Inside

All Time Top 50 News

न्यू योर्कमा विश्व साईकल यात्री शेर्पालाई किरात राईहरुद्वारा सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Jayanti Chamling Rai   
Monday, 17 August 2009 21:08

न्यू योर्क - नेपालको गौरव विश्व साईकल यात्री फुर्टेम्बा शेर्पालाई सम्मान गर्ने र बधाई दिने लहरै चलेको बेला संयुक्त किरात राई अर्गनाईजेशन अमेरिका (UKROA) न्यू योर्क च्याप्टरले पनि अगस्ट १५ मा बधाई र सफलताको कामना गर्दै सम्मान गर्यो।
UKROA members and Furtemba at his reception in New York. Photos: Sukharaj Rai


न्यू योर्क च्याप्टरका अध्यक्ष प्रभाकर राईले नेपाली झन्डा भएको टोपी र केन्द्रिय अध्यक्ष शिवकुमार राईले किराती राई पोशाक 'भोटो' प्रदान गरि शेर्पालाई सम्मान गरे भने पम्फा राईले राई सास्कृतिक कार्यक्रमको भिडियो सिडी दिएर सम्मान गर्नु भयो। सोही कार्यक्रममा गायीक पुजा राई लगायत विभिन्न ब्यक्तिहरुले परम्परागत ओढाई सम्मान गरेका थिए।
शेर्पालाई भोटो प्रदान पछि हात मिलाउदै UKROA का केन्द्रिय अध्यक्ष शिवकुमार राई Photos: Sukharaj Rai

रुजभेल्ट ऐभिन्यु ६२ स्टि्रट माउण्ट कैलाश बफेटमा आयोजित कार्यक्रमा ४६ वटा देशको भ्रमण गरिसकेका साईकल यात्री शेर्पाले नेपाललाई विश्वमा चिनाउने र पर्यटन क्षेत्रको विकाशमा सहयोग पुर्याउने उदेश्यले आफनो साईकल यात्रा जारी रहेको बताउनु भयॊ। साथै उहाले विश्व शान्ति र स्वच्छ वातावरणको सन्देश दिन चाहेको कुरा पनि थप्नु भयो।
शेर्पालाई टोपी प्रदान गर्दै न्युयोर्क च्याप्टरका अध्यक्ष प्रभाकर राई Photos: Sukharaj Rai

त्यस्तै, सम्मान गर्ने क्रममा अमेरिकामा रहेका नेपाली संघ संस्थाहरु शेर्पा किदुक, याक्थक चुम्लुङ, हेवन्दी पाथले पनि शेर्पालाई सम्मान गरिसकेको छ।
शेर्पालाई राई सास्कृतिक कार्यक्रमको भिडियो सि डी प्रदान गर्दै पम्फा राई Photos: Sukharaj Rai

नेपालीले मात्र होईन न्यू योर्क शहरका उपमेयर रोबर्ट लिबरले पनि शेर्पालाई प्रमाणपत्र सहित सम्मान गर्नु भएको छ। उपमेयर लिबरले न्यू योर्कमा प्रदुशन बढिरहेको बताउदै यसको रोकथाम र स्वच्छ वातावरणको लागी साईकल यात्राले सन्देश दिएको बताउनु भयो।
सन् २००३ डिसेम्बर २६ काठमाडौदेखि साईकल यात्रा शुरु गर्नु भएको शेर्पाले एक महिना पछि क्यानडाको यात्रा शुरु गर्ने जानकारी दिनु भयो।
-Jayanti Chamling Rai in New York.
विश्व साईकल यात्री शेर्पा र गायिका पुजा राई Photos: Sukharaj Rai

विश्व साईकल यात्री शेर्पा र कलाकार योशधा राई Photos: Sukharaj Rai

विश्व साईकल यात्री शेर्पा र कलाकार सुजता राई Photos: Sukharaj Rai

विश्व साईकल यात्री शेर्पा र कलाकार वसन्ती राई Photos: Sukharaj Rai

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.