Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जातीय संघीयताले देश टुक्रा-टुक्रा हुने नेकां नेता खुमबहादुर खड्काको दाबी PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Friday, 29 January 2010 11:41

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले सत्तारुढ एमालेले संघीयताका विषयमा माओवादीको प्रस्ताव स्वीकारेर गल्ती गरेको बताएका छन् ।



नवलपरासीमा तरुण दलको कार्यक्रममा बोल्दै खड्काले जातीय संघीयताले देश टुक्रा-टुक्रा हुने बताउँदै देशलाई संघीयतामै लाने भएपनि देशलाई भौगोलिकताको आधारमा संघीयतामा लानुपर्ने बताएको यूएस नेपाल अनलाईनका सम्बाददाताले जानकारी दिएका छन् ।

माओवादीको उग्रबिरोधीको छवि बनाएका कांग्रेस नेता खड्काले भारतको मात्र नभई माओवादीले चीनको समेत विरोध गरे कांग्रेस माओवादीसँग सहकार्य गर्न तैयार रहेको दावीपनि गरे । 'सन् १९५० को सन्धि मात्र नभई सगरमाथाको विषयमा चिनसँग पनि कुरा उठाए राष्ट्रियताको विषयमा एकीकृत नेकपा (माओवादी) सँग सहकार्य हुनसक्छ' खड्काले भने- 'तर माओवादीले चीनको भने विरोध गर्न सक्दैन ।'

तीस बर्षे पचायत टिकाउने तत्कालिन राजा महेन्द्रले सगरमाथा चिनलाई दिएको आरोप लगाउँदै यदि माओवादीले सुगौली सन्धिको कुरा मात्र नभई सगरमाथाको विषयमा पनि कुरा उठाए राष्ट्रियताको विषयमा काँधमा काँध मिलाउन तयार रहेको बताए । माओवादीको आलोचना गरेका खड्काले आफ्नै दल नेपाली कांग्रेसकोसमेत आलोचना गरेका थिए । उनको भनाई थियो- 'नेपाली कांग्रेस नसुधि्रए पतन हुनेछ, हामीमा रहेको दम्भ अझै कायम रहे नेपाली कांग्रेस कहिल्यै अघि बढ्न सक्दैन ।'

माओवादीका लडाकूलाई शिविरमा राख्नु नेपाली कांग्रेसको कमजोरी भएको बताउंदै खड्काले शिविरमा रहेका लडाकूको आडमा माओवादीले आतंक मच्चाउंदै हिडेको आरोप समेत लगाए । माओवादीले जग्गा कब्जा लगायतका कार्य अझै नछाडे नेपाली कांग्रेसले पनि माओवादीका नेताहरुको घर जग्गा कब्जा गर्ने चेतावनी दिए । खड्काको चेतावनी थियो- 'माओवादीले वाईसिएलको अर्धसैन्य संरचना विघटन नगरे म एक्लैले भएपनि ६ महिना भित्र यस्तै द'स्ता गठन गर्छु ।'

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?