Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संघीयता विरोधी एक महिने जनअभियानको घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Friday, 24 December 2010 16:49

काठमाडौं- संघीयताको विरोध गर्दै आएको नेकपा (मसाल) को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले जनअन्दोलनको उपलब्धिको रक्षा र संघीयता विरोधी अभियानलाई अझ अगाडि बढाउन राष्ट्रिय जनमोर्चाले एक महिने जनअभियानको घोषणा गरेको छ ।

सो राजनीतिक दलले पुस १० देखि माघ १० गतेसम्मकोलागी जनअभियानको घोषणा गरेको हो ।

जनमोर्चाले शान्ति संविधान र गणतन्त्र, राष्ट्रियता तथा संघीयता सम्बन्धी धारणाहरुलाई जनस्तरसम्म पुर्याउने उद्देश्यकासाथ अभियान सन्चालन गर्न लागेको उपाध्यक्ष गोविन्दसिह थापाले जानकारी दिए । राष्ट्रिय जनमोर्चाको अध्यक्ष सभासद चित्रबहादुर केसी छन् । उनी नेकपा मसाल मोहनबिक्रम सिँहपछिका उपल्ला नेता हुन् ।

उपाध्यक्ष थापाले जनआन्दोलनको उपलब्धि ठूला दलहरुको दलगत स्वार्थका कारण गुम्ने अवस्थामा पुगेको बताउँदै त्यसको रक्षाकालागि जनता नै अगाडि आउनुपर्ने बताए । यसैकालागि राष्ट्रिय जनमोर्चाले यस्तो कार्यक्रमको आयोजना गरेको उनको कथन थियो । संघीयताको कारण मुलुक अप्ठ्यारो अवस्थामा पुगेको दावी गर्दै थापाले संघीयताले मुलुक विखण्डन हुने ठोकुवापनि गरे ।

एक महिने जनअभियान अन्तर्गत पूर्वको विराटनगर, पश्चिमको बैतडी, मध्यको कपिलबस्तु र बाग्मतीको ललितपुरबाट पुस १० गतेबाट अभियानको सुरुवात हुने बताइएको छ । त्यसपछि धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, भक्तपुर, दोलखा र रामेछापमा पनि अभियान सन्चालन हुने छ । राष्ट्रिय जनमोर्चाको अभियानमा पूर्व राजावादी, कांग्रेस, एमालेको परिवर्तनविरोधी समूहलेपनि समर्थन गर्दै आएका छन् ।

-Sitaram Baral in Kathmandu

Comments

avatar k k sing
0
 
 
6i kasto bakamfuse news. sambidhan savama jabo 1 sit jiteko party ko news yatro priority ma? ek sit jitne partyko kam जनअभियान ho vane 600 sit hune le garne aviya k ho?

yo usnepalonline fedralism birodhi ho ki kya ho? 1 vanda badhi sit vayako aru partyle fedralismko supportma prgm gareko news ta padna paidaina ta?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?