Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नयाँ सिमानासहितको मगराँत स्वायत्त प्रदेश घोषणा PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Haribahadur Saru Magar   
Saturday, 11 December 2010 16:27

"आदिवासी जनजातिहरुले आफनो भाग्यको फैसला आफै गर्न पाउनु पर्छ" - एनेकपा माओवादीका महासचिव रामबहादुर थापा मगर 'बादल'
Exclusive: 7 photos:
तानसेन, पाल्पा- नेपाल मगर संघले पाल्पामा मगराँत स्वायत्त प्रदेश घोषणा गरेको छ । संविधान सभाका राज्य पुनः संरचना तथा राज्य शक्ति वाँडफाँड समितिले मगराँत स्वायत्त प्रदेश पारित गरेपनि धेरै जिल्ला,गाविस र क्षेत्र छुटाएकाले राज्यलाई ध्यानाकर्षण गराउनकोलागि यो घोषणा गरिएको हो ।



Magar leaders rally during the announcement of Magar Autonomous State in Tansen, Palpa which was organized by Nepal Magar Association central committee. Photos: Hari

घोषणा सभाको कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा मगर 'बादल' ले 'मगरलगायत आदिवासी जनजातिहरुले आफनो भाग्यको फैसला आफै गर्न पाउनु पर्ने बताउनुभयो । कुनै दया मायाले दिएको अधिकार र आरक्षणले कदापी मगरहरुको अधिकार सुनिश्चित हुदैन' उहाँले भन्नुभयो 'अव मगरहरुको अधिकार सुनिश्ति गराउन पहिला आत्मनिर्णयको अधिकार संविधानमा सुनिश्चित गराउन जरुरी छ ।'

 


UCPN General Secretary and former Defense Minister Rambahadur Thapa Magar 'Badal' during the announcement of Magar Autonomous State in Tansen, Palpa. Photos: Hari

प्रमुख अतिथिस बादलले मगरहरुको पहिचान र अस्तिवकोलागि मगराँत स्वायत्त प्रदेश चाहिने बताउनुभयो । उहाँले मगराँत हुदैमा कसैको अधिकार कुण्ठित हुदैन बरु यसले सवैको अधिकारलाई सुनिश्चित गराउनमा सहयोग पुर्याउने दावी गर्नुभयो । जनसंख्याको आधारमा राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने बताउदै नेता बादलले भन्नुभयो- 'हिजोको क्षतिपुर्तिकोलागि मगर आदिवासी जनजाति र उत्पीडित वर्ग समुदायहरुकोलागि राजनैतिक अग्रधिकार चाहिन्छ ।'

त्यस्तै नेकपा एमालेका संसदीय दलका सचेतक थममाया थापा मगरले जातिय अहंकार र सैन्य शक्तिको आडमा मात्रै राज्य साचालन गर्नु खोज्नु मुर्खता भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो- 'संविधानमा सवैको अधिकार सुनिश्चित नभएसम्म र राज्य सत्तामा समान पहुँज नहुदाँ सम्म मुलुको दिगो विकास हुदैन ।'



त्यसैगरि, नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य भीमकुमारी बुढा मगरले मगरहरुका पुर्खाले मुलुकको हरेक ऐतिहासिक, राजनैतिक परिवर्तनमा ज्यान गुमाए पनि राज्यले त्यसको अवमुल्यन गरेको दावी गर्नुभयो । नेपाली जनताको स्वतन्त्रता र सार्वभौमकालागि प्रथम शहिद लखन थापा मगरले आफनो ज्यानको आहुति दिए तर उनलाई अझसम्म राज्यले प्रथम शहिद घोषणा गर्न आनाकानी गरेको उहाँले बताउनुभयो ।

Photos: Hari

"इतिहास, भाषा, संस्कृति संरक्षण सम्बर्धन मगरहरुको मुल मन्त्र, आत्मनिर्णय र मगराँत स्वायत्त प्रदेश सहितको संघीय लोकतान्त्रिक गणतन्त्र" भन्ने मुल नाराका साथ सपन्न भएको कार्यक्रममा नेपाल मगर संघका पुर्व महासचिव लोकबहादुर थापा मगर, नेपाल मगर संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष भिमबहादुर पुन मगर, नेकपा एकिकृतका चिरन पुन मगर, राष्ट्रिय जनमुक्तिका कर्णबहादुर सुनारी मगरलगायतले यो मगराँत घोषणाले जातिय र सम्प्रदायिक भड्काव होईन बरु यसले सवै जनताको समान अधिकारको सुनिश्चित हुने विचार राखेका थिए।

Photos: Hari

दाङमा ५ गाविस, डोल्पामा ७ गाविस, मुस्ताङमा ४ गाविस, गोरखामा एक नगरपालिकासहित ११ गाविस, स्याङ्गजामा थप १६ गाविस, तनहुँमा थप १९ गाविस, नवलपरासीमा थप १७ गाविस, पर्वतमा थप ४८ गाविस, रुकुममा थप ३२ गाविस र सल्यानमा ४८ गािवस थप गरि नामाङ्कन र सिमांकनसहित शनिवार पाल्पाको तानसेनमा संघले मगराँत स्वायत्त प्रदेशको घोषणा गरेको हो ।


Nepal Magar Association President Jhakbahadur Thapa Magar 'Badal' during the announcement of Magar Autonomous State in Tansen, Palpa. Photos: Hari

कार्यक्रम नेपाल मगर संघका अध्यक्ष झकबहादुर थापामगरको अध्यक्षता र महासचिव बसन्त घर्तीमगरको साचालनमा सपन्न भएको थियो । कार्यक्रम पुर्व विभिन्न झाँकीसहितको रयालीले तानसेन नगर परिक्रमा गरेको थियो ।

-Haribahadur Saru Magar in Palpa

Photos: Hari

नयाँ सिमानासहितको मगराँत स्वायत्त प्रदेश घॊषणा

अलग पहिचान, ऐतिहासिक अस्तित्व र विशिष्ठ पृष्ठभूमि भएको जनसांख्यिक हिसाबले देशकै तेस्रो बाहुल्य र आदिवासी जनजातिहरुमा सबैभन्दा बढी जनसंख्या भएको जाति मगर तथा नेपाली जनताले गर्दै आएको विभिन्न चरणका आन्दौलन जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा संविधान सभा, राज्यको पूर्नसंरचाना तथा शक्ति बाँडफाँड समितिद्धारा प्रस्तावित मगराँत स्वायत्त प्रदेशको हार्दिक स्वागत गर्दै,

प्रस्तावित मगराँत स्वायत्त प्रदेशमा केही ऐतिहासिक तथा प्राचिन मगराँतका भू-भागहरु छुट हुन गएको तथा राजनीतिक दलहरुको बीचमा संघीयताका आधारहरुको विषयमा रहेको मतभेद एवं संघीयता विरोधीहरुको चलखेलले प्रस्तावित मगराँत स्वायत्त प्रदेश गुम्ने खतरालाईसमेत मध्यनजर गर्दै प्रस्तावित मगराँत स्वायत्त प्रदेशको सिमाङ्कनमा भएका अपूर्णताहरुलाई सापेक्षीक पूर्णता दिन बान्छनीय देखिएकोले राज्य, राजनीतिक दल र सरोकारवालाहरुलाई सचेत र खवरदारी गर्न,

मगर जातिको ऐतिहासिक बसाबोस रहेको मगर भाषा, कला, संस्कार, सँस्कृति र साझा सम्भाताको रुपमा रहेका तनहुँका कोट, देउदह, छिपछिपे, छिम्केश्वरी, देउराली, आवुखैरेनी, धर्मपानी, बन्दीपुर, पोखरीभाज्याङ, घाँसीकुवा, व्यास न.पा., जामुनभाज्याङ, मनपाङ, छाङ, भिमाद, भानुमति, ढोरर्फिडी, रायपुर, फिरफिरे; (गुरुङ बाहुँल्य दुलेगौंडा, दक्षिण भाग, खैरेनीटार), नवलपरासीका चितुवानिकुन्ज, अग्यौली, अमरापुरी, देवचुँली, दिव्यापुरी, गैडाकोट, कावासोती, कोल्हुवा, कुमारवर्ती, मुकुन्दपुर, नारायणी, पिठौली, प्रगतिनगर, रजहर, रत्नपुर, शिवमन्दिर र सुस्तत्रिवेणी; पर्वतका चित्रे, तिलाहार, पकुवा, पिपलटारी, कार्कीनेटा, खोलालाकुरी, थुलीपोखरी गाविसवाहेक अन्य ४८ वटा गाविस; मुस्ताङका लेते, कुनजो, कोबाङ्ग र टुकुचे गाविस; गोरखाका पृथ्वीनारण, गोरखा नगरपालिका, बुङकोट, भूङलीचोक, बक्राङ, अश्राङ, आँपपीपल, दरबुङ, घैरुङ, मनकामना, ताकलुङ, ताङलीचोक र थुमी गाविस; डोल्पाका छारका तिनजे, धौं, लावन, शहरतारा, मुकोट र दुनै गाविस; दाङका काभ्रे, सैघा, सिउजा, लोहारपानी, हाँसीपुर गाविस; रुकुमका ३२ गाविस र सल्यानका ४८ गाविस तथा प्रस्तावित मगराँत प्रदेशका सबै भू-भागहरु सहितको मगराँत स्वायत्त प्रदेशको घोषणा गर्दछौं ।

(२०६७ मंसिर २५ गते शनिबार, तानसेन टुँडिखेल, पाल्पा)

नेपाल मगर संघ
केन्द्रीय समिति

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?