Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नयाँ संबिधानको खाका कोर्ने अन्तिम प्रारम्भिक मस्यौदा तथा अवधारणा प्रतिवेदन संविधान सभा अध्यक्ष सामु प्रस्तुत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 21 January 2010 18:32

काठमाडौ- राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले तयार पारेको प्रारम्भिक मस्यौदा तथा अवधारणा सहितको प्रतिवेदन संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्लाई बुझाईएको छ ।

संविधान सभा राज्य पुनर्संरचना समितिले प्रस्तुत गरेको नेपालको नक्सा. Map courtesy: Santa Bagam

समितिका अध्यक्ष लोकेन्द्र विष्ट मगरले मस्यौदा प्रतिवेदन माघ ७ गते अध्यक्ष नेम्वाङ्लाई बुझाएका हुन । यससँगै विषयगत सबै विषयगत समितिको प्रारम्भिक मस्यौदा संविधान सभामा पुगेको छ । संविधान सभामा रहेका १० विषयगत र एक संवैधानिक समितिले मस्यौदा तयार पार्ने जिम्मा पाएको थियो ।

समितिको सिँहदरबारस्थित कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझ्ने क्रममा अध्यक्ष नेम्वाङ्ले निर्धारित समयमा संविधान बन्छ भन्ने सन्देश दिएको बताए । उनले जनताको संविधान बन्ने आधार तयार भएको धारणा समेत राखे ।

राज्य पुर्नसंरचना समितिले माघ ६ गते साँझ अबेर प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । आफ्नो प्रस्ताव पराजित भएको नेपाली काँग्रेस तथा मधेशी जनअधिकार फोरम लगायतका दलले भने फरकमत दर्ता गराएका छन् ।

प्रतिवेदनमा १४ प्रदेश प्रस्ताव गरिएको छ । ती प्रदेशहरुमा लिम्बुवान, किरात, शेर्पा, सुनकोशी, मिथिला-भोजपुरा-मधेश, नेवा:, ताम्सािलङ्, नारायणी, मगरात, तमुवान, कर्णाली, जडान, खप्तड र थरुहट-अवध-लुम्बिनी रहेका छन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?