NEWS: बिबिसी नेपाली सेवा ::

Inside

जनजाति महासंघको नेतृत्व हडप्ने योजनाको रुपमा आन्दोलनको कार्यक्रम घोषणा ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 11 March 2010 18:16

काठमाडौं- थारु सम्बद्ध आठ वटा जातीय संगठनहरुले तराईमा बहुप्रदेश हुनु पर्ने माग गर्दै बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

थारु कल्याणकारी सभालगायत थारुसम्बद्ध संघ संस्थाहरुले यस्तो कार्यक्रमको आयोजना गरेका हुन् । सभाले यसरी आन्दोलन गर्नुका पछाडि आदिवासी जनजाति महासंघको नेतृत्व हडप्ने योजनाको रुपमा लिइएको छ ।

एक मधेस प्रदेशको माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका थारु कल्याणकारिणी सभा, नेपाल लोकतान्त्रिक थारु संघ, नेपाल स्वशासित थारु संघ, राष्ट्रिय प्रजातान्त्रिक थारु संघ, थारु यूवा सभा, थारु महिला सभा र थारु कर्मचारी सभाले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन २९ गते साँझ पाँच बजे देशब्यापी रुपमा मसाल जुलुस र चैत्र १ गते थरुहट तराई बन्द रहेको छ । नेपाल आदिवासी जनजाति महासंघको आगामी महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका सभाका महामन्त्री लेखीले आफ्नो पक्षमा माहौल बनाउन यसरी आन्दोलन गरिरहेको केही थारु अगुवाहरुको कथन छ ।

थारु कल्याणकारी सभाले एक्लै वा यसको अगुवाईमा हुने कुनैपनि कार्यक्रममा यसका अध्यक्ष देखा पर्दैनन् । सभाले जारी गरेको बिज्ञप्तीमापनि अध्यक्षको नाम आउँदैन, केवल महामन्त्री लेखीको नाम आउने गर्छ । 'यो सबै थारु कल्याणकारी सभाको नाममा आफू अगाडि बढ्ने लेखी योजना अनुसार भएको हो' सभाका एक सदस्यले भने- 'सभाको नेतृत्वमा यसरी आन्दोलन गर्नुको कारण आदिवासी जनजाति महासंघको निर्वाचनमा जित्नकालागि हो ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?