Inside

All Time Top 50 News

शान्ती र प्रदुशण मुक्त विश्वकालागी नेपाली युबा फुर्तेम्बा शेर्पाको विश्व साइकल यात्रा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 30 June 2009 20:51

काठमाण्डौ - साढे पाँच बर्ष पहिले विश्व साइकल यात्रा थालेका नेपाली युवा फुर्तेम्बा शेर्पाले साइकल यात्रालाई फेरि निरन्तरता दिने भएका छन् ।

Furtemba Sherpa at the reception and farewell program in Kathmandu. Photos: Sitaram
यही जुलाई ३ तारिखदेखि यी नेपाली युवाको साइकल यात्रा नर्थ अमेरिकाबाट सुरु हुने भएको छ । विश्वमा शान्ति स्थापना तथा प्रदुषण रोक्नकालागि आफूले साइकल यात्रा थालेको उनले बताएका छन् । नेपाली सपुत सगरमाथाका प्रथम विश्व विजयी तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीको संझनामा स्थापना गरिएको 'मे २९ मेमोरियल ट्रष्ट' ले उनको सफलताको कामना गर्दै विदाई गरेको छ ।

 

Courtesy: Furtemba.com
सोमबार असार १५ मा आयोजित स्वागत तथा विदाई कार्यक्रम एक जना लामा धर्मगुरुको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । धर्मगुरुले लामो मन्त्रोच्चारण गरेर उनको यात्रा सफलताको कामना गरेका थिए ।
संखुवासभा माम्लिङ्ग गाविसका फुर्तेम्बाले साढे पाँच बर्षअघि अधिकांस एसियाली मुलुकहरुको साइकल यात्रा गरेका थिए । सरकार माओवादीबीच द्धन्द चुलिएकाबेला भएको उनको साइकल यात्रा मुलत शान्तिकालागि केन्द्रित थियो । सन् २००३ डिसेम्बरदेखि सुरु भएको उनको साइकल यात्राको पहिलो चरण सन् २००८ नोभेम्बरमा सकिएको थियो । त्यसबेला उनी ४६ देशको साइकल यात्रा गरेर नेपाल फर्केका थिए । यसै हप्ता नर्थ अमेरिकाबाट सुरु हुने साइकल यात्राको दोश्रो चरणमा उनले विश्वका ८५ देश घुम्ने योजना बनाएका छन् ।

 

धर्मगुरुद्धारा सफलताको कामना गर्दै मन्त्रोच्चारण

 

यात्राका दुख सुख

 

'पहिलो पटक यात्रा सुरु गर्दा जम्मा १६ देश घुमेर फर्कन्छु भन्ने सोचेको थिएँ तर ४६ देश घुम्न सकें' फुर्तेम्बाले कार्यक्रममा सुनाए- 'पहिलो यात्राकै क्रममा खाडी देशको भ्रमणमापनि जाने योजना बनाएको थिएँ तर सकिन ।' पहिलो यात्राका क्रममा बेहोर्नुपरेका हण्डर र अप्ठेराले उनको खाडी यात्रा रोकेको थियो । यात्राकै क्रममा उनी क्याम्बोडियामा आक्रमणमा परेका थिए । उनको साथमा रहेको रकम लुटियो । साथै साइकलपनि । त्यसपछि उनी सिङ्गापुर, लाओस, ब्रुनाई हुँदै फिलिपिन्स पुगे । तर आफ्ना सहयोगीहरुले दिएको साइकल त्यहाँपनि लुटियो ।
कम्बोडियामा नराम्रोसँग आक्रमणमा परी लुटिएपछि उनलाई भियतनाम नजान सल्लाह दिने विदेशीहरु थुप्रै थिए, यद्यपी उनले हिम्मत हारेनन् । तर सबैभन्दा सुखद यात्रा भने भियतनामकै भयो । उनले भने- 'मपनि बौद्ध धर्माबलम्बी भएकाले र भियनामपनि सायद बौद्ध धर्माबलम्बीहरुको देश भएकाले होला त्यहाँ केही भएन, सबैबाट आत्मीय ब्यबहार प्राप्त भयो साथै सहयोगपनि मैले पाएँ ।' घुम्दै जाँदा कतिपय देशमा रकमको अभाव भयो, रकम जम्मा गर्न काम गरें । र रकम जुटाई फेरि आफ्नो यात्रालाई निरन्तरता दिएं ।"
'मैले साइकल यात्रा सुरु गर्दा नेपालको स्थिति नाजुक थियो, शान्तिकालागि साइकल यात्रा सुरु गरेपनि आफ्नै देशमा शान्ति थिएन' उनले आफ्नो उद्धेश्य सुनाए- 'शान्ति स्थापना गर्नुपर्छ भनेर यात्रा सुरु गरेको हुँ, साइकलबाट यात्रा सुरु गर्नुको कारण विश्वलाई प्रदुषणमुक्त राख्नुपर्छ भनेर हो ।' उनले आफ्नो साइकल यात्राको उद्धेश्य शान्ति स्थापना र प्रदुषणमुक्त विश्वको स्थापना भएपनि यो यात्राले देश र आफ्नो समुदायको इज्जतसमेत बढाउने विश्वास व्यक्त गरे । नर्थ अमेरिकाबाट सुरु हुने अबको यात्रा अफ्रिकासम्म पुग्ने जानकारीपनि दिए ।

 

समुदायको शुभकामना

 

नर्थ अमेरिकाबाट सुरु हुने दोश्रो चरणको साइकल यात्राकालागि त्यसतर्फ जाने तैयारीमा रहेका फुरतेम्बाकालागि स्वागत विदाई तथा सफलताको शुभकामनाकालागि सोमबार राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरियो ।
तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीको स्मृतिमा स्थापना गरिएपनि साइकल यात्रामार्फत् देश र समुदायको इज्जत र ख्याति बढाउन कस्सिएका युवा साइकल यात्री फुर्तेम्बाको उत्साह बढाउन 'मे २९ मेमोरियल ट्रस्ट'ले कुनै कसर बाँकी राखेन । शेर्पा समुदायले फुरतेम्बाको सफलताको कामना गर्दै खादा पहिर्याएर उनलाई बधाई तथा शुभकामना दिए । र, विश्वभरका नेपालीहरुलाई फुर्तेम्बालाई सहयोग गर्न आग्रहपनि गरे ।
कार्यक्रममा बोल्दै संस्कृतिबिद् प्रा. डा. श्यामसुन्दर शेर्पाले नेपालको निर्माण शेर्पा समुदायले गरेको बताउँदै 'यस्तो कार्यक्रमको आयोजना शेर्पा संघ वा शेर्पा समाजले गरेको भए अझ राम्रो हुने थियो' भनी सुझाव दिए । भगवान गौतम बुद्ध, अशोक जस्ता हस्तीहरु शेर्पा भएको दावी गर्दै उनले फुरतेम्बाले सुरु गरेको साइकल यात्राले शेर्पा समुदायको गौरबलाई अरु उचो बनाउने काम गरेको दावी गरे । शेर्पाहरु यो देशका सबैभन्दा पुराना आदिवासी भएको आफ्नो अध्ययनले देखाएको उनको दावी थियो ।

 

Prof. Shyamsunder Sherpa. Photos: Sitaram
शेर्पा विद्यार्थी संघका महासचिवले साइकल यात्रा सुरु गरेर आफ्नो समुदायको इज्जत राखेकोमा फुर्तेम्बाप्रति आभार व्यक्त गरे ।
नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पाले शेर्पा जाति संसारमै सबैभन्दा दुख गर्न सक्ने जाति भएको बताइन् । 'दुख गरेरै विश्वको सर्वोच्च शिखर सगरमाथा चढी शेर्पाहरुले गिनिज बुकमा नाम लेखाउन सफल भएका छन्' उनले भनिन्- 'देश र शेर्पा समुदायको गौरवकालागि शेर्पा दाजुभाईहरुले हरेक कामलाई हामी परिआएकोमा सहयोग गर्छ।' उनले काठमाडौं बसाईका क्रममा आफूले शेर्पाहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिएको दुखेसो पोखिन् । साइकल यात्री फुरतेम्बाले पहिलो चरणको साइकल यात्राको क्रममा व्यहोर्नु परेको दुख दोश्रो चरणको यात्रामा ब्यहोर्न नपरोस् भन्ने कामनापनि उनले गरिन् । उनले भनिन्- 'दोश्रो चरणको यात्रा सकेर यस्तै कार्यक्रम गर्दा सुखैसुखको कुरामात्र सुन्न पाइयोस् ।'

 

US Nepal Media Center President Pasang Dorchi Sherpa. Photos: Sitaram

 

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा पर्वतारोही टासी शेर्पाले सगरमाथा सम्बन्धी सबै रेकर्डहरु शेर्पा समुदायले बनाएको बताउँदै साइकल यात्रा थालेका फुर्तेम्बालेपनि यस्तै कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गरे । 'कीर्तिमानकालागि इच्छाशक्ति चाहिन्छ, यो इच्छाशक्ति शेर्पाहरुसँग छु' पर्वतारोही शेर्पाले भने । कार्यक्रम ट्रष्टका अध्यक्ष निमाछिरिङ्ग शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो भने सन्चालन ट्रष्टका महासचिव तथा यूएस नेपाल अनलाइन डटकमका अध्यक्ष पासाङ्ग दोर्जे शेर्पाले गरेका थिए । अध्यक्ष शेर्पाले शेर्पाहरु पर्यटन व्यवसायमा लागेकाले प्रदुषण मुक्त विश्व शेर्पाहरुको प्राथमिकता भएको बताएका थिए ।

 

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.