Inside

All Time Top 50 News

बिश्व साइकल यात्री फूर्तेम्बा शेर्पाको दक्षिण अमेरिकि मुलुक हेटिमा नेपाली शान्ती सेनाद्वारा भब्य स्वागत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Laxman Karki   
Monday, 28 December 2009 21:30

Exclusive 7 photos: हेटि- 'बिश्व शान्ति तथा बातावरण संरक्षण' को नारा लिई ७ बर्ष अघी बिश्व साइकल यात्रामा निस्केका वीर नेपाली यूवा फूर्तेम्बा शेर्पा डिसेम्बर १४ मा क्यारिवियन राष्ट्र हेटीमा आइपूग्दा शान्ति स्थापनार्थ खट्टिएका नेपाली सेनाद्वारा स्वागत तथा सम्मान गरिएको थियो भने डिसेम्बर २८ मा ५१ औ राष्ट्र हेटिको यात्रा पुरा गरी ५२ औ राष्ट्र डोमिनिक रिपब्लिकतर्फ प्रस्थान गर्नूभयो । सो अवसरमा श्री चन्दननाथ गण १० औ डफ्फाले बिदाई गरेको थियो ।


World Tour Cyclist Furtemba Sherpa being scorted and welcome by Nepalese Peace Keeping Force in Haiti. Photos: Laxman Karki


बिश्व साइकल यात्री फूर्तेम्बा शेर्पाले संयूक्त राष्ट्र संघिय मिशन मिनुस्टाका फोर्स कमान्डर MAJ GEN FLORIANO PEIXOTO VIEIRA NETO संग भेटघाट गर्नू भएको थियो । सो अवसरमा फोर्स कमान्डरले विश्व साईकल यात्राको सफलता तथा निरन्तरताको कामना गर्दै बधाई दिनू भएको थियो भने विश्व साईकल यात्री शेर्पाले फोर्स कमान्डरलाई शान्तिको लोगो अंकित खादा ओढाइ सम्मान गर्नू भएको थियो ।

 

सोही अवसरमा मिनुस्टा मिशनमा नेपालको कन्टिन्जेन कमान्डरको म.से. रतिन्द्र खत्री तथा अन्य सहभागी अधिकृतहरुसंग भेटघाट तथा छलफल गर्नू भएको थियो । विश्व साईकल यात्री फूर्तेम्बा शेर्पालाई श्री शेर गण) छैठौ डफ्फाले हेटिको राजधानी पोर्ट औ प्रिन्सस्थित चार्ली क्याम्पमा उक्त गणका गणपति प्र.से. प्रकाश आचार्य तथा गण परिवारबाट स्वागत तथा बिदाई गर्नू भएको थियो ।

 

Furtemba was being greeted by the army commander


उक्त डफ्फाको बिदाई पश्चात बिश्व साइकल यात्री शेर्पा श्री चन्दननाथ गण तैनाथी हेटिकै मिरावलेमा पौष ७ गते पूग्दा स्वागतको निमित्त प्रतिक्षारत चन्दननाथ गणका गणपति लगायत सकलदर्जाहरुले बाजागाजा, फुलमाला तथा अविरले स्वागत गरेका थिए ।

बिश्व साइकल यात्री फूर्तेम्बा शेर्पा साइकल यात्रामा निस्केको ६ बर्ष पूरा भई सातौ बर्षमा प्रवेश गरेकॊ उपलक्ष्यमा श्री चन्दननाथ गणले आयोजना गरको स्वागत तथा सम्मान कार्यक्रममा सोही गणको ब्यान्ड टुकडिले उहाँलाई स्टेजसम्म मार्च गराएको थियो । सो अवसरमा गणपति प्र.से. मोहन प्रतापिसंह कार्कीले खादा तथा फुलमाला लगाई सम्मान गर्दै 'नेपाल र नेपालीका वीर सपूत, शाहासिक योद्धा नेपाल र नेपालीलाई बिश्व सामू चिनाउने एक वीर पूरुषको रुपमा रहेका बिश्व साईकल यात्री फूर्तेम्बा शेर्पालाई स्वागत गर्न पाउदा हामी श्री चन्दननाथ गण १० औ डफ्फा खूशी तथा आभारी भएकाछौं भन्दैं गणको सकलदर्जाहरुकोतर्फबाट यस महान कार्यको सफलताको लागि स्वागत तथा शूभकामना मन्तव्य व्यक्त गर्नू भयो । सो अवसरमा गण परिवारले विविध सास्कृतिक कार्यक्रमको प्रर्दशन गरेकेा थियो ।

 



सो अवसरमा बिश्व साइकल यात्री शेर्पाले 'बिश्व शान्ति तथा बातावरण संरक्षण' को लोगो अंकित खाता गणपति प्र.से. मोहनप्रताप िसंह कार्कीलाई ओढाइ शान्ति तथा बातावरण संरक्षणप्रति कटिबद्ध रहन आग्रह गर्नूभयो । शेर्पाले यात्राको शिलसिलामा भोगेका कठिनाई तथा रोमान्चक क्षणहरुको स्मरण गराउनू हूदैं नेपाली सेनाले अन्तरराश्ट्रिय क्षेत्रमा शान्ति स्थापनाको निमित्त गरेको कार्यहरुले नेपाल र नेपालीको शिर सदैंव उच्च राखेको भनि शेर्पाले नेपाली सेनाप्रति आभार तथा धन्यवाद प्रकट गर्नूभयो ।

शेर्पाले श्री चन्दननाथ गणले स्थानीय बासिन्दाहरुलाई गरेको सिमिक एक्सन कार्यक्रममा सहभागी भई स्थानीय बालबालिकाहरुलाई सहयोग समेत प्रदान गर्नूभयो । बिश्व साईकल यात्री शेर्पा डिसेम्बर २८ मा ५१ औ राष्ट्र हेटिको यात्रा पुरा गरी ५२ औ राष्ट्र डोमिनिक रिपब्लिकतर्फ प्रस्थान गर्नूभयो । सो अवसरमा श्री चन्दननाथ गण १० औ डफ्फाले बिदाई गरेको थियो ।

 



सो बिदाई कार्यक्रममा बिश्व साइकल यात्री शेर्पाले 'शान्तिको निमित्त नेपाली जनतालाई सचेत तथा साईकल प्रति मोह जगाई बातावरण संरक्षण गर्ने उद्धेश्यले २०१० को जनवरीमा काठमाडौंको ठमेलबाट बौद्धसम्म साईकल र्याली हूने उक्त र्यालीमा सहभागी हूनेहरु मध्ये ३ जनालाई लक्की ड्रद्वारा साईकल पूरस्कृत गरिने साथै 'प्रकृतिले भरिपूर्ण नेपालको भ्रमण गरौ एक पटकको भ्रमण मात्रले नेपालको यात्रा पूर्ण हून सकिदैन' भन्ने सन्देश सहित "नेपाल भ्रमण वर्ष २०११" मनाउन लागिएकोसमेत जानकारी गराउनू भयो ।

-Laxman Karki in Haiti

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:






Furtemba with Nepal Army officers in Haiti. Photos: Laxman Karki

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.