Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

ब्राम्हण-क्षेत्रीसँग सम्बद्ध संघसंस्थालाई मगर राष्ट्रिय मुक्ति मोर्चाको चेतावनी PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Saturday, 06 March 2010 13:38

काठमाडौं- एकिकृत नेकपा (माओवादी) सम्बद्ध जातीय मोर्चा मगर राष्ट्रिय मुक्ति मोर्चाले संघीयता विरोधी गतिबिधि सुरु भएको बताउँदै यसका बिरुद्ध संघर्षको घोषणा गरेको छ ।

जनतालाई अधिकार सम्पन्न हुन नदिनकालागि संघीयता विरोधी गतिविधि सन्चालन हुन थालेको भन्दै जनतालाई अधिकार सम्पन्न बनाउन र मुलुकलाई अग्रगमनमा लैजाने दावीसहित मोर्चाले संघर्षबाहेक बिकल्प नभएकोसमेत बताएको छ ।

हालै सम्पन्न मोर्चाको दोश्रो राष्ट्रिय सम्मेलनको निर्णय अनुसार उसले संघर्षको बिकल्प नरहेको घोषणा गरेको हो । सम्मेलन गत हप्ता स्याङ्जामा सम्पन्न भएको थियो । सो सम्मेलनका निर्णय सार्वजनिक गर्न मोर्चाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । अध्यक्ष सन्तोष बुढा मगरले सङ्घीयता विरोधीसँग अन्तिमसम्म सङ्घर्ष गरेर भए पनि जनताको सङ्घीय गणतन्त्रको स्थापना गर्ने बताए ।

जिम्मेवार राजनीतिक दल र केही तत्वले सङ्घीयता विरोधी गतिविधि गर्दै आएको बताउँदै बुढाले सङ्घीयता र लोकतन्त्रको विरोधमा गरिएका गतिविधिहरु पश्चगामी गतिविधि हुन् भन्ने ठहर सम्मेलनले गरेको बताए । उनले भने- 'यस्ता गतिविधिका विरुद्धमा संघर्षबाहेक अर्को बिकल्प छैन । लोकतन्त्र र संघीयताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उनले लोकतन्त्र असफल पार्न संघीयताको विरोध भएको दावीपनि गरे ।

जातीय राज्यको विरोध गर्दै केही राजनीतिक पार्टी र ब्राम्हण-क्षेत्रीसँग सम्बद्ध संघसंस्थाले अभियानसमेत सन्चालन गरिरहेका छन् । यस्तो बेला क्षेत्री र बाहुनपछि तेश्रो ठूलो जनसंख्या रहेको मगर जातिको राजनीतिक प्रतिनिधिमूलक संस्थाले संघर्षको घोषणा गरेको हो । मोर्चाले क्षेत्री समाज र ब्राह्मण समाजले सङ्घीयता र जातीयता विरोधी भ्रम फैलाएको दाबीसमेत गरेको छ । मोर्चाले क्षेत्री समाजलाई जात-जाति र क्षेत्र क्षेत्रबीच दङ्गा नभड्काउन चेतावनीसमेत दिएको छ ।

उत्पीडित जातीय समुदायले अधिकारका लागि आवाज उठाउँदा क्षेत्री समाज तथा ब्राह्मण समाज जस्ता सङ्गठन खोलेर सङ्घीयता, जातीयता विरोधी भ्रम दिन थालेको अध्यक्ष बुढामगरको दावी थियो । 'हामी त्यस्ता गतिविधि र रवैयालाई जाति-जाति र क्षेत्र-क्षेत्रबीचमा दङ्गा मच्चाउने, टुक्राउने र जनताले प्राप्त गर्दै आएका उपलब्धीलाई तुहाउने घोर प्रतिकि्रयावादी षड्यन्त्र घोषणा गर्दछौं' उनले भने- 'यस्ता गतिबिधि तुरुन्त रोक्न हाम्रो आग्रह छ ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?