Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

१४ वटा प्रदेशहरुसहित अवधारणापत्र र मस्यौदामा थारु कल्याणकारिणी सभाले जलाउने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 24 January 2010 03:30

काठमाडौं- संविधान सभाको राज्यपुनसर्ंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले तयार पारेको १४ वटा प्रदेशहरुसहित अवधारणापत्र र मस्यौदामा थारु कल्याणकारिणी सभाले विरोध गरेको छ ।



मस्यौदाले मुलुकमा व्याप्त संघीयताको मागलाई सहि रुपमा सम्बोधन गर्न नसकेको दावी गर्दै सभाले नेपालमा संघीयताको माग किन उठेको हो भन्ने पहिचान नै नगरी प्रदेश निर्धारण गर्ने काम गरिएको आरोप लगाएको छ । सभाले सो प्रस्तावसहितको खाकालाई जलाउने लगायतका कार्यक्रमहरुको घोषणासमेत गरेको छ ।

संघीयताको माग विभिन्न जाति, समुदाय, भाषाभाषी र धर्मावलम्बीहरुको पहिचान र आत्मसम्मानका लागि गरिएको बताउँदै सभाले जातीय आत्मनिर्णयको अधिकार प्रयोग गरी जाति तथा समुदायले आफ्नो विकास गर्दै राष्टिय एकतालाई अभिवृद्धि गर्न सकुन् भन्ने उद्देश्यले संघीयताको माग भएको स्पष्ट पारेको छ । 'िसंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा पुर्याउन र स्थानिय तहको विकास स्थानिय समुदायले नै गर्नुपर्छ भन्ने अवधारणाले संघीयताको माग गरिएको हो' सभाले भनेको छ- 'विगत तथा वर्तमानको केन्द्र सरकार ज्यादै भ्रष्ट असक्षम खर्चिलो र क्षमताहिन भएकाले संघीयताको माग भएको हो, यसको अर्थ के हो भने संघीयता अन्तर्गत बन्ने प्रादेशिक सरकारहरु कम खर्चिलो सक्षम र जनताको पहुँचका हुनेछन् भन्ने हो ।'

व्यापक अधिकार सहितको आदिवासी बाहुल्य प्रदेशहरुको निर्माणले मात्र संघीयताको मागलाई सम्बोधन गर्न सक्छ भन्ने थारु कल्याणकारिणी सभाको विगतदेखिकै मान्यता रहिआएको बताउँदै सो संस्थालॆ १४ वटा प्रदेशको प्रस्ताव खर्चिलो भएको र संघीयतालाई असफल पार्न संविधान सभाबाट खर्चिलो संघीयताको प्रस्ताव भएको आरोप लगाएको छ ।

संविधान सभाले १४ प्रदेशको प्रस्तावलाई फिर्ता लिइ जनसंख्या, भूगोल र ऐतिहासिकताका आधारमा आदिवासी जनजाति, दलित, मुस्लिम तथा अल्पसंख्यकहरुको बाहुल्य हुने गरी तथा सबै समुदायको अधिकार स्थापित हुने गरी वैज्ञानिक आधारमा प्रदेश निर्धारण गरिनुपर्ने माग सभाको छ । आफ्ना मागहरु पुरा गराउन सभाले माघ २० गते संविधान सभाका ११ वटा मस्यौदा र १४ प्रदेशको खाका काठमाडौंमा जलाउने, माघ २४ गते अपरान्ह जिल्ला सदरमुकामहरु तथा बजारहरुमा मसाल जुलुस गर्ने तथा माघ २५ गते थरुहट तराईमा आमहडताल गरी प्रत्येक जिल्ला सदरमुकाम तथा बजारहरुमा संविधान सभाका ११ वटा मस्यौदा र १४ प्रदेशको खाका जलाउने बताएको छ ।

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?