप्रदेश माग गर्दै आठ वटा थारु संगठनहरुद्वारा आन्दोलन गर्ने घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Friday, 19 February 2010 08:16

काठमाण्डौं- तराईमा बहुप्रदेश हुनुपर्ने माग गर्दै विभिन्न थारु संगठनहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आठ वटा थारु संगठनहरुले फागुन ७ गते संयुक्त विज्ञप्ति जारी गदै तराईमा बहु प्रदेशको माग गरी फागुन २० गतेदेखि धर्ना, मसाल जुलुस र आमहड्ताल लगायतका आन्दोलन गर्ने जनाएका छन् ।

थारु कल्याणकारी सभा, थारुहट संयुक्त संर्घष समिती, नेपाल लोकतान्त्रिक थारु संघ, थारु विद्यार्थी समाज लगायतका संस्थाहरुद्धारा जारी विज्ञप्तिमा फागुन २० गते जिल्ला प्रशासन कार्यलय मार्फत संविधान सभालाई खबरदारी पत्र दिने, २१ गते संविधानसभा घेराउ र २९ गते देश ब्यापी मसाल, जुलुश गर्ने र चैत १ गते थारुहट बन्द संगै आमहड्ताल गर्ने उल्लेख छ ।

नेपालको झण्डै आधा जनासंख्या रहेको तराईमा संविधान सभाको राज्य पुनरसंरचना तथा राज्य शक्ति बाँडफाँड समितीले कम प्रदेशको प्रस्ताव ल्याएको प्रति असहमति जनाउदै थारुले बहु प्रदेश बनाउन माग गरेका छन् ।

तराईलाई एक प्रदेश बनाउन मदेशवादी दलहरुले षड्यन्त्र गरिरहेको भन्दै उनीहरुले एक प्रदेश कुनै पनि हालतमा आफुहरुलाई अमान्य हुने बताएका छन् । तराईका आदिवासी जनजाति, मुस्लिम, अल्पसंख्यकलाई मिलाएर बहु प्रदेश बनाउन माग गर्दछौं - विज्ञप्तिमा भनिएको छ ।

सूचिकृत ५९ आदिवासी जनजाति मध्ये थारु दोस्रो ठूलो जाति हो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?