Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रदेशको संख्या, सीमाना र नामाकरण सम्वन्धि प्रस्ताबप्रति मधेसी जनअधिकार फोरमले आपत्ति PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 16 January 2010 15:18

काठमाडौ- राज्य पूनस्रंरचना तथा राज्यशक्तिको बाँडफाँड उपसमितिले तयार पारेको प्रदेशको संख्या, सीमाना र नामाकरण सम्वन्धि प्रतिवेदनप्रति मधेसी जनअधिकार फोरमले आपत्ति जनाएको छ ।



उसले मधेसी समुदायको बहुसंख्यक बसोवास रहेका क्षेत्रहरुलाईसमेत बेवास्ता गर्दै अलग अलग नामाकरण गरीएको भन्दै त्यसप्रति असहमति जनाएको हो ।

फोरम केन्द्रीय कार्यालय ललितपुरमा माघ २ गते पत्रकार सम्मेलन गर्दै फोरमले एउटै मधेस बन्न सक्ने क्षेत्रलाईसमेत टुक्राएर मधेसी समुदायलाई फुटाउन खोजिएको भन्दै पहाड र मधेसमा संघीयता निर्माणका आधारहरु एउटै हुनुपर्ने धारणा राखेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले बर्तमान सरकार मधेस विरोधी भएकोले सरकारमा सहभागी मधेसवादी दललाई सरकार छाड्न आग्रह गरे । उनले भोलीदेखि सुरु हुने आफ्नो आन्दोलनलाई मधेस खण्डित गर्ने षडयन्त्रविरुद्ध पनि केन्द्रीत गर्ने जानकारी दिए ।

एकीकृत नेकपा माओवादीका नेता हितमान शाक्यको संयोजकत्वमा गठित पाँच सदस्यीय राज्य शक्तिको बाँडफाँड उपसमितिले तराईमा ३ वटा सहित १४ प्रदेशको प्रस्तावसहितको प्रतिवेदन समितिमा पेश गरेको थियो । यसको विकल्पमा २ वटासहित ६ वटा प्रदेशको पनि अर्को प्रस्ताव पनि गरिएको छ ।

-Santa Bagam in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?