| मृत्युलाई छल्दै फेरी भाषिक आन्दोलनमा |
|
|
|
| Written by Amrit Yonjan-Tamang | |||
| Friday, 05 June 2009 00:55 | |||
|
मेरो मुटुको अप्रेसन - यथार्थता र अनुभूतिहरु आभार सहित काठमाण्डौं - मेरो कठीनतम् क्षण भनेको त्यो दिन विहिबार बेलुकीदेखि सोमबार विहानसम्मको अवधि रहे । म चुपचाप बेडमा पल्टेर सोमबार पर्खी रहें ।
हालै मेरो मुटुको सल्यकृया बाइपास सर्जरी सम्पन्न भएको छ । म ३ मे २००९ (बैसाख २० २०६६) आइतवार बेलुकी स्वास्थ्य चेकअपको लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको इमर्जेन्सीमा पुगेको थिएं।यस केन्द्रका डा. युवराज लिम्बूको सकि्रयतामा विविध जाँच पछि अवलोकनार्थ मलाई सिसियु (CCU - Cardinal Care Unit) मा भर्ना हुन सल्लाह दिए अनुसार भर्ना भएं । मे ७ को विहान एनजिओग्राफ मार्फत जाँच भयो र ११ मे २८ बैसाख सोमबारका दिन विहान मेरो मुटुको सल्यकृया सम्पन्न भयो । यसपछि १७ मे मा डिसचार्ज भयो र २४ मे का दिन बाँकी रहेका टाँका काटने कार्य पनि सम्पन्न भएको छ । अब एक महिनापछि अर्थात् २६ जुन शुक्रबारका दिन अस्पतालमा जानु छ र सोही दिनदेखि मेडिकल डाक्टरको निर्देशनमा औषधी खानु पर्नेछ। माथि भनिए झै डा. युवराज लिम्बूको पहलमा नै ७ मे विहिबारको विहान एनजिओग्राफबाट मेरो मुटुको जाँच भयो र सो एनजिओग्राफको रिपोर्ट अनुसार अप्रेसन अतिछिटो गर्न आव्रश्यक देखिएपछि डा. लिम्बूले सर्जिकल डाक्टरको टिमलाई सल्यकृयाको लागि हस्तान्तरण गरेछन् । सोही दिन साँझ सर्जन डा. रामेश कोइरालाको टोलीले मेरो अगाडि नै परिवारका सदस्यहरु- कान्छा छोरा गेसाङ (सजक), छोरी साङमो र भतिजो तेजलाल योन्जनलाई निम्न कुरा भनेका थिए - १. आउँदो सोमबार विहान ६ बजे तपाईको मुटुको बाइपास अप्रेसन हुन्छ । यस प्रकारको अप्रेसन ९५% सफल भएको छ, सफल हुन्छ । असफलताको सम्भावना ५% मात्र हुन्छ । २. मुटुको मूल नसामा रगतको ढिक्का देखिएकोले यसको लागि अप्रेसन गरिनेछ र यसका लागि देब्रे खुट्टाको नसा काटेर डाइभस्रन बनाउनु पर्ने हुन्छ । ३. यो अप्रेसन आउँदो १५ वर्ष सम्मका लागि हुनेछ र केही थप वर्ष रोगीको खानपिनको व्यवहारमा निर्भर हुनेछ । पछि पनि अप्रेसन गर्न सकिनेछ । ४. मुटुरोग विशेषज्ञको सल्लाह र निर्देशनमा जीवनभरि औषधी खानु पर्नेछ । ५. अप्रेसन कक्षमा पुग्दासम्म पनि हर्ट अटुक हुन सक्ने सम्भावना रहन्छ । यो अवधि जोखिमपूर्ण छ । यस अवस्थामा हामी केही गर्न सक्दैनौं । ६. अप्रेसनको लागि 'बी पोजिटिभ' भएको ५ पोका ताजा रगत चाहिन्छ र थप २ जनालाई स्टान्डबाइ राख्नु पर्नेहुन्छ । अप्रेसन अगाडि नै रगतको म्याच गरिसकेर तयारी अवस्थामा हुनुपर्छ। ७. आइतवार सम्ममा १ लाख ८० हजार रुपिया जम्मा गर्नु पर्नेछ आदि आदि । यत्ति भने पछि डाक्टरको टोली हिडे । छोरा गेसाङले डाक्टरले भनेका पहिलो २/३ हरफ पनि सुन्न सकेन र भावुक भएर ऊ बाहिर निस्केको थियो । मैले छोरी साङमोलाई भनें - 'आवश्यक पैसा र रगतको व्यवस्था गर ।' रगतको लागि ५ जना सकि्रय आफन्तको नाम टिपाएं अनि भनें - 'उनीहरुलाई जिम्मेवारी दिए रगतको लागि सहयोग गर्छन् ।' अन्य कुनै राय सल्लाह दिइन र कुराकानी पनि गरिन । मेरो कठीनतम् क्षण भनेको त्यो दिन विहिबार बेलुकीदेखि सोमबार विहानसम्मको अवधि रहे । सर्जन डा. रामेशले मेरै अगाडि सो अवधिमा कुनै पनि बेला हर्ट अटुक (हृदयाघात) हुन सक्दछ भनेका थिए । म चुपचाप बेडमा पल्टेर सोमबार पर्खी रहें । यताउता हिडडुल गर्न सम्भवै भएन । यस अवधिमा विभिन्न प्रकारका विचारहरु मनमा आइनै रहे पनि कुनै पनि विचारलाई जम्न दिइन । क्षणक्षणमानै उडाइ रहें । शारीरिक चहलपहल हुँदा वा मनमा कुरा खेलाउदाँ अर्थात् मानसिक तनाव भएर हृदयाघात हुने खतरा जो थियो । शान्त रहने प्रयास गरें । हृदयाघात भनेको मुटुको नसा पुरै वन्द हुने अवस्था रहेछ । उतिखेर डाक्टरको भनाइबाट परिवारका सदस्यहरुलाई के कस्तो प्रभाव पर्यो मैले सोचिन र सोधिन पनि । सो अवधिमा मैले मानसिक तनाव बढाउनु ठीक थिएन । पछि, अहिले थाहा पाएँ -अप्रेशनको कुराले परिवारमा निकै ठूलो झडका लागेछ, डरत्रासले कामे छन् र रुवावाससमेत भएछ । उनीहरुलाई सम्झाउन बुझाउन आफन्तजन र छिमेकीहरुले निकै सहयोग गरेछन् । जेठो छोरो ग्याल्पो अध्ययनको क्रममा अमेरिकाको वेस्ट भर्जिनियामा रहेकोले उनलाई पनि समयमा सूचना प्रेषित गर्ने आँट गरेनछन् र ऊ आफैंले सोधखोज गर्दा पनि प्रष्ट जानकारी दिइएनछ र अप्रेसनको सफलता पछि मात्र यर्थाथ जानकारी दिएछन् । अप्रेसनको लागि आवश्यक रकम परिवारजनले समयमै जुटाएछन् । रगतको लागि साथीहरुले निकै सकि्रयता देखाएछन् । धेरै आफन्त मित्रहरु रगत दिन तयार भएका रहेछन् । अप्रेसनको दिन ठूलो संख्यामा परिवारका सदस्यहरु, आफन्तहरु, शुभचिन्तकहरु भेला भएर, धार्मिक स्थलहरुमा समेत गएर मंगलमय शुभकामना व्यक्त गरेका रहेछन् । सोमबार विहान ६ नबज्दै मलाई अप्रेसन हलतिर लादा नै कतिपय आफन्तलाई मैले भेटेको थिएं । प्रेसका मित्रहरु विशेष गरी बुद्ध योन्जन (सगरमाथा एफएम), विष्णु मोक्तान (तामाङसमाज डटकम) र प्रदीप थापामगर (यूएस नेपाल अनलाइन डटकम) ले महत्वपूर्ण भूमिका निर्वाह गरेका रहेछन् । उनीहरुले आ-आफ्ना मिडियाबाट मेरो विरामीको सूचना र मैले पुर्याएको योगदानको व्याख्यासहित प्रशारण र प्रकाशन गरेका रहेछन् र धेरैजसो आफन्तजन र सहकर्मीहरुले संचारका यीनै माध्यमबाट मेरो स्वास्थ्यको बारेमा थाहा पाएछन् र पछि केहीले फोन मार्फत् थप जानकारी पनि लिएछन् । विशेषगरी लामो समयदेखि सम्पर्कविहिन अवस्थामा जापानमा रहेका मित्र रेख ब्लोनले फोनमार्फत् मेरो स्वास्थ्य स्थितिबारे थप जानकारी लिएछन् भने लण्डनमा रहेका जीत प्राखि्रनले अनलाइनमार्फत् नै आफ्ना भावना पोखेका रहेछन् । मेरो हालको कार्यक्षेत्र बहुभाषिक शिक्षा क्षेत्रमा पनि निकै ठूलो झडका परेछ । यस क्षेत्रका मित्रहरु भेटघाटमा आए, आइरहेकाछन् र फोनबाट मेरो स्वास्थ्यको बारेमा जानकारी लिइरहेका छन् र सुस्वास्थ्यको शुभकामनामा व्यक्त गरिरहेका छन् । नेपाल बाहिरका विशेषगरी डा. तोभे स्कुटनाब-काङगास र डा. रर्वट फिलिप्सनले निकै चासोका साथ शुभकामना पत्र पठाएका रहेछन् र इना नुरमेलाले फोन गरेर अप्रेशनको सफलताको कामना व्यक्त गरेछन् । विशेष गरी पाइभी आहोनेनले निकै सकि्रय भएर सर्वत्र पत्राचार र फोन सम्पर्क बढाएछन् । विशेष गरी गत तीन दशकदेखि तामाङ पत्रकारिता, भाषा विकास, साहित्य, संस्कृति, सामाजिक संस्था र समाज सेवाको क्षेत्रमा देखिएको मेरो सकि्रयता, निरन्तरता र आदिवासी जनजाति सम्वन्धी अध्ययन, अनुसन्धान, मातृभाषामा शिक्षाको क्षेत्रमा मेरो संलग्नता र सकि्रयताको कदर स्वरुप आफन्तजन र सहयात्री मित्रहरुले मलाई सम्झिराखेका रहेछन् । उनीहरुले अझै पनि धेरै अपेक्षा राखेका रहेछन् मबाट । म सिसियुमा रहेको बेलामा पनि मैले सोचेको थिएं- अप्रेसन पछिको बाँकी समयावधिमा के गर्ने, के लेख्ने मैले मनमा योजना बुनेको थिएं - पहिलो चरणमा, अहिलेको अध्ययन र कार्यक्रमलाई निरन्तरता दिने अर्थात् बहुभाषिक शिक्षा, मातृभाषा र आदिवासी अध्ययन तथा संविधान सभामा केन्द्रित हुने, दोस्रो चरणमा, कुनै तामाङ गाउँका तामाङ लोकसाहित्यको अध्ययन, अनुसन्धानमा केन्द्रित हुने, र, तेस्रो चरणमा, आदिवासी चिन्तन, दर्शन, बहुलवादी दर्शनको अध्ययन र व्याख्यामा केन्द्रित हुने । मूलतः नेपाली लोकजीवनको अध्ययनमा केन्द्रित हुने सोंचें । यी चरणहरु ५/५ वर्षको रहने गरी सोचेको थिएं । अहिले पनि म यो सोंचमा छु । हाँलाकि मैले अझै ६ महिना यस्तो गहन सोंच र कि्रयाकलापतिर उन्मुख हुनुहुदैन होला । अस्पतालको बारेमा पनि केही शब्द लेख्न आवश्वक ठानेको छु । अस्पताल व्यवस्थापन राम्रो, सफा र चुस्त छ । सरसफाइमा नियमित ध्यान दिएको छ । प्रांगणको चौर र फुलबारीको सबैले प्रशंसा गरेको पाएँ । सिसियु र आइसियु (ICU - Intensive Care Unit) का नर्सहरु तथा सरसफाई गर्ने दिदीहरुले विरामीको नियमित रुपमा हेरचाह, सरसफाइ र पुछपाछ गर्दा रहेछन् र औषधि नियमित खुवाउँदा रहेछन् । नर्सहरु अत्यन्त व्यस्त छन् एक क्षण पनि उनीहरुलाई फुस्रद देखिन । विरामीको अवस्था हेरी एउटा नर्सलाई एउटादेखि तीन वटासम्म विरामीको जिम्मेवारी दिएको हुँदो रहेछ । खडकेको कुरा के भने आइसियुमा विरामीले मागेको खाने कुरा समयमा पाउँदो रहेनछ । म आइसियु बसेको दोस्रो दिन विहान ५ बजेतिर नै भोक लागेर मैले खाने कुरा मगाएको थिएं र सो खाने कुरा अपहूान्न २ बजेतिर मात्र पाएं । यत्ति सारै भोग लागेको थियो कि मैले ११ बजेतिर मेरो अगाडिको विरामीको खानेकुरा जुस मगाएर खाएं । पछि यसै कारण एक जना धरानका लिम्बू विरामी पनि दुइदिनमा नै आइसियुबाट सबै प्रकारका उपचार संयन्त्रसहित क्याविनमा सरेको थाहा पाएं । मैले के देखें भने नर्सहरु ठूलो रातो फर्ममा के हो भरेको भरेकै गर्दा रहेछन्, एउटा औषधि विरामीको नाउँमा ल्याए पनि वा विरामीलाई कुनै खानेकुरा ल्याए पनि खाने कुरा खुवाउनु भन्दा अगाडि सो फार्ममा भर्दा रहेछन् । मलाई लाग्यो त्यो सम्भवतः अप्रेसनमा राखेको डिपोजिट रकमबाट प्रवेश गराएका समानको रकम घटाउदाको धपेडी हो । सोही कारणले कहिलेकाही विरामीलाई खान दिन भुलिदो हो । त्यत्ति बेला मलाई विकासे योजनाको सम्झना आयो - जुन विकासे कार्यक्रमका कर्मचारीहरु राम्रो प्रतिवेदन बनाउन बढी ध्यान दिन्छन्, व्यस्त हुन्छन् सो कार्यक्रमको गुणस्तर न्यून हुन्छ, समुदायले योजनाको राम्रो फल पाएको हुदैन । उनीहरु जहिले पनि बजेट खाता दुरुस्त राख्न र कार्यक्रम सम्पन्न गर्नेतिर बढी उन्मुख हुन्छन् कार्यक्रमको गुणस्तरतिर कम ध्यान दिन्छन् । नेपालमा धेरैजसो एनजिओ तथा आइएनजिओहरुले यसरी नै विकासे योजना सिध्याएका हुन्छन् । मसंग यस्को प्रत्यक्ष अनुभव र उदाहरण छ । सम्भवतः नर्सहरु पनि डिपोजिट रकम घटाउन भुल्ने डरले प्रत्येक आइटम प्रवेश गराउनमा नै व्यस्त भएर विरामीको खाना र अन्य आवश्यकताप्रतिको जिम्मेवारी भुलेको जस्तो लाग्यो । मलाई यस्तो लागेको पनि हुनसक्दछ तर विरामीले समयमा नै खान नपाएको भने पक्का हो । म आफैं भुक्तभोगी बनें । तसर्थ यसतर्फ विरामीका आफन्तहरुले विरामीले समयसमयमा खाना मगायो कि मगाएन र भित्र पठाइसकेको खाना खायो कि खाएन यसप्रति चनाखो हुन आवश्यक छ । यसै गरी अस्पताल पक्ष विशेष गरी डाक्टरहरुले पनि यसतर्फ ध्यान पुर्याउन आवश्यक देखेको छु । सर्वप्रथम मेरो रोगको बारेमा शंका डा. प्रशन्न पराजुली र डा. निहारिका पराजुलीले गरेका हुन् । उनीहरुले मेरो रोगको लक्षण सुनेर मलाई गंगालाल अस्पतालमा जान सल्लाह दिए र सोही सल्लाह अनुसार म सोही दिन अस्पताल जान तयार भएको थिएं । पहिलो पटक बैसाख ७ गते यस रोगको लक्षण ममा देखा परेको थियो, मैले सोही दिनदेखि दुइ/तीन ठाउँमा चेकअप गरेको पनि हो, इसिजि (ECG-Electrocardiogram) गरेको पनि हो तर पनि लगभग २ हप्तासम्म रोगको पहिचान हुनसकेको थिएन । म डा. पराजुलीहरुप्रति कृतज्ञ छु । यसबाट मैले इसिजिमा मात्र भर पर्नु नहुने रहेछ भनेर बुझ्ने मौका पाएं। म अहिले स्वास्थ्य लाभ गरिरहेको छु । मलाई लाग्छ म छिटोछिटो निको भइरहेको छु, देब्रे खुट्टाको नसा काटिएको हुनाले डाक्टरले सतर्क गराएको छ - खुट्टा प्यारालाइसेस हुन सक्छ । ६ महिनासम्म हिडहुल गर्दा पट्टी बाधेर मात्र हिडने र बस्दा खुट्टा तेस्याएर बस्ने खुम्च्याएर होइन, खुट्टालाई निरन्तर चलाइ रहने आदि । यसैगरी फोक्सोलाई दुरुस्त राख्न निरन्तर बेलुन फुक्ने र बेलाबेलामा सिकाए अनुसारको फोक्सो फुल्याउने व्यायाम गर्ने । अप्रेसन गरेको ६ महिनासम्म छातीमा अप्ठुरो हुने, असजिलो हुने खालका कुनै प्रकारका कि्रयाकलाप नगर्ने आदि । यसै गरी खानपिनमा रातोमासुको परिकार विशेष गरी खसी र बङुगुरको मासु नखाने, बोसिलो र नुनिलो खानेकुरा कम खाने आदि डाक्टरले सल्लाह दिएका छन् । अहिले यी सबै निर्देशनलाई म पालना गरिराखेको छु । मेरा आफन्त तथा मित्रहरुलाई खसी र बुङ्गुरको मासुको परिकार, धुम्रपान जस्ता खानेकुराहरु नखाने सल्लाह दिन्छु किनकि मुटुको रोगको उपचार निकै महँगो हुँदो रहेछ । अस्पताल अवधिभरिमा नै मेरो उपचारमा ३ लाख १० हजार रु. सकिएछ । यस लेखनकै क्रममा मेरो उपचारको क्रममा विभिन्न प्रकारले म र मेरो परिवारलाई सहयोग पुर्याउने, सुस्वास्थ्यको शुभकामना व्य्रक्त गर्ने र मेरो सुस्वास्थ्यको कामना व्यक्त गर्ने निम्न समुदायका सदस्यहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु: -परिवार तथा वंशजका सदस्यहरु -नाता-कुटुम्ब तथा आफन्तजन -छरछिमेकी तथा मित्र मण्डली -तिल्पुङ-काठमाडौं तामाङ समाजका सदस्य तथा अन्य समाजसेवीहरु -रक्तदाताहरु - बुद्ध योन्जन (सिन्धुपाल्चोक), रविन तामाङ (रामेछाप), क्षितिज गुरुङ (काठमाडौं), असीम पाण्डे (काडमाडौं) तथा दीपक रेग्मी (कंचनपु) र सुशील चटौत (कंचनपुर) । -सम्पादन तथा लेखन क्षेत्रका सहयात्रीहरु -मातृभाषा साहित्य र संस्कृति सम्वन्धी आन्दोलनकर्मीहरु -विभिन्न क्षेत्रका परिचित विद्वान मित्रहरु -शिक्षा क्षेत्रका सहयात्री तथा पदाधिकारीहरु -बहुभाषिक शिक्षा सम्वन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरु -मिडिया क्षेत्रका मित्र तथा शुभचिन्तकहरु -अप्रेशनमा संलग्न डाक्टर सर्जन्ट नस्र तथा सेवाप्रदायकहरु । अहिले भेटघाट, फोन सम्पर्क आदि माध्यमबाट आफन्तजनसंग मेरो सम्पर्क जीवन्त छ । केही लेखन कार्य पनि सुरु गरेको छु । मेरो मुटुको सफल अप्रेशन भएकोमा मेरा परिवारजन, कुलकुटुम्ब, आफन्त, मित्रवर्ग, शुभचिन्तक तथा सहयात्री मित्रहरु सबै हर्षित छन्, आन्नदविभोर छन् । म पनि आफ्नो नयाँ जीवनप्रति निक्कै उत्साहित भएको छु। सबैले मप्रति देखाएको असीम माया, ममता र सद्भावप्रति म पुनः हार्दिक आभार व्यक्त गर्दछु । आउँदा दिनहरुमा पनि यहाँहरुबाट यस प्रकारको माया, ममता र सद्भावको अपेक्षा राख्दछु । -Amrit Yonjan-Tamang in Kathmandu Photo: eEyeCam Read related news: Read "Hamro Boli": भाषाशास्त्री अमृत योञ्जन तामाङका पुराना लेखहरु Archive:हाम्रो बोली-१: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु' हाम्रो बोली-२: ‘मातृभाषामा शिक्षा फड्को मानं सकिन्छ': नेपालमा बोलिने १४३ भाषामा पाठ्य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ हाम्रो बोली-३: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट हाम्रो बोली-४: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ? हाम्रो बोली-५: संघीय व्यवस्थामा भाषाको राजनीति हाम्रो बोली-६: भाषिक मानव अधिकारका संदभंहरु हाम्रो बोली-७: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड हाम्रो बोली-८: अमेरिकि मातृभाषी अन्तिम जीवित वक्ता पनि गए हाम्रो बोली-९: बहुभाषिक शिक्षा: चुनौती, परिप्रेक्ष्य र सम्भावनाबारे अन्तर्राष्ट्रिय अधिवेशन दिल्लीमा सम्पन्न हाम्रो बोली-१०: ''आदिवासीहरू हेल्पलेस छैनन्, डोमिनेन्ट समुहले प्रभूत्व जमाउन आफूलाई लेजिटिमाइज गर्ने गर्दछ' -Tove Skutnab-Kangas, International MLE expert, Denmark हाम्रो बोली-११: बहुभाषिक शिक्षाप्रति कसैको प्रतिवद्धता देखिएन। 'भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष' २००८ कसरी मनाउने? हाम्रो बोली-१२: अब हामीले पनि भन्नु पर्छ - 'भाषा मर्यो' होइन, 'भाषा मार्यो' हाम्रो बोली-१३: मातृभाषाको शिक्षा नीति हचुवाको भरमा हाम्रो बोली-१४: चुनावी घोषणापत्रहरूमा भएका भाषा सम्वन्धी अवधारणा, नीति तथा कार्यक्रमलाई कसरी हेर्ने? हाम्रो बोली-१५: चुनावी घोषणापत्रहरूमा भाषा सम्वन्धी अवधारणा, नीति तथा कार्यक्रम कस्तो छ? हाम्रो बोली-१६: विश्वमा कति छन् भाषा र वक्ताको संख्या? हाम्रो बोली-१७: नेपालमा कति छन् भाषा र वक्ताको संख्या? Read more:
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली















हालै मेरो मुटुको सल्यकृया बाइपास सर्जरी सम्पन्न भएको छ । म ३ मे २००९ (बैसाख २० २०६६) आइतवार बेलुकी स्वास्थ्य चेकअपको लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको इमर्जेन्सीमा पुगेको थिएं।






Comments