Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्रपति र जातिय राज्य माग गर्नेहरुबिच भेट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by DB Angbung Limbu   
Monday, 30 August 2010 16:15

काठमाडौं -सम्मानीय राष्ट्रपति रामवरण यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक', सभासद रुकमिणी चौधरी थारु र थरहट स्वायत्त राज्य परिषदका अध्यक्ष योगेन्द्र थारुबीच राष्ट्रपति भवनमा  भाद्र १४ गते भेटघाट र छलफल भएको छ।

सो भेटमा प्रधानमन्त्रीको निर्वाचन, शान्ति र संविधानबारे कुराकानी भयो । वर्तमान परिवर्तनलाई यसबाट हासिल भएको उपलब्धिलाई संस्थागत गर्न सहयोग पुर्याउनको लागि संघीय माच र यससम्बद्ध थरुहट स्वायत्त राज्य परिषद, तामाङसालीङ स्वायत्त राज्य परिषद, खम्बुवान स्वायत्त राज्य परिषद र संघीय लिम्बुवान राज्य परिषदले शान्तिपूर्ण र सशक्त आन्दोलन बढाइरहेको जानकारी गराइएको कुरा मञ्चका अध्यक्ष लिङ्देनद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

मञ्च र यससम्बद्ध राज्य परिषदहरु समानुपातिक आधारमा राष्ट्रिय सहमतिको सरकार बनोस् र संघीय गणतन्त्र एवम् धर्मनिरपेक्ष राज्य नेपालको संविधान लेखन कार्य पूर्ण होस् भन्ने पक्षमा रहेको छ । लिम्बुवान, खम्बुवान, तामाङ सालीङ, नेवाः, मैथिल, थरुहट, तमुवान, मगरात र खसानलगायतका स्वायत्त राज्यहरुको निर्माण आई.एल.ओ. महासन्धि १६९ को तुरुन्त कार्यान्वयन र राज्यको हरेक क्षेत्रमा जातीय समानुपातिक आधारमा प्रतिनिधित्व गरिनुपर्दछ भन्ने पक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेकोबारे राष्ट्रपतिलाई अवगत गराएको जानकारी विज्ञप्तिमा जनाइएको छ ।

-DB Angbung in Kathmandu


मितिः २०६७।०५।१४

प्रेस-विज्ञप्ति

आज मिति २०६७ भाद्र १४ गते सम्मानीय राष्ट्रपति रामवरण यादवज्यु र संघीय लोकतान्त्रिक ष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक' सभासद माननीय रुकमिणी चौधरी थारु र थरहट स्वायत्त राज्य परिषदका अध्यक्ष योगेन्द्र थारुबीच राष्ट्रपति भवनमा दिनको ३ बजे भेटघाट सम्पन्न भयो ।

सो भेटमा प्रधानमन्त्रीको निर्वाचन, शान्ति र संविधानबारे कुराकानी भयो । वर्तमान परिवर्तन र यसबाट हासिल भएको उपलब्धिलाई संस्थागत गर्न सहयोग पुर्याउनकोलागि संघीय मञ्च र यससम्बद्ध थरुहट स्वायत्त राज्य परिषद, तामाङ सालीङ स्वायत्त राज्य परिषद, खम्बुवान स्वायत्त राज्य परिषद र संघीय लिम्बुवान राज्य परिषदले शान्तिपूर्ण र सशक्त आन्दोलन बढाइरहेको छ । मञ्च र यससम्बद्ध राज्य परिषदहरु समानुपातिक आधारमा राष्ट्रिय सहमतिको सरकार बनोस् र संघीय गणतन्त्र एवम्धर्मनिरपेक्ष राज्य नेपालको संविधान लेखन कार्य पूर्ण होस् भन्ने पक्षमा रहेको छ । लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, मैथिल, थरुहट, तमुवान, मगरात र खसानलगायतका स्वायत्त राज्यहरुको निर्माण, आई एल ओ महासन्धि १६९ को तुरुन्त कार्यान्वयन र राज्यको हरेको क्षेत्रमा जातीय समानुपातिक आधरमा प्रतिनिधित्व गरिनु पर्दछ भन्ने पक्षमासंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेको बारे राष्ट्रपतिज्युलाई अवगत गराइएको जानकारी सबैमा गराउँदछौं ।

कुमार लिङ्देन 'मिराक'

अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?