NEWS: बिबिसी नेपाली सेवा ::

Inside

नेपालका १२ आदिवासी जनजातिका १९ वटा वृत्तचित्र तथा कथानक चलचित्र र १३ वटा छोटा चलचित्र देखाइने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Khagendra Makhim   
Wednesday, 20 May 2009 23:14
काठमाण्डौं- कहिलेकाहि हुने च्यारिटी शो र बिरलै रुपमा हेर्न पाइने आदिवासी जनजाति चलचित्रहरु यसपल्ट जेठ १४ गते (अप्रिल २८-३१) देखि प्रदर्शन गरिने भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवको नाममा वर्षेनी आयोजना हुँदै आएको महोत्सवको यो तेस्रो संस्करण ४ दिनसम्म चल्नेछ । महोत्सवमा प्रदर्शन गरिने सबै चलचित्रहरु प्रदर्शनी मार्ग काठमाण्डौंको पर्यटन बोर्डमा देखाइने आयोजक इन्डिजिनियस फिल्म अर्काइभ (आइफा) ले जनाएको छ ।

महोत्सवमा नेपालका १२ जातिका १९ वटा वृत्तचित्र तथा कथानक चलचित्र र १३ वटा छोटा चलचित्र देखाइने छन् । सबैभन्दा धेरै चलचित्र नेवार जातिको 'भेदासिङ्को घर', 'नेवा म्यूजिक भिडियो', 'ग्वेँ मरु' र 'याका म्याया' देखाइने छ भने तामाङ्ग भाषाको 'घेवा गोदेबा', 'मह्ने जात्रा', गुरुङ्ग भाषाको 'रोदिघर', 'तिनगा', थारुको 'मुथलिहाई भुयार', मगरको 'एजु- २', सुनुवारको 'ष्याँदर', लेप्चाको 'लेप्चा डकुमेन्ट्री', लिम्बू भाषाको 'सिङ्जाँगो फूङ', बोटे र माझी जातिको 'नदि किनारको जीवन' प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

नेपालकै 'बराही पुत्र' आदिवासी जनजाति गीत र 'द लङ्ग जर्नी' पनि दर्शकले हेर्न पाउनेछन् भने महिला चलचित्रकर्मीले बनाएका १३ छोटा चलचित्रहरु पनि महोत्सवमा देखाइने छ ।

बुधबार पत्रकार सम्मेलन गरेर आयोजकले भेनेज्यूएला, अमेरिका, भारत, अष्ट्रेलिया, फ्रान्स, नर्वे, इन्डोनेशिया, फिनलैण्ड, बोलिभिया र क्यानडाका चलचित्रहरु सहभागि गराइने जनाएको छ।

महोत्सवमा आदिवासी जनजाति खाना, हस्तकला प्रदर्शनी, सांस्कृतिक झाँकी मुख्य आकर्षणको रुपमा रहने छ ।

संविधान सभा सदस्यहरुसँग संविधान लेखनमाथि अन्तर संवाद, आईएलओ १६९ बारे चलचित्रकर्मीहरुसँग छलफल र मातृभाषी चलचित्रको व्यवसायिकरण संभावनाबारे पनि अन्तकिर्रया गरिने महोत्सवकी निर्देशक श्रृजना सुव्वाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो 'आदिवासी जनजातिहरुले विश्वभर भोग्दै आएको विभेद, उत्पीडन र बहिष्करणका मुद्दाहरुलाई महोत्सवले उजागर गर्ने आशा गरेका छौं ।'

-Khagendra Makhim in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?