Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'एक मधेश-एक प्रदेश'वादीहरुसँग गठबन्धन गरेको कारण लक्ष्मण थारु मञ्चबाट बर्खास्त PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by DB Angbung Limbu   
Thursday, 25 February 2010 02:40

काठमाडौं- संविधान सभामा रहेका दलहरुमध्ये एक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष तथा मञ्चका अध्यक्ष मण्डल सदस्य कुमार लिङदेन 'मिराक'लाई आगामी एक वर्षका लागि कार्यकारी अध्यक्षमा चयन गरेको छ ।

मञ्चले तत्कालीन अध्यक्ष लक्ष्मण थारुलाई पार्टीको हित र निर्णय विपरीत कार्य गरेको तथा नयाँ पार्टी खोलेकोले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर नयाँ अध्यक्षमा लिङदेनलाई चयन गरेको जानकारी काठमाडौंको रिपोर्टर्स क्लवमा एक पत्रकार सम्मेलन गरी दिएको हो ।

मञ्चका नवनिर्वाचित अध्यक्ष कुमार लिङदेन 'मिराक' द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ-

"संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 'जनआन्दोलन २' मा भाग लिएको, स्थापनाकालदेखि नै गणतन्त्रप्रति प्रतिवद्ध संघीय संरचना भएको, संविधान सभामा उपस्थित् २५ वटा पार्टीहरुमध्ये १४ औं पार्टी हो । यस मञ्च केन्द्र संघमा छाता संगठनको रुपमा रहन्छ र यसले प्रस्ताव गरेका राज्य परिषदहरु यसमा सम्बद्ध छन् । हालसम्म, यसमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, खम्बुवान स्वायत्त राज्य परिषद्, तामाङसालीङ स्वायत्त राज्य परिषद्, थरुहट स्वायत्त राज्य परिषद् सम्बद्ध छन् । यस मञ्चको अध्यक्ष मण्डल सदस्यहरु एक वर्षका लागि पालैपालो कार्यकारिणी अध्यक्ष हुन्छन् ।

संविधान सभा निर्वाचनको बेला यस मञ्चले चुनाव चिन्ह प्रदान गरेपछि लक्ष्मण थारुलगायत थरुहटका अन्य साथीहरुले यस मञ्चमार्फत् निर्वाचनमा भाग लिए । गतवर्षको चैत्रमा एक वर्षको लागि मञ्चका अध्यक्ष भएदेखि नै लक्ष्मण थारुले मञ्चप्रति अनास्था, ढुलमुलेपन र गम्भीर षडयन्त्रको आभाष दिन थालेका थिए । तर, मञ्चले सिङ्गो थरुहटवासी जनतालाई अपार श्रद्धा गर्ने भएकोले निजको गलत क्रियाकलापलाई सहन बाध्य भइरहेको थियो ।

यसैक्रममा, मञ्चको नाम, झण्डा, विधान र संरचना नै फेर्नुपर्छ भनेर हौवा पिटाउन थाले र कथित् नयाँ पार्टीको विधान पुनरुत्थानवादी-प्रतिकि्रयावादीहरुद्वारा लेखाउन थाले । हामीहरु मञ्चको संस्थापक र गणतन्त्रप्रति प्रतिवद्ध भइरहेकोले उनको त्यो गलत कार्यलाई सहमति दिन सकेनौं । ठीक त्यहीबेला उनले मञ्च र थरुहटवासी जनताको भावना विपरीत 'एक मधेश-एक प्रदेश'वादीहरुसँग रातारात गठबन्धन गरे । जबकि, एक दिनअघिसम्म हामीहरुले कुनै डकुमेन्टहरु लेख्दा कतै 'मधेशी र मधेश' शब्द पर्यो भने मधेश र मधेशी कहाँ छ भन्दै प्रतिवाद गर्थे । उनले निर्वाचन आयोगमा दर्ता भएका मञ्चको १७ जना केन्द्रीय संघीय कार्य समितिमध्ये १४ जनाको कुनै स्वीकृति र निर्णयविना नै संविधान सभाको चुनाव धोका हो भन्दै हिँडेका व्यक्तिहरु संलग्न गराई कथित महाधिवेशन गराए । मञ्चको नाम फेरेर मञ्चको वैधानिक नामलाई अवैधानिक बनाउनकै लागि पुनरुत्थानवादी तत्वहरुको प्रत्यक्ष निर्देशनमा उनले मञ्चको कथित् सम्मेलनको कुरा गरिरहेका थिए । तर, रातारात कार्यकर्तालाई भ्रममा पार्न पुनः कसैको निर्देशनमा कथित महाधिवेशन गरी त्यही मञ्चको नाम र झण्डा प्रयोग गर्ने दूष्प्रयास गरेका छन् ।

यसरी मञ्चको हित र उद्देश्य विपरीत कार्य गरेपछि विधान अनुसार मञ्चको नीति विपरीत एक मधेश एक प्रदेशवादीहरुसँग किन गठवन्धन गरेको र मञ्चको वैधानिक दुई-तिहाई केन्द्रीय सदस्यहरुको स्वीकृति नलिई कथित महाधिवेशन गरी कथित नयाँ पार्टी किन घोषणा गरेको भनी लक्ष्मण थारुलगायत संलग्न दुई जना सचिवालय सदस्यहरुलाई स्पष्टीकरण सोधिएको थियो । तर, निजहरुबाट कुनै स्पष्टीकरण नआएपछि मञ्चका अध्यक्ष मण्डल सदस्य कुमार लिङ्देन 'मिराक'को अध्यक्षतामा २०६६ फागुन ९ गते बसेको मञ्चको पूर्ण बैठकले तत्कालीन अध्यक्ष लक्ष्मण चौधरी थारु र सचिवालय सदस्यद्वय रविन्द्र थिङ र बुद्धछिरिङ मोक्तानलाई मञ्चको साधारण सदस्यबाटसमेत निष्काशन गरिएको छ । सोही दिन मञ्चका संस्थापक १७ जनामध्ये १४ जना केन्द्रीय समिति सदस्य स-शरीर उपस्थित् भएर निर्वाचन आयोगमा निजहरुको निष्काशन बारे जानकारी पत्र दर्ता गराइसकिएको छ र हामी १४ जनाले आधिकारिकताको दाबी गरी हाम्रो हस्ताक्षर सनाखत गरियोस् भन्ने निवेदन पनि आयोगमा दर्ता गराइसकिएको छ ।

यसरी नै २०६६ फाल्गुन १० गते बसेको मञ्चको पूर्ण बैठकले अध्यक्ष मण्डल सदस्य तथा हाल मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन 'मिराक' लाई विधानतः एक वर्षको लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नयाँ अध्यक्ष पदमा निर्वाचित गरिएको छ, सोको जानकारी पनि आजै निर्वाचन आयोगलाई दिइसकिएको छ ।

साथै सोही पूर्ण बैठकले मञ्चको भातृ संगठन संघीय विद्यार्थी युनियनका अध्यक्ष झन्त पालुङ्वा 'लासिम' लाई मञ्चको साधारण सदस्य र विद्यार्थी अध्यक्ष पदबाट पनि हटाइसकिएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सदैव संघीयता, गणतन्त्र, लोकतन्त्र र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित बन्ने लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः मण्डल, तमुवान, मगरात, मैथिल, थरुहट र खसानलगायतका स्वायत्त राज्यहरु भएको संघीयतामा विश्वास गर्दछ । यस मञ्चअन्तर्गत् रहेर पूर्व लिम्बुवानदेखि पश्चिम थरुहटसम्मका सबै आन्दालेनहरु जातीय हिङ्सा तथा साम्प्रदायिक दङ्गामा नजाऊन् र ती आन्दोलनहरु राजनीतिक प्रकृतिको होऊन् भनी यस मञ्चले अनवरत प्रयास गरेको छ । यस मञ्च थरुहट, थरुहटवासी जनता, र सम्पूर्ण थारु समुदायप्रति सदैव उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछ । तर 'असली र नक्कली' तत्व समयमै पहिचान गर्न अनुरोध गर्दै थरुहटका मुक्ति चाहने सच्चा सहयोद्वाहरुलाई यस मञ्चमा सम्वद्ध हुन हार्दिक आग्रह पनि गर्दछौं ।

यस मञ्चको नाम र झण्डा अनधीकृत व्यक्तिहरुले दुरुपयोग गरिरहेका छन् उक्त दुष्कार्य तुरुन्त रोकियोस् । र मञ्चको समानुपातिक सभासद राजकुमार लिम्बू नाल्बोलाई बर्खास्त गरियोस् भनी संविधान सभामा रितपूर्वक निवेदन चढाएको यतिका महिना बितिसक्दा पनि कुनै कार्वाही गरिएको छैन । जबकि त्यसभन्दा धेरैपछिको सभासदका मुद्दाहरु किनारा लागिसकेका छन् यसमा पनि गम्भीर षडयन्त्र छ । सम्बन्धित् पक्षले चाडोभन्दा चाडो फैसला सार्वजनिक गरोस् नत्र कडा आन्दोलनमा उत्रन बाध्यहुने चेतावनीसमेत दिन चाहन्छौं ।

मञ्चको आन्तरिक संगठनलाई मजवुत गर्ने र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीय गणतन्त्रको सुनिश्चित गर्न यस मञ्चले आगामी दिनमा चाडै सशक्त आन्दोलन ल्याउने जानकारी गराउँदछौं । साथै मञ्च र सम्बद्ध राज्य परिषद् तथा जनसंगठनहरुमा आवद्ध एवम् आस्थावान देश विदेशमा रहनुभएको सम्पूर्ण नेतृत्व, कार्यकर्ता तथा शुभेच्छुकहरुमा कुनै भ्रम र विचलनमा नपरी आ-आफ्नो ठाउँ र क्षेत्रबाट अनवरत जुटेर साथ सहयोग गरिरहन हुनसमेत हार्दिक आग्रह गर्दछौं ।"

-DB Angbung Limbu in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?