Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाली काँग्रेसद्वारा आइएलओ १६९ महासन्धी औचित्यहिन ठहर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 21 January 2010 18:34

काठमाडौ- नेपाली काँग्रेसले नेपालमा अन्तराष्टि्रय श्रम संगठनको महासन्धी आइएलओ १६९ औचित्यहिन भएको ठहर गरेको छ ।

राज्य पुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिमा आफ्ना सबै प्रस्ताव पराजित भएपछि फरक मतबारे जानकारी दिन िसंहदरबारस्थित संसदीय दलको कार्यालयमा माघ ७ गते आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । समितिका सदस्य समेत रहेका काँग्रेस सभासद नरहरी आचार्यले आइएलओ १६९ एकाङ्गी र त्रुतीपूर्ण रहेको बताए ।

काँग्रेसले यस्तो निश्कर्ष निकालेको भएपनि नेपाल अन्तराष्टि्रय श्रम संगठन पक्ष राष्ट्र भईसकेको छ ।

यसैगरी, काँग्रेस जातीय राजनीतिक अग्राधिकारकोसमेत विपक्षमा देखिएको छ । समितिमा मतदान हुँदा अत्याधिक मतले पारित भएको यो विषयलाई काँग्रेसको विज्ञप्तीमा भने लोकतान्त्रिक मूल्य र सिद्धान्त विपरीत भएको उल्लेख छ ।

काँग्रेसले स्वायक्त क्षेत्रको जातीय अनुसूचिलाई समेत नितान्त अव्यवहारिक र जातीय र द्वन्द निम्ताउने खालको भएको ठहर गरेको छ ।

यसैगरी, समितिले १४ प्रदेशको अवधारणा संविधान सभा अध्यक्षलाई बुझाएको भएपनि काँग्रेसले ६ र १४ प्रदेशको दुबै अवधारणा संविधान सभामा लानुपर्ने फरक मत दर्ता राखेको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?