Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसी जनअधिकार फोरम र थरुहट संयुक्त संघर्ष समितिद्वारा संयुक्त आन्दोलन घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Wednesday, 27 January 2010 14:42

काठमाडौं- राज्यको पुर्नसंरचना मधेसी र थारुहरुको भावना विपरित भएको भन्दै मधेसी जनअधिकार फोरम नेपाल र थरुहट संयुक्त संघर्ष समितिले कार्यगत एकतासहित आन्दोलन घोषणा गरेका छन् ।

काठमाडौमा माघ १३ गते आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले मधेस र थारुको पहिचान समाप्त पारेर गरिने कुनैपनि निर्णय मान्न नसकिने बताएका छन् ।

आन्दोलनको पहिलो चरणमा माग पूरा गराउन प्रधानमन्त्री र संबिधान सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने, अपिल पत्र सार्वजनीक गर्ने लगायत छन् । त्यसैगरी धनगढी, भैरहवा, लाहान, ईटहरी, चितवन, नेपालगन्ज, मोरङ र जनकपुरमा जनचेतना तथा संयुक्त बृहत आमसभा गर्ने कार्यक्रम सार्वजनिक गरीएको छ ।

पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले झापादेखि कन्चनपुरसम्मको भूभागलाई एउटै प्रदेश बनाउन संयुक्त संघर्षमा जान बाध्य भएको बताए । उनले प्रदेशको नाम भने आपसी सहमतिमा तय गरिने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा थरुहट संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुले प्रचारात्मक आन्दोलनबाट सरकारले माग पूरा नगरे आमहडताल गर्ने चेतावनी दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?