Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संघीयताको विरोध गर्ने नेकपा मसालमा फेरी बिभाजन, फुटाउनेहरु संघीयताको पक्षमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 27 January 2011 02:46

काठमाडौं- संघीयताको विरोध गर्दै आएको नेकपा (मसाल) सम्बद्ध जनमोर्चा नेपालमा पनि विभाजन आएको छ ।



विभाजन लगत्तै विभाजित समूहले आफूलाई संघीयताको पक्षधरको रुपमा चिनाउने प्रयास गरेको छ । जनमोर्चा नेपालका बाग्मति अन्चल ईन्चार्ज मिननाथ देबकोटाले नयाँ पार्टी घोषणा गरेका हुन् । विभाजित पार्टीको नाम भने 'नेपाल कम्युनिष्ट पार्टी माले राष्ट्रिवादी' राखिएको छ ।

नयाँ पार्टीको केन्द्रीय समिति ३१ जनाको रहेको जानकारी दिइएको छ । संघीयता विरोधी जनमोर्चा नेपाल पार्टीबाट विभाजित भएर खोलिएको नयाँ पार्टी संघीयताको विरोधीको रुपमा नरहेको देवकोटाले बताए । नेपाललाई प्राकृतिक स्रोत-साधन र उपयूक्तताको हिसाबमा पाँच प्रान्तमा विभाजन गर्नु पर्ने धारणा सो पार्टीले सार्वजनिक गरेको छ ।

नवगठित पार्टीका संयोजक देवकोटाले नेपालको सार्वभौमिक, राष्ट्रियता र क्षेत्रीय अखण्डताको रक्षा गर्दै नेपाली जनताका आधारभूत मौलिक अधिकारको प्रत्याभुत गर्न नयाँ राजनीतिक पार्टी गठन गरिएको दावी गरे । नयाँ पार्टी भएपनि प्रारम्भिक चरणमा पार्टीमा पाँच सय जना सदस्य रहेका तथा र रसुवा जिल्लाका जनमोर्चा कार्यकर्ताहरुसबै समाहित भएको दावी उनको छ ।

नवगठित पार्टीले आगामी माघ १५ गतेदेखि देशब्यापी रुपमा संगठन विस्तार अभियान थाल्ने जानकारी पार्टीकोतर्फबाट विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । देबकोटा यसअघि अमिक शेरचनले नेतृत्व गरेको तात्कालिन जनमोर्चा नेपालका रसुवा जिल्ला सदस्य र पुर्नगठित जनमोर्चा नेपालको बाग्मती ईन्चार्ज थिए । उनी नेतृत्वको नयाँ पार्टीको उपाध्यक्ष गुन्जबहादुर कुमाल र सरस्वती न्यौपाने, सचिवमा चित्रबहादुर न्यौपाने छन् ।

जनमोर्चामा यसअघिपनि पटक पटक विभाजन आएको छ । दुई महिनाअघिमात्र जनमोर्चाका महासचिव डिलाराम आचार्यसहितका नेताहरुले छुट्टै दल निर्माण गरेका थिए । उनीहरु अहिले एमाओवादीसँग एकताको प्रकृयामा छन् । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिँहको कार्यशैलीगत कमजोरी र रुढीवादी चिन्तनका कारण सो दल पटक पटक विभाजित हुँदै आएको छ ।

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?