Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

उत्पिडित समुदायको अग्राधिकार र आत्मनिर्णयको अधिकार सहितको नयाँ संविधान नआए सडकबाटै जनसंविधान घोषणा गर्ने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 29 March 2010 14:48

काठमाडौं- नयाँ नेतृत्व चयन गर्दै माओवादी भातृसंगठन एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले कमानिसंह लामाको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

सहअध्यक्षमा सुर्यमान दोङ र दावा तामाङ, उपाध्यक्षहरुमा कुमारी मोक्तान, िसंहबहादुर गोले, विवेक वाईवा, ज्ञानबहादुर तामाङ र प्रेम तामाङ छन् । यसैगरी महासचिवमा ईन्द्रबहादुर थिङ निर्वाचित भएका छन् ।

अधिवेशनले अखण्डित ताम्सालिङसहितको संघीय राज्यको पुनसंरचना सहित याथाशीघ्र नयाँ संविधान जारी नभए मुलुक संकटमा पुग्ने निष्कर्ष निकालेको छ ।

संघीयता, शान्ति र नयाँ संविधान विरोधीहरुले जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई चुनौती दिँदै पुनः हिन्दू सामन्ती एकात्मक, प्रतिगामी व्यवस्थालाई ब्यूताउने षड्यन्त्र गरेको भन्दै त्यसको निर्णायक आन्दोलन गर्ने निर्णयसमेत अधिवेशनले गरेको छ ।

मोर्चाले नवनिर्बाचित पदाधिकारी र पारित कार्यदिशा पत्रकार सम्मेलन गरी सर्वजानिक गरेको हो । मोर्चाको अधिवेशन १४, १५ र १६ गते काठमण्डौको बौधमा भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै नवनिर्बाचित अध्यक्ष कमानिसं लामाले जेठ १४ गते सम्ममा उत्पिडित समुदायको अग्राधिकार र आत्मनिर्णयको अधिकार सहितको नयाँ संविधान नआए सडकबाटै जनसंविधान घोषणा गरेर जाने बताए । उनले माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुको बिकल्प नरहेकोमा पनि जोड दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?