Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

हिन्दु राज्य लाद्ने प्रयास भए देश रक्तपात र गृहयुद्वतिर जाने ठोकुवा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Saturday, 17 April 2010 18:51

रुपन्देही- नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष नोर्भु घलेले नेपाल अव हिन्दु राज्य हुन नसक्ने दावी गर्नुभएको छ ।
यदी देशमा हिन्दु राज्य लाद्ने प्रयास भए देश रक्तपात र गृहयुद्व तिर जाने ठोकुवा गर्नुभयो ।

सर्वधर्म एकता समाज रुपन्देहीद्वारा शनिवार बुटवलमा आयोजित खवरदारी सभामा बोल्दै उपाध्यक्ष घलेले कालि वावाले होम गर्दैमा र दुई चार जना नेता कराउदैमा हिन्दु राज्य हुन नसक्ने दावी गर्नुभयो । धर्म निरपेक्षतामा नै सबै धर्म जात-जातिको समुन्नत विकास हुने टिप्पणी गर्नुभयो ।
धर्मको नाममा आदिवासी जनजाति तथा अन्य अल्पसंख्यकलाई पाखा लगाउने प्रयास भएको उहाको आरोप थियो । दलहरुले गोप्य षडयन्त्र गरेर संविधान सभालाई निकम्मा बनाउने प्रयास भएको बताउनुभयो ।

खवरदारी सभापुर्व बुटवल चौराहा लखन चोकबाट ट्राफिक चोक सम्म खवरदारी र्याली निकालिएको थियो । र्यालीमा धार्मिक सहिष्णुता कायम गर, धर्मनिरपेक्षता कायम गर, समयमै संविधान जारी गर लगायतका नारा लगाइएको थियो ।

समाजका अध्यक्ष सुर्यलाल गुरुङको अध्यक्षतामा भएको खवरदारी सभामा अनागरिका सुखी ज्ञानी एमाओवादीका केन्द्रिय सल्लाहकार विनोद उपाध्याय अन्र्तराष्ट्रिय बौद्व परियत्ति उदय विहारका केन्द्रिय सदस्य झमबहादुर गुरुङ, आदिवासी जनजाति महासघं जिल्ला समन्वय परिषद् रुपन्देहीका उपाध्यक्ष लिला गुरुङ, सर्भधर्म समाजका सह-सयोजक विमलबहादुर शाक्य, अन्तराष्ट्रिय बौद्व परियत्ति बिहारका कमल थापा लगायतले धर्म निरपेक्षताको विरुद्वमा षडयन्त्र भए त्यो सह्य हुन नसक्ने बताउनुभयो ।

-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?