Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गणतन्त्रात्मक हिन्दु राष्ट्रको माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Thursday, 18 March 2010 15:54

रुपन्देही- राष्ट्रिय हिन्दु महासभा नेपाल नामक संस्थाले नेपाललाई गणतन्त्रात्मक हिन्दु राष्ट्र घोषणा गर्न माग गरेको छ ।

महासभाले बुटवलमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । महासभाका अध्यक्ष राजेश पाठकले प्रजातन्त्रको आधारभूत मान्यताविपरित नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै सीमित व्यक्तिले गरेको त्यस्तो घोषणा खारेज गर्न माग गर्नुभयो ।

नेपाल सदियौंदेखि हिन्दु राष्ट्र रहेकोमा अलोकतान्त्रिक तरिकाले धर्म निरपेक्षता लादिएकाले त्यसले धार्मिक सद्भाव बिथोलेको र वहुसंख्यक हिन्दुहरुको आस्थामाथि चोट पुगेकाले मुलुकलाई गणतन्त्रात्मक हिन्दु राष्ट्र बनाउनपर्ने जिकिर गर्नुभयो । साथै महासभाले मुलुकमा विभिन्न लडाकु युवा दस्ता गठन भई कानुनी शासनको उल्लंघन भएकाले त्यस्ता दस्ता खारेज गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा महासभाका उपाध्यक्ष ओमप्रकाश यादव, कार्यक्रम विश्लेषक नारायण भण्डारी, अनिरुद्रप्रसाद पन्त लगायतले आआफ्ना धारणा राखेका थिए ।

-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?