Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

तमु राष्ट्रिय मुक्ति मोर्चाद्वारा माथिल्लो मस्र्याङदी-२ को निर्माण कार्य बन्द PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 17 February 2010 18:48

काठमाण्डौं- माओवादीसम्बद्ध तमु राष्ट्रिय मुक्ति मोर्चाले माथिल्लो मस्र्याङदी-२ को निर्माण कार्य बन्द गरेपछि ऊर्जामन्त्री प्रकाशशरण महतले सत्ताको बार्गेनिङकालागि सो कार्य गरेको आरोप लगाएका छन् ।

सो मोर्चाले भने प्राकृतिक श्रोत साधनमाथि स्थानीय जनताको पहिलो अधिकार हुनुपर्ने माग गर्दै मंगलबार सो आयोजनाको सुरुङ्ग निर्माण स्थलमा झण्डा गाडी अवरोध गरेको थियो । सुरुमा परियोजनाको सम्भाव्यता अध्ययनको जिम्मा एक नेपाली कम्पनीले लिएपनि लगत्तै एक भारतीय कम्पनीसमेत त्यसमा मिसिएको थियो ।

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री महतले माओवादीको तमु राष्ट्रिय मुक्ति मोर्चाले लमजुङमा रहेको जलविद्युत् आयोजना निर्माणमा अवरोध जारी राखे लगानीको सुरक्षाका लागि सबैखाले उपाय अपनाइने चेतावनी दिए । आयोजनाको सुरक्षा दिन सरकारले कुनै कसर बाँकी राख्नेछैन उनले भने- 'यस्तो कि्रयाकलापले न जनताको हित हुन्छ न मुलुककै हित हुन्छ, तथाकथित राष्ट्रिय स्वाधीनताका नामा आन्दोलन गर्नुको कुनै तुक छैन, यो सत्ताका लागि बार्गेनिङ मात्र हो ।'

ऊर्जामन्त्री महतले आफूलाई मन्त्रालयमै भारतीय कार्यवाहक राजदूत आलोक सिन्हाले भेटेर माओवादी अवरोधप्रति चिन्ता व्यक्त गरेको जानकारी दिए । त्यस अवसरमा कार्यवाहक राजदूत आलोक सिन्हाले ऊर्जा मन्त्रीसँग तत्काल भारतीय लगानीका आयोजनामा सुरक्षाको सुनिश्चितता गर्न माग गरेका थिए । जवाफमा मन्त्री महतले 'आत्तिइ हाल्नुपर्ने अवस्था नभएको र माओवादीले अवरोध नहटाए सुरक्षाकर्मी परिचालन गर्न समेत सरकार तयार रहेको' जानकारी दिएका थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?