Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

धर्मनिरपेक्षताको विरुद्धमा भइरहेको चलखेलप्रति संघीय मञ्चको आपत्ति PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Thursday, 13 May 2010 13:13

काठमाडौं- नेपालको अन्तरिम् संविधान २०६३ ले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य घोषणा गरिसकेको अवस्थामा रा.प्र.पा. नेपालका अध्यक्ष, पूर्वपञ्च २०६२/०६३ को दोस्रो जनआन्दोलनलाई क्रूरतापूर्वक दमनगर्ने, ज्ञानेन्द्रकालीन सरकारको गृहमन्त्री कमल थापा भारतको मुम्वईमा गएर विश्व हिन्दू परिषदको सम्मेलनमा भाग लिई जसरी भएपनि नेपाललाई पुनः हिन्दू राष्ट्र बनाई छाड्ने भन्ने उनको सार्वजनिक अभिव्यक्ति; वर्तमान उपप्रधानमन्त्री विजय गच्छादारले गरेको नेपाललाई हिन्दू राष्ट्र बनाउने सार्वजिनक भाषण र वर्तमान अर्का उपप्रधानमन्त्री सुजाता कोइरालाले संघीयताबारे जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने विचार राखेकोप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गम्भीर ध्यानाकर्षण भएको भन्दै एक प्रेस विज्ञप्तिमार्फत सोको घोर आपत्ति भत्स्रना र विरोध गरेको छ ।

साथै, मञ्चले उनीहरुको यो कदमले नेपालमा भयङ्कर अशान्ति र धार्मिक असहिष्णुता फैलने ठहर गर्दै नेपाल सदैव संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राष्ट्र नै रहिरहनु पर्ने विचार व्यक्त गरेको छ ।

मञ्चका अध्यक्ष कुमार लिङदेन 'मिराक'द्वारा हस्ताक्षतिर विज्ञप्तिमा थप भनिएको छ- ''नेपाल बहुधार्मिक बहुजातीय बहुसाँस्कृतिक देश हो । नेपाल बुद्ध धर्मको प्रणेता गौतम बुद्ध, किरात धर्मका महागुरु फाल्गुनन्दहरु जन्मिएको देश हो । तर, नेपालको बहुधार्मिक पहिचानलाई विगतमा बन्दुकले दबाएर २०१९ र २०४७ सालमा नेपाललाई जबर्जस्ती हिन्दू राष्ट्र घोषणा गरेको तीतो र कालो इतिहास छ । तर २०६२/०६३ को जनआन्दोलनको बलमा पुनस्र्थापित संसदले अब नयाँ नेपालको सुरुवात गरिनुपर्दछ भनी नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको हो । र, उक्त धर्मनिरपेक्षतालाई २०६३ को अन्तरिम संविधानले संवैधानिक मान्यता दिइसकेको छ । घट्नाक्रमहरु यति प्रष्ट हुँदाहुँदै फेरि पनि कमल थापाहरु भारतीय हिन्दू अतिवादीहरुको सहयोगमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने दुस्प्रयास गरिरहेका छन् । भारत वा हिन्दूस्थान आफै धर्मनिरपेक्ष राष्ट्र हो भारतीय हिन्दूहरु आफ्नो देशलाई धर्मनिरपेक्ष संघीय गणतन्त्रात्मक घोषणा गर्ने अनि नेपाललाई चाहिँ हिन्दू राज्य राजतन्त्रात्मक र एकात्मक राष्ट्र घोषणा गराउन लागिपरेका छन् यो गम्भीर षडयन्त्र हो । मण्डले राष्ट्रवादको गीत गाएर कहिले नथाक्ने कथित राष्ट्रवादी कमल थापाहरु नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन भारतीय हिन्दू अतिवादीहरुको काँधमा चढिरहेका छन् यो कार्यले नेपाललाई औपनिवेशिक युगतिर लानेछ । त्यसैले, उनीहरुको यो राष्ट्रघाती कदम तुरुन्त बन्द गरियोस् भनी चेतावनी दिन चाहन्छौं ।"

अब पुनः नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियान भनेको संविधान विरोधी कार्य भएको र यो देशलाई धार्मिक गृहयुद्धमा फसाएर पुनः राजतन्त्र ब्यूँताउने षडयन्त्र हो भन्दै नीजहरुको यो षडयन्त्रलाई संविधानतः तुरुन्त बन्देज गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

-DB Angbung Limbu in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?