Inside

All Time Top 75 News

देवकोटा शताब्दी चित्रकला महोत्सवको प्रधानमन्त्रीद्वारा उद्घाटन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraj Prasai   
Saturday, 08 August 2009 07:06
काठमाडौं- प्रधानमन्त्री माधवकुमार नेपालले राजधानीमा एक समारोहका माझ महाकवि देवकोटा शताब्दी चित्रकला महोत्सवको उद्घाटन गर्नुभयो।

यो महोत्सव तीन दिनसम्म चल्ने छ । लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्की समारोह समितिद्वारा आयोजित महोत्सवमा महाकवि देवकोटाको मुहार अङ्कित ५४ वटा चित्रहरू समाविष्ट छन् । मुहारअङ्कित चित्रकलाको यस प्रकारको प्रदर्शनी नेपालमा पहिलोपल्ट गरिएको हो ।

महाकवि देवकोटा शताब्दी महोत्सवका अध्यक्ष डा.मोदनाथ प्रश्रतिको सभापतित्वमा सम्पन्न सो समारोहमा महोत्सवका उपाध्यक्ष सुश्री भद्रकुमारी घले तथा सदस्यसचिव नरेन्द्रराज प्रर्साईले देवकोटा शताब्दीका विषयमा प्रकाश पार्नु भएको थियो ।

महोत्सवमा १० जना उत्कृष्ठ चित्रकारलाई जनही दस हजार रुपियाँ राशिको महाकवि देवकोटा शताब्दी चित्रकला पुरस्कार प्रदान गरिने छ ।

महाकवि देवकोटा शताब्दी महोत्सवका उपाध्यक्ष सुश्री भद्रकुमारी घलेको संयोजकत्वमा गठित चित्रकला महोत्सवका परीक्षकमा विजय थापा, शङ्करनाथ रिमाल, के.के.कर्माचार्य र डा.लय मैनाली रहनु भएको छ ।

बढीमा ५० वटा चित्रहरु जीवा लामिछानेको सङ्कलनमा 'महाकवि देवकोटा चित्रकृति'मा प्रकाशित गरिने छ । साथै प्रायः सबै चित्रहरू त्रिमूर्ति नेपाल डट् कम डट् एनपी trimurtinepal.com.np का माध्यमबाट प्रसारित भैसकेका छन् । महोत्सवमा अमर चित्रकार, गेहेन्द्रमान अमात्य, डा. मोदनाथ प्रश्रति, रमेश खनाल, विजय थापा, शङ्करनाथ रिमाल, शारदा चित्रकार, शारदा शर्मा र हरि खड्काद्वारा सृजित महाकविका मुहार अङ्कित चित्रहरू अप्रतियोगी रुपमा सहभागी छन् ।

कला र साहित्यका अन्तराष्ट्रिय सुप्रसिद्ध व्यक्तित्व लैनसिंह वाङ्देलको मन, वचन र कर्मको सेरोफेरोमा बाँधिएर करिव ४३ वर्षम्म नेपाल कला परिषद्मा आबद्ध भई समस्त कलाको मर्यादा गर्नेदेखि आफै पनि कुची चलाएर कला सृजनामा जागृत हुने हरि खड्कालाई पनि १० हजार रुपियाँ राशिको 'महाकवि देवकोटा शताब्दी चित्रकला पुरस्कार' प्रदान गरिने शताब्दी महोत्सवले घोषणा गरेको छ ।

२०६६ सालभरि देवकोटा शताब्दी मनाउने लक्ष्य राखिएको देवकोटा शताब्दी महोत्सवका प्रमुख कार्यक्रमहरू:
देशदेशान्तरका १०१ जना नेपाली भाषासाहित्यका स्रष्टालाई 'देवकोटा शताब्दी सम्मान' समर्पण गर्ने,
नेपाल, भारत, रूस र बेलायतका नौ जना व्यक्तित्वहरूलाई मरणोपरान्त 'देवकोटा शताब्दी महासम्मान' समर्पण गर्ने,
'देवकोटा शताव्दी काव्य सम्मान' १० जनालाई समर्पण गर्ने,
'देवकोटा शताब्दी चित्रकला सम्मान' ११ जनालाई समर्पण गर्ने,
'देवकोटा शताब्दी निबन्ध सम्मान' ३ जनालाई समर्पण गर्ने,
'देवकोटा शताब्दी विद्यावारिधि सम्मान' १० जनालाई र्समर्पण गर्ने रहेका छन् ।

साथै शताब्दी महोत्सवले देवकोटा शताव्दी अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन गर्नका अतिरिक्त, देवकोटा शताव्दी काव्य महोत्सव, साहित्यिक राजनेताहरूबाट देवकोटाको वैचारिक धरातलका विषयमा बृहत् समालोचनात्मक गोष्ठी, देवकोटा शताव्दी स्कुलस्तरीय काव्य महोत्सव, देवकोटा शताव्दी स्कुलस्तरीय चित्रकला महोत्सव गर्ने जनाएको छ ।

यस उपलक्ष्यमा समारोह समितिबाट देवकोटा विषयक बाह्रवटा कृति प्रकाशन गरिने, नारीस्वरमा देवकोटाका कविताको भीसीडी प्रकाशन गरिने र देवकोटाको जीवनीको सीडीसमेत प्रकाशन गरिने भएको छ ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
महाकवि देवकोटा शताब्दी महोत्सव
www.trimurtinepal.com.np

-Narandraraj Prasai in Kathmandu
 

Find Us at Facebook