Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'पूर्ण समानुपातिक बृहद मोर्चा' को गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 13 September 2010 17:14

काठमाडौं- जातीय जनसंख्याको आधारमा राज्यका हरेक अंगमा पूर्ण समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गराउन 'पूर्ण समानुपातिक बृहद मोर्चा' नामको एक मोर्चा गठन भएको छ ।

शकुन सेरचनको संयोजकत्वमा गठित मोर्चामा थरुहट प्रतिनिधिको रुपमा शाही कालीन सहायकमन्त्री गोपाल दहित थारु, मधेसी तथा मुस्लिम प्रतिनिधिको रुपमा कौशलेन्द्र मिश्र, दलितको तर्फबाट हस्तबहादुर विश्वकर्मा, खस-क्षेत्रीको तर्फबाट केदार बस्नेत, हिमाली प्रतिनिधिको रुपमा गेली शेर्पा, हिमाली नागरिक विश्व थकाली रहेका छन् ।

मोर्चाले जातीय प्रतिनिधित्वलाई स्थापित गराउने कानूनहरुको कार्यान्वयनलाई अभियानको रुपमा अगाडि बढाउने घोषणा गरेको छ । सोमबार मोर्चाको तर्फबाट राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ५५ प्रतिसत खुल्ला र ४५ प्रतिसत आरक्षणको ब्यवस्था गरिने गरी ल्याईएको सार्वजनिक सेवालाई समावेसी बनाउने ऐन संसोधनकालागि ल्याईएको विधेयक फिर्ता गर्न र जातीय जनसंख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता गर्ने गरी विधेयक ल्याउन माग गरिएको छ ।

त्यसैगरी आदिवासी- जनजाति, दलित, मुस्लिम, मधेसीहरुको सम्पूर्ण प्राकृतिक श्रोत साधन र राजनीतिमा क्षतिपूर्तिसहितको अग्राधिकार सुनिश्चित गर्न, २०६८ सालमा हुने जनगणनालाई जातीय विवरण स्पष्ट खुल्ने गरी स्पष्ट रुपमा संकलन गर्न माग गरिएको छ । मोर्चाले आफूहरुको माग सुनिश्चित गर्न १ महिनाभित्र कानूनी सुनिश्चितता प्रदान नगरिए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?