Inside

All Time Top 50 News

विश्व साइकल यात्री फूर्तेम्बा शेर्पाको तान्जानियामा भब्य स्वागत, ८१ मुलुकको यात्रा पुरा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Furtemba Foundation   
Thursday, 05 April 2012 18:21

Special: 6 photos: दार-ए-सलाम, तान्जानिया- विश्व शान्ति तथा वातावरण संरक्षणको सन्देश लिएर विश्व भ्रमणमा हिँडेका नेपाली साइकल यात्री फूर्तेम्बा शेर्पा र तान्जानिया सरकारकी वातावरण मन्त्री डा. टेरेजा हुभिजा बीच दार-ए-सलाम स्थित उप-राष्ट्रपति कार्यालयमा भेटघाट सम्पन्न भएको छ ।

 

World Tour Cyclist for Peace and Environment Protection Mr. Furtemba Sherpa from NEPAL with Minister for Environment of Tanzania Dr. Terezya Huvisa in Vice President’s office at Dar es Salaam on April 3, 2012. Furtemba has been travelling since 2003 and has travelled 81 countries so far with a message for world peace, social harmony and environment protection. His mission is to travel 151 countries by year 2020. Photos courtesy: Furtemba Foundation

अप्रिल ३ तारिख भएको भेटघाटका क्रममा शेर्पाले विश्व शान्ति र वातावरण संरक्षणकालागि आफ्नो सन्देश दिँदै तान्जानिया भ्रमणकाक्रममा सेरेङ्गीटी तथा गोरोङ्गोरो लगायतका राष्ट्रिय निकुन्जमा देखिएका वन्यजन्तु तथा वातावरण सम्बन्धि समस्या अवगत गराएका थिए ।

मन्त्री डा. हुभिजाले ती समस्या चाँडै निराकरण गर्न सरकारका तर्फबाट आवश्यक कदम चालिने बताइन् । सो भेटघाटका क्रममा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा अंकित पोष्टर उपहार स्वरुप मन्त्री डा. हुभिजालाई प्रदान गरेका थिए । मन्त्री हुभिजाले शेर्पालाई यही सन् २०१२ मा ब्राजिलको रियो द जेनेरियोमा हुने पृथ्वी सम्मेलनमासमेत भाग लिन आग्रह गरिन् ।

यस अघि गत मंगलबार चैत्र १४ का दिन साइकल यात्री शेर्पाले यहाँस्थित परराष्ट्र मन्त्रालयमा एशिया क्षेत्र हेर्ने उप-निर्देशक रोगाटिस सायोसँगसमेत आफ्नो सन्देशसहित भेटवार्ता गरेका थिए । भेटका क्रममा उप-निर्देशक सायोले तान्जानियामा कार्यरत नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको र आपसी समन्वय तथा दुई पक्षिय हितकालागि तान्जानियामा नेपाली सम्पर्क नियोगको आवश्यकता औंल्याउँदै सो कुरा नेपाल सरकार समक्ष पुर्याइदिन आग्रह गरेका थिए ।

World Tour Cyclist for Peace and Environment Protection Mr. Furtemba Sherpa from NEPAL with International School of Tanganyika (IST) Princial Mr. Thomas Pado in Dar es Salaam. Photos courtesy: Furtemba Foundation

साइकल यात्री शेर्पा सन् २००३ मा विश्व शान्ति तथा वातावरण संरक्षणको सन्देश बोकेर विश्वका १५१ मुलुकको यात्रामा निस्किएका हुन् । हालसम्म उनले तान्जानियासहित ८१ मुलुकको यात्रा पार गरि सकेका छन् । आफूले सन् २०१४ सम्ममा अफ्रिकी महादेशको यात्रा पुरा गर्ने र सन् २०२० सम्म विश्वका १५१ मुलुकको यात्रा सम्पन्न गर्ने शेर्पा बताउँछन् । साइकल यात्राको क्रममा फाल्गुन ४ गते बुरुण्डीहुँदै तान्जानिया प्रवेश गरेका शेर्पाले सेरेङ्गीटी तथा गोरोङ्गोरो राष्ट्रिय निकुन्जसहति ५८९५ मिटर अग्लो अफ्रिकाको अग्लो शिखर माउण्ट किलिमन्जारोको आधार शिविर क्षेत्रकोसमेत भ्रमण गरेका थिए । भ्रमणका क्रममा अरुषा क्षेत्रस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा कार्यरत नेपाली परिवारसँगसमेत शेर्पाले भेटघाट गरेका थिए ।

Furtemba Sherpa from NEPAL being welcomed in Dar on Sunday by EGOTEL Tanzania Country Manager Mr. Bharat Rijal along with other Nepalese communities. Photos courtesy: Furtemba Foundation

दार-ए-सलाम पुग्दा फाल्गुन २८ मा यहाँ कार्यरत नेपालीहरुको समुहले शेर्पाको भव्य स्वागत गरेका थिए । उक्त स्वागत समारोहमा शेर्पाको यात्रा सम्बन्धि वृत्तचित्र प्रदर्शन गरिनुकासाथै शेर्पाको आगामी यात्राकोलागि शुभकामना प्रदान गरिएको थियो ।

World Tour Cyclist Furtemba Sherpa from NEPAL  visiting International School of Tanganyika (IST) in Dar es Salaam. Photos courtesy: Furtemba Foundation

गत चैत्र १७ गतेका दिन यहाँस्थित विश्व विख्यात उच्च माध्यामिक विद्यालय, International School of Tanganyika को निमन्त्रणामा शेर्पाले सो स्कूलको भ्रमण गर्नुकासाथै स्कूलका शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुसँग आफ्नो सन्देश प्रदान गर्नुकासाथै अन्र्तकि्रयासमेत गरेका थिए ।

Furtemba with students of International School of Tanganyika (IST) in Dar es Salaam. Photos courtesy: Furtemba Foundation.

शेर्पाको सम्मानमा उनको यात्रा सम्बन्धि वृत्तचित्र प्रदर्शनको क्रममा करिब ६०० विद्यार्थीले अचानक उठेर ताली बजाई उनको स्वागत गर्दै हौसला प्रदान गरेका थिए । 'मैले करिब ५० मुलुकका यो स्कूलमा पढ्ने विद्यार्थी भेटें उनीहरुको सम्मानबाट म निकै गौरवान्वित र भावुक महसुस गरेको छु ।' कतिपय शिक्षक तथा विद्यार्थीले आफूले विगतमा नेपाल भ्रमण गरेको र नेपालकॊ सम्झना आइरहने कुरा शेर्पा बताउँछन् । समारोहमा स्कूलका प्रिन्सिपल थोमस पाडोले शेर्पालाई सम्मानपत्र प्रदान गरेका थिए भने साइकल यात्री शेर्पाले सगरमाथा अंकित पोष्टर उपहार स्वरुप स्कूललाई प्रदान गरेका थिए ।

Furtemba with students of International School of Tanganyika (IST) in Dar es Salaam. Photos courtesy: Furtemba Foundation.

यसैबिच, दार-ए-सलाममा नेपाली समाज तथा स्थानीय नागरिकको आफूलाई अमूल्य सहयोग प्राप्त भएको र यहीबाट आफूले आगामी यात्राकोलागि मलावी, जाम्बिया तथा दक्षिण अफ्रिकालगायतको भिसा प्राप्त गरिसकेको र जिम्बाब्वेको भिसाकोलागि प्रतिक्षारत रहेको शेर्पा बताउँछन् । जिम्बाब्वेको भिसा प्राप्त हुनासाथ आफ्नो यात्रा जारी राख्ने र दक्षिण अफ्रिका पुगी आसपासका मुलुकको यात्रा गरी नामीविया हुँदै अन्य अफ्रिकी मुलुकतर्फ लाग्ने शेर्पाको योजना रहेको छ ।

विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाको यात्राको विस्तृत जानकारीकोलागि www.furtemba.org अवश्य हेर्नुहोला ।

-Furtemba Foundation

 

Read related news:

-http://usnepalonline.com/furtembasherpa/

-

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.