Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संघीय नेपालको राष्ट्रिय झण्डामा भएको सहमतिप्रति असहमित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Federal Limbuwan State Council   
Thursday, 27 January 2011 19:32

लिम्बुवान- "नेपालको पुरानो एकात्मकवादी राष्ट्रिय झण्डालाई संघीय नेपालको पनि राष्ट्रिय झण्डा बनाइनु पर्छ भनी केही एकात्मकवादी पार्टीहरुबीच भएको सहमतिप्रति परिषदले घोर आपत्ति विरोध र असहमति जाहेर गरेको छ ।"



सङ्घीय नेपालको लागि नयाँ र सङ्घीय प्रकारकै राष्ट्रिय झण्डा हुनुपर्छ भन्ने परिषदले माग गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत अरुण-सप्तकोशी पूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनाकोलागि आह्वान गरिएको प्रत्येक महिनाको १५ गते लिम्बुवान बन्द हुने कार्यक्रम यस माघ महिनाको १५ गते शनिवार परेको तथा धरान महोत्सव, धिमाल महोत्सव र दाहाल बन्धुहरुको राष्ट्रिय महाधिवेशन सोही दिन परेकोसाथै एकात्मक मतदाता नामावली सङ्कलनको विरुद्धमा कुनै पनि बेला हड्ताल गर्नुपर्ने भएकोले यो माघ १५ गते हुने लिम्बुवान बन्दको कार्यक्रमलाई स्थगित गर्ने निर्णयकासाथ सो दिन लिम्बुवानमा कुनै बन्द नहुने भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको केन्द्रीय समितिको बैठक यही माघ ६ गते दमकमा बसी उपरोक्त निर्णय गरिएको व्यहोरा लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा हस्ताक्षिरित एक प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, नेपालको पुरानो एकात्मकवादी राष्ट्रिय झण्डालाई संघीय नेपालको पनि राष्ट्रिय झण्डा बनाइनु पर्छ भनी केही एकात्मकवादी पार्टीहरुबीच भएको सहमतिप्रति परिषदले घोर आपत्ति विरोध र असहमति जाहेर गरेको छ । सङ्घीय नेपालको लागि नयाँ र सङ्घीय प्रकारकै राष्ट्रिय झण्डा हुनुपर्छ भन्ने परिषदले माग गरेको छ ।

त्यसरी नै लिम्बुवानको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउनकोलागि लिम्बुवानको विराटनगर, खाँदबारी र इनरुवामा विशाल लिम्बुवानी आमसभाहरु गर्न तयारी समितिहरु गठन गरिएको जनाइएको छ ।

यसरी नै, निर्वाचन आयोगलाई एकात्मक मतदाता नामावली सङ्कलन कार्य रोक्न पुनः अनुरोध गर्ने र त्यसपछि पनि जबर्जस्ती गर्न खोजिएमा सशक्त विरोध गर्ने; मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषदले यही चैत मसान्तसम्ममा ३५ हजार क्रियाशील सदस्यता-पत्र वितरण गर्ने; परिषदका केन्द्रीय सदस्य जसबहादुर योङ्हाङ्को घाँटीमा क्यान्सर भएकोले उहाँको स्वास्थ्योपचारमा सबै क्षेत्रबाट सहयोगको लागि अनुरोध गर्नेलगायतका निर्णयहरुसमेत गरिएको कुरा प्रेसित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

DB Angbung Limbu in Limbuwan

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?