Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बाहुनलाई मुल निबासीका रुपमा सुचिकृत गरीनु पर्ने माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Saturday, 27 February 2010 10:55

"ब्राम्हण एकता जिन्दाबाद, जातिय राज्य चाहीदैन, देश टुक्रयाउन पाईदैन"
रुपन्देही- ब्राम्हण सेवा समाज रुपदेहीले बिभिन्न ५ सुत्रिय माग राख्दै प्रधानमन्त्री माधबकुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ ।

समाजले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा मार्फत प्रधानमन्त्रीका साथै संबिधान सभाका सभामुख सुभाष चन्द्र नेम्वांग, राज्यब्यबस्था समितीका सभापति रामनाथ ढकाल लगायतलाई ज्ञापन पत्र पठाएका हुन् ।

उनिहरुले परापुर्बकालदेखि देशको आर्थिक, राजनैतिक र सामाजिक क्षेत्र लगायत बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको ब्राम्हण बर्गलाई अब बन्ने संबिधानमा अन्य जातिबाट हटाई मुल निबासीका रुपमा सुचिकृत गरीनु पर्ने, संघीय राज्यहरुको संरचना कुनै जातिबिशेषको आधारमा कसैको अग्राधिकार वा बिशेषाधिकार नभई त्यहा बसोबास गर्ने सम्पुर्ण जनताको राज्य सत्तामा र अन्य शैक्षिक आर्थिक एबं सास्कृतिक गतिबिधीहरुमा समान पहुच रहने गरी भौगोलिक आधारमा प्रान्तीय राज्यहरुको संरचना र सिमा निश्चीत गरीनु पर्ने, राज्यले गरेको आरक्षण ब्यबस्था बिभेदजन्य र अन्यायपुर्ण भएकोले आरक्षणका नाममा राज्यले दिने भनिएको बिशेष सुबिधाहरु कुनै जातिबिशेषका आधारमा नभई जुनसुकै जातको भए पनि बिपन्न बर्गिएताका आधारमा आरक्षणको ब्यबस्था गरीनु पर्ने, हिन्दु धर्म, सस्कृती र परम्परासंग सम्बन्धीत आस्थाका धरोहरलाई संरक्षण र संबर्धन गर्ने संबैधानीक ब्यबस्था र हिन्दुहरुको पबित्र जनावर गाईलाई राष्ट्रिय जनावर घोषणा गरी गौबध नहुने संबैधानीक ब्यबस्था गर्नु पर्ने र नेपालको निर्माण संगै ब्राम्हणहरुले शिक्षा, संस्कृती, स्वास्थय, प्रशासन, पत्रकारीता, कानुन तथा न्याय ज्ञान बिधी र प्रबिधी, राजनैतिक, समाजसेवा, कृषी साथै धार्मिक, आध्यात्मिक लगायत बिभिन्न क्षेत्रमा राज्य र समाजलाई पुरयाएको बिशिष्ट योगदानलाई चटक्कै बिसे्र ब्राम्हणबाद र शासकबादका नाममा उपेक्षा र अपमान गर्ने प्रबृत्तिको अनत्य गर्नु पर्ने माग समाजको रहेको छ ।

ज्ञापन पत्र बुझाउनु पुर्ब भैरहवाको बुद्धचोकबाट निस्केको दशौ हजारको जुलुसले भैरहवा बजार परीक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

सो क्रममा प्रहरी र जुलुशमा सहभागी बिच ठेलमठेल हुदा घम्साघम्सीको अबस्था श्रृजना हुन थालेपछी प्रशासन कार्यालय अगाडी चौरमा अटने जतिलाई प्रबेश दिईएको थियो ।
ज्ञापन पत्र बुझे पछी प्रजिअ नागेन्द्र झाले शान्तिपुर्बक रुपमा कार्य सम्पन्न गर्न र आफुलाई प्राप्त ज्ञापन पत्र सम्बन्धीत ठाउमा आजै पठाईदिने बताउनु भयो।

रयालीका क्रममा सहभागीहरुले ब्राम्हण एकता जिन्दाबाद, जातिय राज्य चाहीदैन, देश टुक्रयाउन पाईदैन, जातिय अग्राधिकार गृहयुद्धको पुर्बाधार, आरक्षण दिने कसलाई हो गरीब छन् जो उसलाई हो, गाईलाई राष्ट्रिय जनावर घोषणा गर, बैदिक धर्म, सस्कृती अमर रहोस, जातिय सद्भाव कायम गर, लोकतान्त्रिक नेपाल जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?