Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एमालेद्वारा राज्य पुनरसंरचना सम्बन्धी आयोग बनाएरमात्र अन्तिम टुंगो लगाउनुपर्ने निर्णय PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 30 January 2010 15:29

काठमाडौं- सत्ताको नेतृत्व गरेको नेकपा (एमाले) ले राज्य पुनरसंरचना सम्बन्धी आयोग बनाएरमात्र राज्य पुनरसंरचनाको अन्तिम टुंगो लगाउनुपर्ने निर्णय गरेको छ ।

सम्बिधान सभाको राज्य पुनरसंरचना तथा राज्यको बाँडफाँड समितिले तैयार गरेको खाका अन्तिम नभएको भन्दै सो पार्टीको शनिवार बिहान बसेको स्थायी समितिको बैठकले यो निर्णय गरेको हो ।

राज्य पुनरसंरचनाकालागि सम्बिधान सभाको सो समितिले तैयार पारेको खाकाप्रति मधेशी जनअधिकार फोरमलगायतका मधेशवादी दलहरुमात्र होइन, थारुवान स्वायत्त परिषद लगायतका राजनीतिक दल र संघ संगठनहरुले विरोध गरेका छन् । यसैलाई आधार बनाएर संघीयताका विरोधीहरुलेसमेत संघीयताको विरुद्धको आवाजलाई अरु चर्को पारेका छन् ।

कतिसम्म भने समितिले प्रतिवेदन तैयार पार्नुअघि एक अर्काको नामै सुन्न नचाहने फोरम र थारुवान स्वायत्त परिषदबीच एक नामको टुंगो पछि लगाउने सहमतिकासाथ एक मधेश-तराई बनाएर जाने कुरामा सहमति भएको छ । सम्बिधान सभाको सो समितिमा माओवादी र एमालेबीच सहमति भई १४ प्रदेशको खाका पारित भएको थियो ।

स्थायी समितिको बैठकपछि दिउसो सिँहदरवारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बोलाइएको छ । आजको संसदीय दलको बैठकमा सरकारको काम कार्वाहीको मूल्याङ्कन गर्ने कार्यक्रम छ । अघिल्लो शनिवार बसेको बैठकमा शासकीय स्वरुपको सम्बन्धमा पार्टीभित्र देखिएको मत विभाजनकाबारे संस्थापन पक्ष र ओली पक्षका बीच भनाभन भएको थियो ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?