Inside

All Time Top 50 News

न्यू योर्कमा फर्केका विश्व साकल यात्री फुर्तेम्बा शेर्पाद्वारा ७१ राष्ट्रहरुको भ्रमणको अनुभब सुनौं PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 01 April 2011 07:00

Exclusive: 1 video, 5 photos: न्यू योर्क- विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा दक्षिण अमेरिकि २३ मुलुकहरुको भ्रमण सकेर अफ्रिकी महादेशका ३६ मुलुकहरुको ३१ महिने भ्रमणमा हान्निनु अघि पासपोर्ट नबिकरण गर्न फेरी न्यू योक शहर आई पुगेकाछन्। हेर्नुहोस् उनले बाँडेको अनुभबको युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट:

World Tour Cyclist Furtemba Sherpa in New York, March 29, 2011



 

विश्व साइकल यात्री शेर्पाले 'विश्व शान्ती र बातावरण बचाऔं' भन्ने नाराकासाथ हालसम्म एशिया, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिकालगायतका ७१ मुलुकहरुको साकल यात्रा पुरा गरिसकेका छन्।


World Tour Cyclist Furtemba Sherpa in New York on March 29, 2011. Photos: eEyeCam.com

उनी अहिले नेपाल सरकारद्वारा जारी गरिन थालेको मेसिनले पढ्न सक्ने नयाँ पासपोर्ट (Mecine readable passport-MRP) नबिकरण गर्न न्यू योर्क आइ पुगेका हुन्।

नयाँ पासपोर्ट नबिकरणकोलागि न्यू योर्क फर्किएका फुर्तेम्बा शेर्पाले आफ्ना दक्षिण अमेरिकि भ्रमणका प्रायोजक मित्रहरु र नेपाली मिडियालाई आफ्नो दक्षिण अमेरिकि मुलुकहरुको भ्रमण गर्दाको रोमान्चक र कहाली लाग्दो साइकल यात्राको झन्डै दुई घण्टा लामो बेलिबिस्तार सुनाएका थिए।

भेटघाट कार्यक्रम गत मंगलबार (मार्च २९) मा न्यू योर्कको ज्याक्सन हाइट्सस्थित ए-वान ग्लोबल नेपाली ग्रोसरीको सभा कक्षमा आयोजना गरिएको थियो।

न्यू योर्कका नेपालीहरुको सकृयतामा विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाको सहयोगार्थ सन् २००९ को अक्टोबरमा साँस्कृतिक साँझको आयोजना गरी ५ हजार १३० डलर सहयोग प्रदान गरिएको थियो भने बाँकी अपुग खर्च मिङ्मार शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, कामी शेर्पालगायतका न्यू योर्कबासी मित्रहरुले प्रायोजन गर्ने प्रतिबद्दता जनाएका थिए।

त्यसै भएर होला, दक्षिण अमेरिकाको भ्रमण सकेर न्यू योर्क आइ पुगेका विश्व साइकल यात्री फुर्तेम्बा शेर्पालाई आफ्नो सामू पाएका कामी शेर्पाले सगर्ब भने- "फुर्तेम्बाले साइकल चढ्यो तर त्योभन्दा बढी मैले चढे जस्तो लागेको छ।"


Kami Sherpa, one of the co-sponsors of Furtemba Sherpa's South American tour. Photos: eEyeCam.com

उता शेर्पा किदुग अमेरिकाका पुन: निर्बाचित अध्यक्ष छोङ्बा शेर्पा भन्दै थिए- "फुर्तेम्बा शेर्पा हामी शेर्पाहरुको प्रतिभा मात्र होइन सबै नेपाली नेपाली मिलेर सहयोग गर्नु पर्‍यो।" उनले आफ्नो संस्थाले बिगतमा सहयोग गरेको बताउँदै भबिश्यमा पनि सक्दो सहयोग गर्ने आश्वासन दिए।


Chhongba Sherpa, president, Sherpa Kyidug USA. Photos: eEyeCam.com

कलाकार शैलेश श्रेष्ठको भनाइ पनि झन्डै उस्तै थियो । उनले न्यू योर्कमा ३५/३६ वटा नेपाली संघ संस्थाहरुछन्। सबैले २०० डलर मात्र सहयोग गरे पनि नेपाल र नेपालीको सुकिर्ती फैलाउन हिंडेका फुर्तेम्बा शेर्पाको भावी यात्रामा सहयोग पुग्न सक्ने धारणा राखे।


Actor Shailesh Shrestha. Photos: eEyeCam.com

केशबराम राइको भनाइ पनि सबै संस्थाहरु र न्यू योर्कबासी मिलेर विश्व साइकल यात्री शेर्पालाई सहयोग गर्नु पर्ने भन्ने नै रह्यो।


Keshabram Rai. Photos: eEyeCam.com

भेटघाट कार्यक्रममा फुर्तेम्बा शेर्पाले अमेरिकामा आफ्नो नाममा फुर्तेम्बा शेर्पा फाउन्डेसन स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि खुलाशा गरे।

अझ उनको अफ्रिका महादेशको यात्राकोलागि एक अमेरिकि प्रायोजकले ५ हजार डलर सहयोग गर्ने आश्वासन पाएको सुखद खबर पनि उनले सुनाए।


World Tour Cyclist Furtemba Sherpa in New York on March 29, 2011. Photos: eEyeCam.com

फुर्तेम्बाको हालसम्मको मिडिया पार्ट्नर प्रेस चौतारी डटकमका प्रधान सम्पादक प्रसान एलुङ राइले कार्यक्रमको सन्चालन गरेका थिए।


Prashan Yelung Rai, Chief Editor, PressChautari.com. Photos: eEyeCam.com

विश्व साइकल यात्री शेर्पाले उप्रान्त सबै नेपाली मिडियालाई आफ्नो विश्व शान्ती र बातावरण जागरण अभियानमा मिडिया पार्टनर बन्न खुल्ला गरिएको युएस नेपाल अनलाइनलाई जानकारी गराए।


New Yorker Nepalese with World Tour Cyclist Furtemba Sherpa in New York on March 29, 2011. Photos: eEyeCam.com

विश्व साइकल यात्री शेर्पा ४६ देश घुमी सकेर सन् २००९ को जुलाईमा अमेरिका आइ पुगेका थिए। यो उनको ४७ औं देश थियो। उनी अमेरिकाबाट सन् २००९ को डिसेम्बरमा दक्षिण अमेरिकि मुलुकहरुको भ्रमणमा निस्किएका थिए।

संखुवासभा माम्लिङ्ग गाविसका फुर्तेम्बाले ७ बर्षअघि अधिकांस एसियाली मुलुकहरुको साइकल यात्रा गरेका थिए । सन् २००३ डिसेम्बरदेखि सुरु भएको उनको साइकल यात्राको पहिलो चरण सन् २००८ नोभेम्बरमा सकिएको थियो । त्यसबेला उनी ४६ देशको साइकल यात्रा गरेर नेपाल फर्केका थिए ।

थप अपडेटकोलागि युएस नेपाल अनलाइनको विश्व साइकल यात्री फुर्तेम्बा शेर्पासम्बन्धी बिशेष रिपोर्ट सेक्सन हेर्नुहोस्:

http://usnepalonline.com/furtembasherpa/

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read more about World Tour Cyclist Furtemba Sherpa:

http://usnepalonline.com/furtembasherpa/

-न्यू योर्कमा फर्केका विश्व साकल यात्री फुर्तेम्बा शेर्पाद्वारा ७१ राष्ट्रहरुको भ्रमणको अनुभब सुनौं
-विश्व साइकल यात्री नेपाली फुर्तेम्बा शेर्पा ७१ औं राष्ट्र मेक्सिकोमा ५ सय साइकल यात्रीसंग रमाउँदै
-विश्व साइकल यात्री फूर्तेम्बा शेर्पाको दक्षिण अमेरिकि मुलुक हेटिमा नेपाली शान्ती सेनाद्वारा भब्य स्वागत
-न्यू योर्कमा विश्व साइकल यात्री फुर्टेम्बा शेर्पाद्वारा सहयोगीहरुप्रति आभार ब्यक्त

-Live: World Cyclist Furtemba Sherpa in New York: 2009, Nov. 14, 8-10 pm EST
-न्यू योर्कमा विश्व साइकल यात्री फुर्टेम्बा शेर्पालाई ५ हजार १ डलर सहयोग प्रदान
-न्यू योर्कमा विश्व साईकल यात्री शेर्पालाई किरात राईहरुद्वारा सम्मान
-शान्ती र प्रदुशण मुक्त विश्वकालागी नेपाली युबा फुर्तेम्बा शेर्पाको विश्व साइकल यात्रा

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.