Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संघीय नेपालको राजधानी काठमाडौंबाट चितवन सार्ने प्रस्ताव PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Santa Bagam   
Friday, 15 January 2010 11:59

काठमाडौ- संविधान सभा अन्र्तगतको राज्य पुनरसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिमातहतको उपसमितिले संघीय नेपालको राजधानी काठमाडौंबाट चितवन सार्ने प्रस्ताव गरेको छ ।

प्रदेशको नाम, सीमा र राजधानीलगायत विषयमा टुङ्गो लगाउन गठित उपसमितिका संयोजक हितमान शाक्यले समितिका सभापति लोकेन्द्र विष्ट मगरलाई बुझाएको प्रतिवेदनमा नारायणीलाई केन्द्र शासित प्रदेशमा राख्न प्रस्ताव गरिएको हो ।

उपसमितिले बुझाएको प्रतिवेदनमा तराईमा ३ वटा सहित १४ प्रदेशको प्रस्ताव गरिएको छ भने त्यसको विकल्पमा तराईमा २ वटा सहित ६ प्रदेश सिफारिस गरिएको छ ।

प्रस्तावित १४ प्रदेशको प्रस्तावमा लिम्बुवान, किराँत, ताम्सालिङ, नेवाः, मगराँत, तमुवान र थरुहट गरी ७ वटा प्रदेशको नाम जाति र समुदायको आधारमा राखिएको छ ।

गत साता गोदावरीमा बसेको ५ सदस्यीय उपसमितिले आज बुझाएको प्रतिवेदनमा भोलीदेखि समितिको बैठकमा छलफल सुरु हुने र बुधबारसम्ममा टुङ्गो लगाइने समितिका सभापति लोकेन्द्र विष्ट मगरले जानकारी दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?