Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'संघियता विरोधी अभियान मुलुकको आवश्यकता हो'- राष्ट्रिय जनमोर्चा अध्यक्ष एबं सभासद चित्रबहादुर केसी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 16 January 2011 15:01

काठमाडौं- देशभरि सन्चालन गरिएको संघीयता विरोधी अभियानको विभिन्न जाति, जनजाति सम्बद्ध राजनीतिक दल र संघसंस्थाले विरोध र प्रतिकार गरेपनि संघीयता विरोधी अभियान नरोकिने राष्ट्रिय जनमोर्चाले बताएको छ ।



आफ्नो अभियानमाथि आक्रमण भए त्यसको डटेर प्रतिकार गर्ने चेतावनीपनि सो पार्टीले दिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एबं सभासद चित्रबहादुर केसीले यस्तो जानकारी दिएका हुन् ।

'पार्टीले सन्चालन गरेको संघीयता विरोधी अभियानबाट हामी पछि हट्दैनौ, बरु यो कार्यक्रमलाई सफल बनाउन कस्तो योजना बनाउनुपर्ने हो त्यो बनाउँछौं' केसीले भने- 'कसैले धम्क्याएकै आधारमा पार्टीको कार्यक्रम रोकिन सक्दैन ।' राष्ट्रिय जनमोर्चाले सन्चालन गरेको एक महिने गणतन्त्र, राष्ट्रियता शान्तिको पक्षमा तथा संघीयताको विरुद्ध राष्ट्रिय जनअभियानको क्रममा पूर्वका ईटहरी, धरान, विर्तामोढ, दमक, तेह्रथुम, धनकुटा, काकडभिठ्ठा, बीरगन्ज लगायतका स्थानमा आक्रमण भएको थियो ।

पूर्वका जिल्लामा संघीय लिम्बुवान राज्य परिषदले र तराईका जिल्लामा मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । अबपनि आक्रमण भए त्यसलाई पार्टीले नसहने केसीले बताए । 'संघियता विरोधी अभियान मुलुकको आवश्यकता हो' उनले भने- 'जतिसुकै अवरोध गरे पनि पार्टी विचलित हुँदैन ।' आक्रमणकारीहरुलाई उनले मुट्ठीभरको संज्ञा दिँदै उनले यसबाट पार्टी विचलित नहुने दावी गरे ।

--Sitaram Baral in Kathmandu

 

Comments

avatar krishna Panthi
0
 
 
sanghiyata birodhi 1 site party murdabad. 601 ma 1 sit ko hoina 600 sit ma matdan garne janatko bhawanako kadar garou
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?