Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

खम्बुवान स्वायत्तकोलागि लड्ने नयाँ नेत्रित्व PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Sunday, 27 February 2011 09:03

त्रियुगा, उदयपुर -आत्मनिर्णयको अधिकार र स्वशासनसहितको खम्बुवान स्वायत्त राज्यको संवैधानिक व्यवस्थाकालागि सङ्घर्षरत् खम्बुवान स्वायत्त राज्य परिषदको ऐतिहासिक राष्ट्रिय भेला तथा अधिबेसन फागुन ११ र १२ गते त्रियुगा उदयपुरमा ३४ नयाँ कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ ।


 


अधिबेसनले इन्द्रहाङ खम्बूको अध्क्षतामा ३४ सदस्यीय संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च खम्बुवान स्वायत्त राज्य परिषदका राज्यकेन्द्रीय कार्य समितिको चयन गरेको छ ।

उक्त नवनिर्वाचित कार्य समितिमा अध्यक्षः इन्द्रहाङ खम्बू, उपाध्यक्षः विश्वराज खम्बू, उपाध्यक्षः मानजित खम्बू, उपाध्यक्षः मानबहादुर थामी, उपाध्यक्षः पूर्णदेवी राई, उपाध्यक्षः धर्मराज थापा मगर, महासिचवः किरण खम्बू, सचिवः धनबहादुर खम्बू, सचिवः सुकदेव चाम्लिङ, सचिवः यशोदा खम्बू, सचिवः अरुण कोइमी खम्बू र सदस्यहरुः रणबहादुर थामी, महासेर खम्बू, आर.के. चाम्लिङ, जितमान खम्बू राई, दिव्य खम्बू, कमला खम्बू, ज्ञानबहादुर तामाङ, सूर्यबहादुर तामाङ, विष्णुकुमारी राई, कुमारी थामी, ऋषिराम बायुङ, टिकाराम थामी, मनिता खम्बू, बत्तिका खम्बू राई, लालकुमार खम्बू, विपिन राई, सुकदेव खम्बू, हिरादेवी खम्बू, भावना खम्बू, चाम्लिङ राई, ऋषिराज खम्बू, नवसरी खम्बू, हस्तबहादुर परियार र मनु राई रहेका छन् ।

नवनिर्वाचित खम्बुवान स्वायत्त राज्य परिषद राज्य केन्द्रीय कार्य समितिका अध्यक्ष इन्द्रहाङ खम्बूलाई संघीय मञ्चका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङ्फे राईले मञ्च सम्बद्ध खम्बुवान स्वायत्त राज्यको परिषदको विधानअनुसार पद तथा गोपनीयताको सपथ गराउनु भयो । नवनिर्वाचित अध्यक्ष खम्बूले अन्य पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।



उक्त राष्ट्रिय भेलाको बन्द सत्रमा पर्यवेक्षक तथा प्रतिनिधिहरुसमक्ष खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बूले खम्बुवान स्वायत्त राज्य परिषदको राजनीतिक तथा साङ्गठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी, सोही भेलामा परिषदका महासचिव किरण खम्बूले खम्बुवान स्वायत्त राज्य परिषदको नीति तथा कार्यक्रम र विधानसमेत पेश गरेका थिए । भेलाले बन्द सत्रमा प्रस्तुत उक्त प्रतिवेदन नीति तथा कार्यक्रम र विधानलाई सामूहिक रुपमा छलफल गरेर थप सुझावसहित पारित गरेको थियो ।

संघीय मन्चका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङ्फे राईको अध्यक्षतामा मञ्चका अर्थ सचिव तथा तामाङसालीङका उपाध्यक्ष सिङमान तामाङ 'ख्युङ्बा', मञ्चका सचिवालय सदस्य तथा लिम्बुवानका महासचिव सूर्य माखिम र मञ्च तथा लिम्बुवानका सचिवालय सदस्य डीबी लिम्बू सदस्य रहने गरी निर्वाचन मण्डलको कार्यभार दिइएको थियो ।



खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बूको अध्यक्षतामा सञ्चालित बन्द सत्रलाई सङ्गठनको आन्तरिक संरचना र मार्गदर्शनको बारेमा स्पष्ट पार्न सम्बोधन गर्दै संघीय मञ्चका महासचिव खगेन्द्र माखिमले नेपालको सन्दर्भमा यो बेला आफ्नो मुक्तिकालागि सङ्घर्ष गर्नुपर्ने बेला भएको धारणा राखे । नेपालको एकात्मक शासनसत्ताको अन्तिम ढुकढुकीमा १६-१७ पटकसम्म चुनाव हुँदा पनि प्रधानमन्त्रीको चयन हुननसक्नु र बल्लतल्ल चयन हुँदा पनि मन्त्रीमण्डलको गठन हुन नसक्नुलाई एकात्मक राज्यसत्ताको असफलताको सङ्केत र यहाँका भूमिपुत्र आदिवासी जनजातिको पालो आएको अवस्था भएको बताए ।

संघीय गणतन्त्रवादीहरुको आन्दोलनको आधारभूत रेखा पहिचानको राजनीति भएको र यो राजनीतिले जमिन वा भूमिसँग सम्बन्ध राख्ने भएकोले सधैँ पद र सत्ताका लागि मात्र मरिहत्ते गर्ने एकात्मकवादी र संघीयवादीबीच राजनीतिक रुपमा फरक रहेको महासचिव माखिमले बताए । त्यसैगरी, संघीयवादीजस्तो पहिचान र भूमिको राजनीतिक गर्ने तथा एकात्मकवादीजस्तो केवल कोरा विचार मात्र राख्ने पार्टीहरुजस्तो लिम्बुवान चाहनेले खम्बुवानमा आएर लिम्बुवानको दाबी गर्न नसक्ने र नमिल्ने कुरा महासचिवले बताए ।
यति लामो समयसम्म एक जातिले एकल राज्य र रजाइँ गर्दा त्यो जातीय र साम्प्रदायिक नहुने तर यहाँका भूमिपुत्रहरुले आफ्नो हक-अधिकार माग्दा त्यो जातीय र साम्प्रदायिक हुने, यो अति अब एकरति पनि सहैय हुननसक्ने पनि महासचिव माखिमले धारणा राखे ।

बन्द सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफे राईले आजसम्म नेपालका कुनै राजनीतिक दलले पनि नउठाएको खम्बुवानको सवाललाई संघीय लोकतान्त्रिक राष्ट्रियमञ्च र यससम्बद्ध खम्बुवान स्वायत्त राज्य परिषदले उठाएको जानकारी गराए ।

संघीयताको नाममा अरुले राजनीति गरे पनि केवल संघीय मञ्चले मात्रै सही र सार्थक रुपमा संघीयता, गणतन्त्र, धर्मरिपेक्षता, आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्तताको आन्दोलन गरेको पनि तुम्बाहाङ्फे राईले दाबी गर्नुभयो ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका सदस्य डीबी लिम्बू, सिङमान तामाङ, सूर्य माखिम र अध्यक्ष विष्णु तुम्बाहाङ्फे राईले बधाई तथा शुभकामना दिएका थिए ।

राष्ट्रिय भेलाबाट निर्वाचित खम्बुवानका अध्यक्ष इन्द्रहाङ खम्बूले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको तर्फबाट कार्य कुशलता र सफलतको प्रतिवद्धता जाहेर गर्दै सहयोगी सबैलाई धन्यवाद दिएर सो भेलाको समापन भएको थियो ।

-DB Angbung Limbu in Udaypur

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?