Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मातृभाषामा पनि पद तथा गोपनियताको सपथ लिने प्रावधान पारित PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Thursday, 28 January 2010 18:59

उपराष्ट्रपति परमानन्द झाको पद पुन: सकृय हुने भो
काठमाडौं- मातृभाषामा पनि पद तथा गोपनियताको सपथ लिने प्रावधान थप्न व्यवस्थापिका संसदको वैठकबाट अन्तरिम संविधान सातौं संशोधन विद्येयक पारित भएको छ ।

संविधान संशोधन विद्येयकका लागि भएको मतदान सहभागी ५ सय ३ मध्ये ४ सय ९९ सांसदले पक्षमा तथा ४ जनाले मात्रै विपक्षमा मत दिएका थिए ।

सशोधन विद्येयकमाथि पेश भएका ५ प्रस्ताव मध्ये नेपाल मजदुर किसान पार्टीका शुनिल प्रजापतिको प्रस्ताव वहुमतले अस्वीकृत भएको थियो भने ३ जना नेपाल सद्भावना पार्टी आनन्ददेवीकी सरिता गिरी, दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान र स्वतन्त्र सांसद सदरुल मियाँ हकले संसोधन प्रस्ताव फिर्ता लिएका थिए ।

संविधान संशोधन भएलगत्तै ५ महिनादेखि निष्कृय उपराष्ट्रपति परमानन्द झाले मातृभाषामा शपथ लिएर पुन सकि्रय हुन पाउने बाटो खुलेको छ । सर्वोच्च अदालतको फैसलापछि गत भदौ १४ देखि झाको उपराष्ट्रपति पद निस्क्रिया रहँदै आएको छ । उनले २०६५ साल असार २४ गते हिन्दी भाषामा लिएको सपथलाई अदालत अमान्य ठहर गरेको थियो ।

व्यवस्थापिका संसदको माघ १४ गते बसेको बैठकमा उपराष्ट्रपतिको पद कि्रयाशील गराउनेसम्बन्धी सङ्कल्प प्रस्ताव बहुमतबाट पारित भएको छ ।

व्यवस्थापिका संसदमा प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतक प्रस्तावक रहकेको सो सङ्कल्प प्रस्तावमा 'राजनीतिक सहमतिका आधारमा निष्क्रिय अवस्थामा रहेको उपराष्ट्रपतिलाई कि्रयाशील गराउन आवश्यकता अनुसार संविधान संशोधन गर्नुको साथै अन्य विधिसम्मत प्रकि्रया अगाडि बढाउन सरकारलाई निर्देशन जारी गर्दछ' भनिएको छ । 'उपराष्ट्रपतिजस्तो सम्मानित पद निष्कृय हुनु असहज स्थिति हो, राजनीतिक सहमतिको आधारमा व्यवस्थापिका संसद सो पदलाई कि्रयाशील गराउन चाहन्छ' प्रस्तावमा उल्लेख छ ।

प्रस्तावकहरुमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतकहरु क्रमशः पोष्टबहादुर बोगटी, लक्ष्मणप्रसाद घिमिरे र भीमप्रसाद आचार्य रहेका छन् ।
सङ्कल्प प्रस्तावकका तर्फबाट प्रमुख सचेतक बोगटीले उपराष्ट्रपति पद कि्रयाशील गराउनुपर्ने विशिष्ट परिस्थिति सिर्जना भएकाले राजनीतिक सहमतिका आधारमा साझा सङ्कल्प प्रस्तुत गरिएको स्पष्ट पारे  ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?