Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लिम्बुवान, खम्बुवान र तामाङसालीङबाट पनि आन्दोलनमा उत्रने चेतावनी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Monday, 03 May 2010 17:24

काठमाडौं- एकीकृत नेकपा माओवादीले २०६७ वैशाख १९ गतेदेखि प्रारम्भ गरेको अनिश्चितकालीन आम हड्तालको दुईदिन बितिसक्दा पनि आन्दोलनरत पक्ष र सरकारबीच पुरानै अडान र आरोप-प्रत्यारोपले गम्भीर ध्यानाकृष्ट र चिन्तित बनाएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीलाई राजीनामा गर्न आग्रह र आमहड्तालप्रति समर्थन गर्दै लिम्बुवान, खम्बुवान र तामाङसालीङबाट पनि आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।



विज्ञप्तिमार्फत सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलगायतका ६० जना नेता-कार्यकर्ताले प्रधानमन्त्री माधवकुमार नेपालको पार्टीभित्र लिखित राजीनामा माग्दासमेत सरकार वर्तमान देशको सङ्क्रमणकालीन भयावहस्थितिलाईसमेत बेवास्ता गरी सरकारका गठबन्धनमा रहेका एमाले, कांग्रेसलगायतका दलहरुका जनविरोधी गतिविधि तथा मुलुकलाई हिङ्सात्मक द्वन्द्वतर्फ धकेल्ने गैर जिम्मेवारी अभिव्यक्तिको निरन्तरताप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च खेद व्यक्त गरेको छ । साथै आन्दोलनरत माओवादीलाई भइरहेको आन्दोलन संयमित र शान्तिपूर्ण रुपमा अघि बढाउन र गतिरोध अन्त्यका लागि अधिकतम लचकतासहित राष्ट्रिय सहमतिमा आउन पनि आग्रह गरेको छ ।

यसैगरी, वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने भन्दै वर्तमान प्रधानमन्त्रीले राजीनामा गरेर अन्य कुनै राजनीतिक दलको प्रधानमन्त्री बन्नुमात्र वर्तमान राजनीतिक समस्याको समाधन होइन । सेना समायोजन र पुनस्र्थापनासहित शान्ति प्रकि्रयालाई टुङ्गोमा पुर्याउन संविधान सभाबाट नै छिटोभन्दा छिटो जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, मैथिल, थरुहट, तमुवान, मगरात र खसान राज्यहरुसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न वृहत राजनीतिक सहमतिसहित संयुक्त राष्ट्रिय सरकारको निर्माण नै वर्तमान राजनीतिक गतिरोध अन्त्यका आधारभूत निकासको बाटो रहेको सम्बद्ध सम्पूर्ण पक्षलाई जारी गरिएको प्रेस विज्ञप्तिमार्फत् अपील र आग्रह गरिएको छ ।

एकीकृत नेकपा माओवादीको जारी आन्दोलनलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गत वैशाख १६ गते नै एक पत्रकार सम्मेलनमार्फत नैतिक समर्थन गरेको हो । विज्ञप्तिमा अप्राकृतिक गठबन्धनद्वारा बनिएको सरकारले अझै पनि राजीनामा गरेर निकास नदिएमा मञ्च र सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, खम्बुवान स्वायत्त राज्य परिषद र तामाङसालीङ स्वायत्त राज्य परिषदलगायतका राज्य परिषदहरु पनि सशक्तरुपमा सडकमा उत्रने चेतावनीसमेत दिइएको छ ।

अहिलेसम्म पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित २२ दलको समर्थन सरकारलाई छ भन्ने दूष्प्रचारलाई पुनः त्यसै विज्ञप्तिमार्फत खारेज गरेको भन्दै वर्तमान सरकारप्रसति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पहिल्यैदेखि नै कुनै समर्थन नरहेको स्पष्ट पारिएको छ । पार्टीका अध्यक्ष कुमार लिङदेन 'मिराक' द्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा शान्ति, संविधान निर्माण, जातीय संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका लागि हुने शान्तिपूर्ण आन्दोलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय माचको नैतिक समर्थन रहेको जनाइएको छ ।

-DB Angbung Limbu in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?