Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'नेपाल हिन्दू राष्ट्र हो, हिन्दू शब्दसँग त कसैलाई आपत्ति नहुनुपर्ने हो'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Monday, 22 March 2010 18:57

काठमाडौं- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँहले नेपाललाई हिन्दू राष्ट्र बनाउन आफ्नो पार्टीको सहयोग रहने बताएका छन् ।



विश्वमा थुप्रै राष्ट्र धर्म सापेक्ष भएको बताउँदै उनले हिन्दूत्वमा विश्वास गर्नेहरुले हिन्दू राष्ट्रको वकालत गर्नुपर्ने कुरामा जोडपनि दिएका छन् ।

'दुनियाँमा कैयौं धर्म सापेक्ष राष्ट्र छन्, तर ती राष्ट्रबारे कसैले औंला ठड्याएका छैनन्' राजधानीमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा भाजपा नेता सिँहले भने- 'हिन्दुत्वमा विश्वास गर्नु नै धर्म सापेक्ष हुनु हो, त्यसैले नेपाललाई धर्म निरपेक्ष घोषणा गर्नुको अर्थ छैन ।'

नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएकोमा व्यक्तिगत रुपमा आफूलाई पीडा भएको बताउँदै सिँहले नेपाल फेरि हिन्दू राष्ट्र भएमा सोही दिन जत्तिको खुसी आफूलाई कहिल्यै नलाग्ने बताए । 'नेपाल हिन्दू राष्ट्र हो, हिन्दू शब्दसँग त कसैलाई आपत्ति नहुनुपर्ने हो' सिँहले भने- 'बिश्व बैंकको राजनीति गर्नेलाई भने आपत्ति हुन सक्छ ।'

पाकिस्तान, बंगलादेश हुन् वा युरोपेली युनियनका मुलुक धर्म सापेक्ष भएको बताउँदै उनले प्रश्न गरे- 'तर कोही किन पाकिस्तान, बंगलादेश आदिलाई धर्म निरपेक्ष बनाउन लाग्दैन ?' भारतमा पटक पटक सत्तामा गैसकेको 'भाजपाले किन भारतलाई धर्म सापेक्ष मुलुक बनाउन नसकेकॊ ?' भनी नेपाली सन्चारकर्मीले सोधेको प्रश्नको भने उनले चलाखीपूर्वक उत्तर दिए ।

'भारतको उच्च अदालतले हिन्दुत्वलाई धर्म, जातिभन्दा माथि रहेको फैसला गरिसकेको छ' सिँहको भनाई थियो- 'भारत धर्म निरपेक्ष छ, तर  भारतबाट छुट्टिएको पाकिस्तान धर्म सापेक्ष छ, आज पाकिस्तानको हालत के छ?' उनले क्रीस्चियन मिसनरीहरुले गरिबको सेवा गर्न सकेपनि त्यसका नाममा धर्म परिवर्तन गर्न नसक्ने ठोकुवा गरे ।

-Sitaram Baral in Kathmandu

 

Comments

avatar DEEPAK JUNG THAPA
0
 
 
नेपाललाई हिन्दू राष्ट्र गर्नु पर्ने,'नेपाल हिन्दू राष्ट्र हो, नेपाललाई धर्म निरपेक्ष घोषणा गर्नुको अर्थ छैन ।'
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Prem Tamang
0
 
 
Indiako kunai dhoti gaantho bandera Nepalko raajnitik,dhaarmik ra sankritima bhanai raakhnu bhaneko heppa niti bahek aru kehi hunu sakdaina bhane Nepaliko bhabishya ra Nepalma kasto hunu parchha bhanne adhikaar Nepali janta haruma matra nihit hunchhan,Yesta Indiako dhoti gantho baandeko byaktiko adhikaar chhaina mero desh Nepal ra Nepali janta haru mathi khelwatko bhasha bolnu.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?