Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सर्वजातीय राष्ट्रिय सहमतिको सरकार आवश्यकता थारुहरुको माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Devika GM   
Thursday, 04 March 2010 05:03

दाङ- थरुहत स्वायत्त राज्य परिषद्ले सर्वजातीय राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएको छ ।

थरुहटले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वजातीय राज्य बनाउनुपर्नेमा जोड दिएको छ ।

वर्तमान सरकार बनाउने र गिराउने खेलमा लागेको भन्दै थरुहट स्वायत्त राज्य परिषद्ले अब सरकारको नेतृत्व प्रमुख तीन राजनीतिक दलले नभई जातीय जनसंख्याको आधारमा हुनुपर्ने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै थरुहट स्वायत्त राज्य परिषद्का अध्यक्ष योगेन्द्र थारुले नेपालमा थारुको जनसंख्या ४० लाख भएको दावी गर्दै थारुहरुले नै सरकारको नेतृत्व पाउनुपर्ने दावी गर्नुभयो ।

'सरकारको नेतृत्व प्रमुख दलका नेताहरुले होइन जनसंख्याको आधारमा जातिको नेतृत्वमा सरकार बन्नुपर्छ, त्यसको लागि प्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजिनामा दिनुपर्छ' उहाँले भन्नुभयो । जननिर्वाचत छ सय एक सभासद्हरु संविधान निर्माण गर्नुको साटो सरकार गिराउने र बनाउने खेलमा लागेकोमा थारुले चिन्ता व्यक्त गर्नुभयो ।

'संविधान सभाका समासद्लाई सरकार बनाउने र गिराउने अधिकार छैन, उहाँहरु संविधान निर्माणमा तल्लिन हुनुपर्छ' उहाँले भन्नुभयो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मच नेपालका अध्यक्ष लक्ष्मण थारुले जसरी भएपनि नयाँ संविधान जेठ १४ भित्र जारी भइसक्नुपर्ने बताउनुभयो । सरकारको गैरजिम्मेवार र एकीकृत नेकपा माओवादीको निर्णयले संविधान निर्माणमा बाधक भएको उहाँको भनाइ थियो । मिडियमा आएजस्तो योगेन्द्र थारु र लक्ष्मण थारुबीच कुनै बैमन्स्यता नभएको र पार्टी पनि नफुट्ने उहाँहरुको भनाइ थियो ।

यसैबीच थरुहत स्वायत्त राज्य परिषद्का अध्यक्ष योगेन्द्र थारु र संघीय लोकतान्त्रिक राष्ट्रिय मच नेपालका अध्यक्ष लक्ष्मण थारुले संयुक्त विज्ञप्ति निकाली कुनै पनि हालतमा 'एक मधेश, एक प्रदेश' नस्वीकार्ने बताउनुभएको छ । 'हामी कुनै पनि हालतमा मधेश स्वीकार्दैनौँ, तपाईहरु हल्लाको पछि नदौडनुहोस्' विज्ञप्तिमा भनिएको छ । साथै थरुहट स्वायत्त राज्य परिषद् र सरकारबीच भएका सम्भौता तत्काल पालना गर्नुपर्ने र संझौता पालना नगरिए आन्दोलनमा उत्रने बताइएको छ ।

-Devika GM in Dang

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?