Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'कांग्रेस संघियताको आधारमा बहुदलिय व्यवस्थामा अघि बढ्न चाहेकोछ'- पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Haribahadur Saru Magar   
Sunday, 14 February 2010 08:48

माओवादी सेना समायोजन र वाइसिएलको व्यवस्थापन नहुदासम्म देशमा स्थायी शान्ति नहुने
पाल्पा- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी सेना समायोजन र वाइसिएलको व्यवस्थापन नहुदासम्म देशमा स्थायी शान्ति नहुने बताएका छन् ।

Former Prime Minister Sherbahadur deuba inuagurating Magar conference in Palpa. Photo: Hari


तानसेन पाल्पामा संचालित नेपाल राष्ट्रिय मगर संघको प्रथम जिल्ला सम्मेलनका प्रमुख अतिथिसमेत रहेका देउवाले कांग्रेस कुनै पार्टीको एकलौटी पेवा नभएकोले यसभित्र सबै जातजातिको सम्वोधन गरिने बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले नेपाली कांग्रेस संविधान लेखन र दिगो शान्तिलाई मुल मर्म ठानेर अगाडि बढेको बताए । उनले नेपाली कांग्रेस संघियताको आधारमा बहुदलिय व्यवस्थामा अघि बढ्न चाहेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदाम्वेले नेपालको हरेक कालखण्डको आन्दोलनमा आदिबासी जनजातिहरुको योगदान महत्वपूर्ण भएको तर राज्यले यसको कदर गर्न नसकेको बताए । उनले अव नेपाली कांग्रेसका अग्रजहरु प्रति ईङ्गित गर्दै नेपाली काग्रेस अव आदर्शले मात्र चल्न नसक्ने बताउदै युवा पुस्ता र आदिवासी जनजातिलाई उनीहरुको पहिचान सहित अघि बढ्न दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बिशिष्ट अतिथि समेत रहेका नेता आङदाम्वेल एनेकपा माओबादीको कि्रयाकलापको आलोचना गर्दै नेपाली जनताले दिएको म्यान्डेटलाई उल्लघन गर्दै हचुवाको भरमा अघि बढी रहेको र यदि कसैलॆ कांग्रेसलाई लक्षित गरी आक्रमण गरे भने त्यसको प्रतिकार गर्न आफूहरु पछि नहट्ने बताए ।

'राष्ट्रियता, समावेशी, लोकतान्त्रिक र मगर जागरणका लागि हाम्रो आन्दोलन  राज्यको सम्पूर्ण तहमा समानुपातिक समावेशीकरणका पक्षमा प्रथम जिल्ला सम्मेलन' भन्ने नारका साथ आयोजित कार्यक्रममा बोल्दै नेपाल मगर राष्ट्रिय मगर संघका केन्द्रिय अध्यक्ष गणेश थापा मगरले नेपाली कांग्रेसले मगरहरुलाई हेर्ने धारण प्रष्ट पार्नु पर्नेमा जोड दिदै राज्यले नेपालका प्रथम शहिद लखन थापामगरको योगदानको कदर नगरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति राजनप्रसाद पन्त, जिल्ला सहसचिव बीरबहादुर रानामगर, लाल कुमारी रानामगर, धनबहादुर मास्कीमगर, जुद्धबहादुर थापामगर, बसन्त श्रीनेत, नेपाली कांग्रेस गुल्मीका सचिव सन्तबहादुर महरा लगायतले बोलेका थिए । उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष ज्ञानबहादुर गाहामगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

-Haribahadur Saru Magar in Palpa

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?