Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संघीयताका सच्चा पक्षधरहरुवीच वृहत्तर मोर्चा बन्दी आवश्यक PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Monday, 10 January 2011 12:55

काठमाडौं- तराई मधेश लोकतान्त्रिक पार्टीले देश भरीका संघीयताका सच्चा पक्षधरहरुवीच वृहत्तर मोर्चा बन्दी आवश्यक रहेको ठहर गरको छ ।

पुस २३ देखि २६ गतेसम्म राजधानीमा बसेको तमलोपा केन्द्रिय समिति वैठकले संघीयता प्राप्तीको लक्ष्य पुरा नभएसम्म यस्तो मोर्चाबन्दी आवश्यक रहेको सो पार्टीको ठहर छ ।

देशको विद्यमान राजनीतिक अवस्था निरन्तर जटिलतातर्फ उन्मुख भइरहेको भन्दै पार्टी यस्तो निर्णयमा पुगेको तमलोपा अध्यक्ष महन्थ ठाकुरले बताए । मधेशलाई आन्तरिक औपनिवेशीकरणबाट मुक्त गराउन मधेशीलाई स्वाभिमान सम्मान तथा पहिचान दिलाउन उच्च उत्कण्ठा बोकेका युवाहरुलाई आफ्नो पार्टीमा लाग्नसमेत उनको आग्रह छ ।

तमलोपाबाट विभाजित भएर नयाँ दल खोलेका समूहलाई वार्तामार्फत सम्पूर्ण समस्या समाधान गर्नु पर्ने वैठकको निश्कर्ष रहेको छ । गत पुस १६ गते उद्योग मन्त्री महेन्द्र यादवसहित ९ सभासदले तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल गठन गरेका थिए ।

तमलोपाले पुस २८ गते हुने प्रधानमन्त्री मतदानमा रामचन्द्र पौडेललाई सघाउने भएका छन् । वैठकले विभिन्न ११ वुँदे निर्णय गरेको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?