Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्रिय जनगणना २०६८ कालागि लिम्बुवान, खम्बुवान र तामाङसालीङसम्बद्द संगठनहरुद्वारा तथ्थाङ्क विभागलाई ध्यानाकर्षण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Federal Democratic National Front   
Friday, 01 April 2011 07:33

काठमाडौं- "दशौं जनगणनाको अवस्था र एघारौं जनगणनाको परिस्थितिमा धेरै परिवर्तन भइसकेको छ । देशमा एकात्मक व्यवस्थाको अन्त्य भई संघीय शासनप्रणाली निर्माणको सङ्क्रमणकालीन समयमा तथ्याङ्क विभागले निर्माण गर्ने तथ्याङ्कको महत्व हाम्रोलागि धेरै छ ।"

 



श्री महानिर्देशकज्यु,
केन्द्रीय तथ्याङ्क विभाग
रामशाहपथ, काठमाडौं ।

विषय : ध्यानाकर्षण गराइएकोबारे ।

महोदय,

राष्ट्रिय जनगणना २०६८, नेपालको एघारौं जनगणनाको रुपमा सञ्चालन हुन लागेको र यसको तयारी व्यापक रुपमा अघि बढिरहेको खबरले हाम्रो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यो पार्टी सम्वद्घ संघीय लिम्बुवान राज्य परिषद्, खम्बुवान स्वायत्त राज्य परिषद्, तामाङसालीङ स्वायत्त राज्य परिषद्लगायतका परिषद्हरूको ध्यानाकर्षा भएको छ ।
राष्ट्रिय जनगणना २०६८ को र्सार्थक सफलताकालागि नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभागलाई एघारौं राष्ट्रिय जनगणना सञ्चालन गर्नुपूर्व हाम्रो पार्टीको तर्फाट निम्न सवालहरूबारे गम्भीर हुन आग्रह गर्दछौं ।

१. प्रत्येक १०/१० वर्षो अन्तरालमा सञ्चालन हुने राष्ट्रिय जनगणनाले सयवर्षो इतिहास पारगरेको छ । नेपालमा यति लामो जनगणनाको इतिहास पार भइसकेता पनि राष्ट्रिय जनगणना गरी केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गर्दै आएको तथ्याङ्कलाई नेपालका आदिवासी जनजाति संघ-सङ्गठन र बुद्घजिवीलगायतले तथाङ्कको सङ्कलन, प्रशोधन र प्रकाशनलगायतमा भएको कमीकमजोरी र त्यसप्रति रहेको अविश्वसनीयताका कारण मिथ्याङ्क भन्दै आएको र्सवविदितै छ । साथै, हाम्रो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि यसलाई अहिलेसम्म सही  तथ्याङ्कको रुपमा स्वीकार गर्न सकिरहरेको छैन । सय वर्षो अनुभवपछि सञ्चालन गर्न लागिएको यो एघारौं राष्ट्रिय जनगणनाबाट सही तथ्याङ्क आउँछ भनेर तथ्याङ्क विभागले के, कति र कस्ता आधारहरू तय गरेको छ ? यो एघारौं राष्ट्रिय जनगणनाले दिने तथ्याङ्क सही हो भनेर विश्वस्त हुने विश्वसनीय संयन्त्र के छ ? हाम्रो पार्टीले सही तथ्याङ्क सङ्कलन, विश्लेषण र प्रकाशन कार्यसँग सम्बन्धित् उपरोक्त प्रश्नहरूको विश्वासिलो जवाफको अपेक्षा गरेको छ ।

२. दशौं जनगणनाको अवस्था र एघारौं जनगणनाको परिस्थितिमा धेरै परिवर्तन भइसकेको छ । देशमा एकात्मक व्यवस्थाको अन्त्य भई संघीय शासनप्रणाली निर्माणको सङ्क्रमणकालीन समयमा तथ्याङ्क विभागले निर्माण गर्ने तथ्याङ्कको महत्व हाम्रोलागि धेरै छ । तर पुनः मिथ्याङ्ककै पुनरावृत्ति गर्ने हो भने राष्ट्रिय ढुकुटीबाट सञ्चालित यत्रो परियोजनाको उपादयता के रहन्छ - हिजो राज्यले आफ्नो स्वार्थसिद्धि गर्न तथ्याङ्क सङ्कलनका परियोजनाहरू सञ्चालन गर्दथ्यो भने अबको लोकतान्त्रिक समाजमा आम जनतालाई नै आफ्नो तथ्याङ्क आफैलाई आवश्यक रहने सर्न्दर्भमा, तथ्याङ्क निर्माणको उपरोक्त क्रियाकलापमा आम जनताको सहभागिता रहने गरी आशङ्कारहित एवम् पूर्वाग्रहरहित निष्पक्ष रुपले कसरी गर्ने गराउने योजना तथ्याङ्क विभागको छ ?

३. जनगणना गर्दा गणकहरू प्राथमिक विद्यालयका शिक्षक, जो गाउँघरमा एक प्रकारको सामाजिक सेवा प्रदायक मात्र नभई सामाजिक हैकम, हैसियतको, कुनै राजनीतिक दलको र उपल्ला जातको पगरी लिएर बसेकाहरू नै धेरैजसो छन् । उनीहरूले समुदाय, लिङ्ग, जाति, धर्म, वा व्यक्ति विशेषसँगको उसको वैमनश्यता, वा पूर्वाग्रह, वा बाधाविरोधका कारण कुनै घरपरिवार छुट्न गएको खण्डमा त्यस्तो सम्भावित क्रियाकलाप हुन नदिन आवश्यक अनुगमनको के कस्तो व्यवस्था विभागसँग छ ।

४. विगतका जनगणनामा गणकले सम्बन्धित् व्यक्ति र परिवारको घरदैलोमा नपुगी एक ठाउँमा बसेर टिप्ने तथा कुनै जातिको थर, नाम, ठाउँ आदि गलत टिपोट गरेको व्यापक चर्चा आएको थियो । साथै, जनतासामू पेन्सिलको प्रयोग गरेर सही तथ्याङ्क लिएजस्तो गरेपनि फेरि इरेजरले मेटेर आफूले चाहेको विवरण भर्नेसमेत गरेको चर्चा थियो । त्यसकारण, गणक, सुपरभाइजर र अधिकृतहरूको नियुक्ति जुन जिल्ला र गाउँ/नगरहरूमा जुन जातीय समुदायको बाहुल्यता छ, सोही जातिको गणकहरू नियुक्त गरी जनगणना कार्य निष्पक्षरुपमा अघि बढाउन हामी आग्रह गर्दछौं ।

उपरोक्त सवालहरूका सम्बन्धमा जनगणना कार्यक्रम सञ्चालन गर्नुपूर्व विश्वसनीय वातावरण सुनिश्चित गरेर मात्र जनगणना कार्य अघि बढाउन हुन केन्द्रीय तथ्याङ्क विभागको ध्यानाकर्षा गराउन चाहन्छौं । यदि आम जनताको सुसूचित हुन पाउने हकमाथि वेवास्ता गर्दै राष्ट्रिय जनगणनाजस्तो महत्वपूर्ण परियोजना विगतको सरकारको सरकारी रवैयाकै आधारमा सञ्चालन गरेमा, त्यसबाट उत्पन्न परिणामको जवाफदेहिता स्वयम् तथ्याङ्क विभाग आफै हुनुपर्नेसमेत सचेत गराउन चाहन्छौं ।

धन्यवाद !

खगेन्द्र माखिम
महासचिव
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
संघीय कार्य समिति
अनामनगर, काठमाडौं
मिति २०६७/१२/१७

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?