Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आत्मनिर्णयको अधिकारको विषयमा छलफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 07 December 2010 23:01

काठमाडौं- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको उच्चस्तरीय कार्यदलले आत्मनिर्णयको अधिकारको विषयमा छलफल गरेको छ ।

मंसिर २१ गते बसेको बैठकमा आत्मनिर्णयको अधिकारकाबारेमा दलहरुबीच छलफल गरेर सहमतिमा पुग्ने निर्णयसमेत भएको छ ।

आत्मनिर्णयको अधिकार नागरिक अधिकारभित्र पर्ने हुँदा यसलाई स्वीकार गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको माओवादी नेता देव गुरुङको भनाई थियो । उनले राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डताजस्ता विषय आत्मनिर्णयको अधिकारभित्र पार्न नहुनेमा जोड दिए ।

नेपाली काँग्रेस केन्द्रिय सदस्य रामचन्द्र पौडेलले आत्मनिर्णयको अधिकार प्रदान गर्दा राष्ट्रिय एकता, सार्वभौम र अखण्डतालाई आँच पुग्न नहुनेमा सबै सचेत हुनु जरुरी रहेकोमा जोड दिएका छन् ।

यसैगरी, कानुन मन्त्री प्रेमबहादुर सिँहले भने, 'आत्मनिर्णयको अधिकारको परिभाषाका बारेमा दलहरुबीच थप व्याख्या र बहस हुन आवश्यक छ ।'
वैठकमा नयाँ संविधान लेखनका सिलसिलामा दलहरुबीच देखिएको मतभिन्नतालाई सुल्झाउँदै संविधान लेखन कार्यलाई तीव्रता दिन गठित सो कार्यदलको बैठकमा प्रस्तावनाको तेस्रोदेखि सातौँ अनुच्छेदकाबारेमा व्यापक छलफल भएको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?