Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बन्दै बन्दले जनजीवन आक्रान्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Sunday, 14 March 2010 13:30

काठमाडौं- थारु कल्याणकारिणी सभा लगायत आधा दर्जन थारु संगठन र ताम्सालिङ राष्ट्रिय दलले छुट्टा छुट्टै माग राखी आह्वान गरेको बन्दले विभिन्न जिल्लाको जनजीवन विहानैदेखि प्रभावित भएको छ ।

थारु संगठनहरुले एक मधेस प्रदेशको विरोध र तराइमा बहुप्रदेशको पक्षमा तराई बन्द आह्वान गरेको हो भने ताम्सालिङले तामाङ बाहुल्य क्षेत्रलाई अखण्ड ताम्सालिङ राज्यको माग गर्दै चितवन, धादिङ र मकवानपुर बन्द आह्वान गरेको हो । ताम्सालिङ स्वायत्त प्रदेश भनी घोषणा गरेको राज्यलाई विभिन्न प्रदेशमा समाबेश गरिएको भन्दै ताम्सालिङ नेपाल राष्ट्रिय दलले विरोध जनाएको छ ।

बन्दका कारण पूर्वपश्चिम राजमार्ग र सहायक मार्गहरुमा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, शिक्षण संस्था, कलकारखाना पनि ठप्प छन् । एम्बुलेन्स, दमकल, कुटनीतिक नियोग, प्रहरी, पर्यटक, सन्चारमाध्यमलगायतका अत्यावश्यक सवारी साधन भने चलेका छन् ।

यसैबीच, ताम्सालिङ् नेपाल राष्ट्रिय दल र प्रहरीबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसीमा झडप भएको छ । प्रदर्शनकारीले ढुङ्गा प्रहार गरि २ जना प्रहरीलाई घाईते तुल्याएपछि प्रहरीले प्रदर्शन हेर्न सडकमा आएका स्थानीयबासीमाथि लाठी चार्ज गरेको थियो ।

ताम्सालिङ राष्ट्रिय दलले राज्य पुनरसंरचना समितिको अवधारणाले ताम्सालिड क्षेत्र टुक्र्याउन खोजेको आरोप लगाउदै चितवन, धादिङ र मकवानपुर बन्द गरेको छ ।

प्रहरीले स्कर्टिङ गरेर गाडीहरु प्रवेश गराउने प्रयास गरेपनि बन्दकर्ताले बाटो माथी डाँडामा चढेर ढुङ्गामुढा बसा्रउदा दर्जनौं सवारी साधनमा क्षति पुगेको छ ।

उनीहरुले प्रहरीको एउटा भ्यानको सिसासमेत फुटाईदिएका छन् । बन्द सफल बनाउन हिँडेका १० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी, एकीकृत नेकपा माओवादीले आह्वान् गरेको भेरी-कर्णाली राज्यसमिति बन्दको दोस्रो दिन आज पनि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

बसको ठक्करवाट भेरी, कर्णाली राज्य समितिका सचिवालय सदस्य ऋषि गौतमको मृत्यु भएपछि त्यसलाई सुनियोजित हत्या भन्दै माओवादीले बन्द आह्वान गरेको हो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?