Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संघीयताको बिरोध गर्ने युवा संघको नाम बदलियो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Friday, 12 March 2010 00:23

रुपन्देही- अखिल नेपाल जनवादी युवा संघको ५ औ राष्ट्रिय सम्मेलनले आफ्नो नाम बदलेर "अखिल नेपाल युवक संघ" नामाकरण गर्नुका साथै २५ बुंदे बुटवल खोषणा पत्र जारी गरी सकिएको छ ।

परिवर्तीत नाम बुधवार बुटवलमा पत्रकार संम्मेलन गरी जानकारी गराईएको हो । पहिले पनि संगठनको नाम अखिल नेपाल युवक संघ रहेको र नारायणकाजी श्रेष्ठसंग एकताका क्रममा जनवादी युवा संघ राखेपनि पून: पार्टिका भातृ संघ संस्थाहरुको छलफलवाट युवक संघ बनाएको अध्यक्ष पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

मुलकमा कुनै हालतमा संघीयता राम्रो नहुने भन्दै सम्मेलनले संघीयताको बिरोध गरेको छ ।

सम्मेलनले आगामी ४ वर्षका लागि पूनः काशिनाथ पोख्रेलको अध्यक्षतामा ३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

समितिको ३ उपाध्यक्ष पदमा जगदिस ढकाल, लक्षमणदेव पाण्डे र कमल खनाल; महासचिवमा राजेन्द्र ढुड्डाना, २ सचिव पदमा जितमान सुनार र विनोद खनाल; कोषाध्यक्षमा तिलक थापा निवाचित भएका छन् ।

त्यसै गरी केन्द्रीय सदस्यहरुमा वावुराम पन्थि-अर्घाखाँची; दुर्गा भुषाल-प्यूठान; शशी सापकोटा-कपिलबस्तु; विशाल पहाडी-मोरड्ड; रामेश्वर न्यौपाने-कचनपूर; कमल कार्की-काठमाण्डौ; कल्पना वराल-कैलाली; जालीपा राना मगर, टेकहादुर घर्ती मगर-बाग्लुड्ड; धिरेन थापा-सुर्खेत; खुम राना मगर-स्याड्डजा; वाबुराम आचार्य-रुपन्देही; तारा कुंवर-गल्मी; कृष्ण राना मगर-दाड्ड; प्रभु यादव-पर्सा; कविराज खत्री-दैलेख; लाकबहादुर राना मगर-वर्दिया; मेघनाथ विष्ट-रोल्पा; दिपक गुरुड्ड-कास्की; धर्मिसंह वम-डोटी; माधव थापा-ललितपूर रहेका छन् । त्यस्तै ४ वैकल्पिक सदस्यहरुमा गंगा खड्का-सिन्धुली; लक्ष्मि न्यौपाने-रुपन्देही र तेजेन्द्र क्षेत्री-वाग्लुड्ड रहेका छन् ।

-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?